काठमाडौं, माघ १३, द एक्सेल्सियर स्कुलको आयोजनामा बुधबारदेखि हुने १२ औं एक्सेल्सियर कपमा ८२ टिमले भाग लिने भएका छन् ।
बास्केटबलको ३ विधामा २६ र फुटसलको ४ विधामा ५६ टिमको सहभागिता निश्चित भएको एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
बास्केटबलको सिनियर ब्वाइज÷गल्र्समा समान १०–१० तथा यु–१२ गल्र्समा ६ टिम सहभागी हुने छन् । सिनियर ब्वाइज÷गल्र्समा कक्षा १० तथा यु–१२ मा कक्षा ६ सम्म अध्ययनरतले सहभागी हुन पाउने एक्सेल्सियरका बास्केटबल प्रशिक्षक आशिष महर्जनले जानकारी दिए । सिनियर ब्वाइजमा भ्याली भ्यु र सिनियर गल्र्समा स्वर्णिम गत संस्करणमा च्याम्पियन बनेका थिए ।
छात्रा खेलाडीको सहभागितालाई व्यापक बनाउदै उनीहरुलाई अझ प्रोत्साहित गर्ने उद्देश्यले यु–१२ विधा पहिलोपटक थपिएको प्रिन्सिपल रजकले बताए ।
‘फाइभ ए साइड’ स्वरुपको ब्वाइज फुटसलमा विभिन्न ४ उमेरसमूहमा प्रतिस्पर्धा हुनेछ । यु–९ मा ८, यु–११ मा १७, यु–१३ मा १८ र यु–१६ मा १३ टिमले प्रतिस्पर्धा गर्ने छन् । यु–९ मा राई स्कुल, यु–११ मा स्वस्तिश्री गुरुकुल, यु–१३ मा एक्सेल्सियर र यु–१६ मा रिब्स डिफेन्डिङ च्याम्पियन हुन् ।
प्रतियोगिता संयोजक समेत रहेका एक्सेल्सियरका खेलकुद इन्चार्ज महेश मल्ल ठकुरीले विद्यार्थीको चौतर्फी क्षमता अभिबृद्धि गर्न विद्यालयले शिक्षासंगै खेलकुद र अत्तिरिक्त क्रियाकलापमा विशेष जोड दिइरहेको बताए ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख रुपैयाँ खर्च हुनेछ । प्रतियोगिताका खेलहरु स्वयम्भूस्थित आयोजककै हातामा हुनेछ ।

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:














