Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, September 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

लोकसंवेदनाको स्वरमा ‘फूल खसिगो, माया बसिगो’

Sambridinews by Sambridinews
मङ्लबार, माघ २०, २०८२
in TOP STORIES, मनोरञ्जन, समाचार
0
लोकसंवेदनाको स्वरमा ‘फूल खसिगो, माया बसिगो’
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बर्दिबास, माघ १९, लोक तथा दोहोरी संगीत केवल मनोरञ्जन होइन, समाजको भावना, भोगाइ र स्मृतिको दस्तावेज पनि हो । यही दस्तावेजलाई वर्षौंदेखि स्वर दिँदै आएका गायक बेल बहादुर परियारले आफ्नो नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ मार्फत फेरि एकपटक लोकसंवेदनालाई जीवन्त बनाएका छन् ।

मंगलबार बर्दिबासमा आयोजित एक औपचारिक समारोहबीच गीतको म्युजिक भिडियो सार्वजनिक गरियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको आयोजनामा गौतम होटलमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशकी पूर्व राज्य मन्त्री सारदा देवी थापा र बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले संयुक्त रूपमा भिडियो विमोचन गरे । विमोचनपछि प्रोजेक्टरमार्फत गीत प्रदर्शन गरिँदा उपस्थित दर्शक–श्रोताले ताली र प्रतिक्रियामार्फत गीतलाई स्वागत गरे ।

You might also like

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा

५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक

सुपर मादी हाइड्रोपावर लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई १५% बोनस र ५०% हकप्रद शेयर जारी गर्ने

गीतमा बेल बहादुर परियार र प्रतिमा अर्यालको स्वर छ । प्रेम, बिछोड र मानवीय सम्बन्धका उतार–चढावलाई लोकलयमा बुन्ने प्रयास गीतमा स्पष्ट देखिन्छ । शब्द तथा सङ्गीत स्वयं परियारकै रहेको यो गीतको एरेञ्ज, मिक्स र मास्टरिङ राजिव शाहले गरेका छन् । म्युजिक भिडियोमा सन्जिब ठकुरी र सुजाता भट्टराईको अभिनयले गीतको भावलाई दृश्यमा उतारेको छ । निर्देशन मिलन श्रेष्ठ, कोरियोग्राफी राजाराम सिंखडा र छायाङ्कन सन्तोष तिमल्सिनाले गरेका छन् ।

कार्यक्रममा बोल्दै मेयर प्रह्लाद कुमार क्षेत्रीले स्थानीय प्रतिभा र सिर्जनालाई स्थानीय भूमिबाटै सम्मान गरिनु सकारात्मक संकेत भएको बताए । उनले लोकसंस्कृतिको संरक्षण र कलाकारको प्रवर्द्धन नगरपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै गायक परियारलाई राष्ट्रिय स्तरको कलाकारका रूपमा स्थापित गराउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख अतिथि पूर्व राज्य मन्त्री सारदा देवी थापाले परियारको सांगीतिक यात्रालाई निरन्तर संघर्ष र साधनाको परिणामका रूपमा व्याख्या गरिन् । अपेक्षित प्रचार नपाउँदा पनि सिर्जनाबाट विचलित नभई अघि बढिरहनु प्रेरणादायी भएको बताउँदै उनले लोक कलाकारलाई चिनाउन सञ्चार माध्यमको भूमिका अझ जिम्मेवार हुनुपर्नेमा जोड दिइन् ।

स्वयं गायक परियारका लागि यो गीत केवल नयाँ सिर्जना होइन, लामो यात्राको अर्को मोड हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीका अध्यक्षसमेत रहेका उनले विमोचन समारोहमा आफ्ना अनुभव साझा गर्दै आजको समयमा स्रष्टाले भोग्नुपरेका चुनौतीबारे खुलेर बोले । “दर्शक–श्रोताको माया नै कलाकारको सबैभन्दा ठूलो शक्ति हो,” उनले भने ।

२०५१ सालमा रेडियो नेपालबाट ‘जाग नेपाली वीर नेपाली’ गीत गाएर औपचारिक गायन यात्रा थालेका परियारले सिन्धुलीका सुसेलीहरू, गरौं है रमाइलो, मिठो सम्झना, सुनको थैली चाँदीको झुम्कना जस्ता गीतमार्फत लोक संगीतमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । नयाँ गीत ‘फूल खसिगो, माया बसिगो’ पनि यही यात्राको निरन्तरता हो भन्ने विश्वास गरिएको छ ।

समारोहमा समाजसेवी, पत्रकार, राजनीतिक प्रतिनिधि तथा कला–संस्कृतिप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन बिनोद ढुङ्गेलले गरेका थिए । मिडिया पार्टनरका रूपमा ॐकार टेलिभिजनको लोकप्रिय अन्तर्वार्ता कार्यक्रम ‘पञ्चामृत’ रहेको थियो । गीतको म्युजिक भिडियो गायक परियारको आधिकारिक युट्युब च्यानल ‘बेल बहादुर परियार अफिसियल’ मार्फत सार्वजनिक गरिएको छ ।

गीतको लिङ्क :
https://youtu.be/EXUnaiSIqC8?si=uj3RY3q9Bs1WHRwq

Related

Previous Post

आज देशको पश्चिमि क्षेत्रमा हल्का वर्षाको सम्भावना

Next Post

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

Sambridinews

Sambridinews

Related Posts

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा
FEATURED

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा

by Sambridinews
बिहिबार, अशोज १, २०८३
५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक
FEATURED

५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक

by Sambridinews
बिहिबार, अशोज १, २०८३
सुपर मादी हाइड्रोपावर लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई १५% बोनस र ५०% हकप्रद शेयर जारी गर्ने
FEATURED

सुपर मादी हाइड्रोपावर लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई १५% बोनस र ५०% हकप्रद शेयर जारी गर्ने

by Sambridinews
बिहिबार, अशोज १, २०८३
विपद् व्यवस्थापनमा सबै दल एकजुट, ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन गरिने
FEATURED

विपद् व्यवस्थापनमा सबै दल एकजुट, ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन गरिने

by Sambridinews
बिहिबार, अशोज १, २०८३
डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त
FEATURED

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
Next Post
बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाली लघुचलचित्र ‘पाउलो’ भारतको चलचित्र महोत्सवको नोमिनेशनमा

नेपाली लघुचलचित्र ‘पाउलो’ भारतको चलचित्र महोत्सवको नोमिनेशनमा

मङ्लबार, चैत्र २७, २०८०
आज र भाेली भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

आज र भाेली देशभरीका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

शनिबार, बैशाख ६, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा
FEATURED

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा

बिहिबार, अशोज १, २०८३
५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक
FEATURED

५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक

बिहिबार, अशोज १, २०८३
सुपर मादी हाइड्रोपावर लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई १५% बोनस र ५०% हकप्रद शेयर जारी गर्ने
FEATURED

सुपर मादी हाइड्रोपावर लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई १५% बोनस र ५०% हकप्रद शेयर जारी गर्ने

बिहिबार, अशोज १, २०८३
विपद् व्यवस्थापनमा सबै दल एकजुट, ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन गरिने
FEATURED

विपद् व्यवस्थापनमा सबै दल एकजुट, ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन गरिने

बिहिबार, अशोज १, २०८३
डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त
FEATURED

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त

बुधबार, भदौ ३१, २०८३
कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी
FEATURED

कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी

बुधबार, भदौ ३१, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In