माघ २१, काठमाडौं । नेपाल आयल निगमले आजकाबाट खाना पकाउने ग्यास सहजै उपलब्ध हुने जनाएको छ । केहीदिनयता खाना पकाउने ग्यासको माग उच्च हुँदा बजारमा ग्यासको हाहाकार जस्तै भएको थियो।
मुख्यगरी काठमाडौं उपत्यकाको विभिन्न स्थानमा सहजै ग्यास उपलब्ध नहुदाँ उपभोक्त ग्यास लिनका लागि खाली सिलिन्डर बोकर डिपोसम्म धाउन बाध्य भएका थिए ।
नेपाल आयल निगमले काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यास अभाव भएको जनगुनासोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले बजारमा ग्यासको कुनै अभाव नरहेको र आपूर्ति व्यवस्था पूर्णरूपमा सहज रहेको स्पष्ट पारेको हो ।
केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ग्यास अभावका समाचार तथा जनगुनासो आएपछि निगमले यस्तो स्पष्टीकरण दिएको हो ।














