Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, October 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा

Sambridinews by Sambridinews
बिहिबार, पुस १०, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

दसैँ, तिहार र छठका लागि असोज २३ देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्दै

टेबलटेनिसका तेजेन्द्र सिंह महरा जापानमा हुने ५औँ एसियाली पारा गेम्सका लागि ITO नियुक्त

पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न

काठमाडौं , नेपालगन्जका मंगले तामाङ अबोट वल्र्ड म्याराथन मेजर्सको विश्व वरियतामा नेपालबाट सुचिकृत हुने बढी उमेरका एकमात्र धावक बनेका छन् ।
गत मंसिर २२ गते सम्पन्न ११औं धारा नेपालगन्ज म्याराथनमा भेट्रानतर्फ ४२.१९५ किमी दुरी चार घण्टा ३८ मिनेट ५० सेकेन्डमा पुरा गरेपछि मंगलेको नाम विश्व वरियतामा लेखिएको हो । उनको जन्म २०१५ असार २७ गते हो ।
संसारका उत्कृष्ट म्याराथन रेसहरुलाई एउटा प्लेटफर्ममा जोड्ने अबोट वल्र्ड म्याराथन मेजर्सले विश्वभरका उमेर समुहका धावकहरुको सुचिकृत गर्दै वरियताक्रम निर्धारण गर्दछ । साथै मेजर म्याराथनको नतिजा र इलाईट रनरहरुको प्रदर्शनलाई पनि मापन गर्दै अवसर र पुरस्कृत समेत गर्दछ ।
वल्र्ड म्याराथन मेजर्सको ६५–६९ बर्ष उमेरसमुहमा नेपालबाट एकमात्र धावक मंगले विश्व वरियताको २६७८ नम्बरमा रहेका छन् । मंगले नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ निवासी हुन् । मंगलेको उपलब्धिमा वडा नं १२का अध्यक्ष तरुण बज्राचार्यले खुशी व्यक्त गरे । ‘६८ बर्षको उमेरमा पनि मंगले दाइले प्राप्त गरेको उपलब्धि वडाको मात्र नभई सिंगो सहरको लागि गर्वको बिषय हो ।’ उनले भने –‘यसले दौड संस्कृतिको विकासमा टेवा पुग्छ, समाजलाई स्वस्थ बनाउन सघाउँछ, साथै नेपालगन्जलाई अन्तर्राष्ट्रिय मन्चमा स्थापित गर्दै जान्छ ।’
त्यसैगरी सिकागो म्याराथनमा ३ः३३ः०८ को समय निकालेका नेपालका अशोककुमार चापागाईं ६०–६४ बर्ष उमेर समुहमा विश्व वरियताको १७०३ नम्बरमा छन् ।
त्यस्तै नेपालगन्ज म्याराथनमा ३ः४५ः१२ समयमा दुरी पुरा गरेका रमेश शाक्य ५५–५९ बर्ष उमेर समुहमा विश्व वरियताको ७३३४ स्थान र आबुधावी म्याराथनमा ४ः३०ः५० को समय निकालेका देबकुमार कुवँर १६०८३ स्थानमा छन् ।
५०–५४ बर्ष उमेर समुहमा नेपालबाट पाण्डव महतो ३ः०६ः४५ समयका साथ २६९८,  उमेश मानन्धर ३ः५२ः३६ समयसहित १६०८०, युवराज खनाल ३ः५४ः४८ समयसहित १६९३०, भरतकुमार श्रेष्ठ ४ः०६ः३० सहित २१०१४ स्थान, टीबहादुर हमाल ४ः३०ः४९ सहित २७६९९ र राजेश श्रेष्ठ ४ः४१ः४२ समयका साथ ३००७२ बरियतामा छन् । यसमा पाण्डव, युवराज र राजेशले न्युयोर्क सिटी म्याराथन, हमालले आबुधावी र भरतले नेपालगन्ज म्याराथनमा दौडिएका थिए । भरत बाँकेको खजुराका बासिन्दा हुन् ।
त्यस्तै ४५–४९ बर्ष उमेरसमुहमा सुशील कुमार श्रेष्ठ, कुमारप्रसाद अधिकारी, श्याम चालिसे, सुर्य गुरुङ, यलम्बर श्रेष्ठ, कुमार श्रेष्ठ, सन्देशकुमार श्रेष्ठ, प्रेम गिरी, कुमारविक्रम रेग्मी नेपालको शीर्ष नौ भित्र छन् भने विश्व बरियतामा न्युयोर्क सिटी म्याराथनमार्फत सुशील २ः५०ः०८ समयका साथ १२२६, नेपालगन्ज म्याराथनमा भाग लिएका कुमार ३ः२६ः१९ समयका साथ १०९८४, सिकागो म्याराथन दौडिएका श्यामले ४ः०४ः१८ समयका साथ २६२०४, भ्यालेन्सिया म्याराथन कुदेका सुर्य ४ः०४ः२० समयका साथ २६२१२, आबुधाबी म्याराथन दौडिएका यलम्बर ४ः१८ः५४ समयसहित ३०६३८ स्थान,  सिकागो म्याराथन कुदेका कुमार श्रेष्ठले ४ः३०ः४५ समयका साथ ३४२०८, न्युयोर्क सिटी म्याराथन दौडिएका सन्देश ४ः३३ः३२ समयका साथ ३४८५३, आबुधाबी म्याराथन कुदेका प्रेम गिरी ४ः४८ः११ समयका साथ ३८२५१ र थाइल्याण्डको बाङ्सेन४२ चोनबुरी म्याराथन कुदेका कुमार विक्रम अधिकारी ४ः५०ः४३ समयका साथ ३८७८० स्थानमा रहेका छन् । सुर्खेतका कुमार हाल नेपाली दुतावास(बैंकक, थाइल्याण्ड)मा कार्यरत छन् ।
४०–४४ बर्ष उमेरसमुहमा नेपालबाट शीर्ष दशभित्र क्रमशः मुहाइजरबीन मोहम्मद, सन्तोष राई, बलदेव कुवँर, तपेश जोशी, प्रकाश प्रसाई, ललित शाही, माधव बुढाथोकी, विकल गुरुङ, बिरेन्द्र गुरुङ र कृष्णकुमार महर्जन रहेका छन् । विश्व बरियतामा भने मुहाइजरबीन १२७५ नम्बरमा छन् । क्वालालम्पुर म्याराथनमा २ः४४ः३६ सयमले उनलाई विश्व बरियता प्रदान गरेको हो । सन्तोष राईले भ्यालेन्सिया म्याराथनमा ३ः००ः१९ को समयले विश्व बरियतामा ५६५६ नं दिएको छ । बलदेव कुवँर सिकागो म्याराथनमा ३ः०३ः४३ समय निकाल्दै ६४८८, तपेश जोशीले फिलाडेल्फिया म्याराथनमा ३ः१४ः४५ समयका साथ १०१७१, प्रकाश प्रसाईंले क्यालिफोर्निया इन्टरनेसनल म्याराथनमा ३ः४३ः२२ समय निकाल्दा २२१६०,  ललित शाहीले आबुधावी म्याराथनमा ३ः५८ः०५ समय निकाल्दा २९६६४,  माधव बुढाथोकीले आबुधावी म्याराथनमा ४ः१९ः३२ समय निकाल्दा ३७६९०, विकल गुरुङले न्युयोर्क सिटी म्याराथनमा ४ः२३ः४७ समयका साथ ३८९५३, वीरेन्द्र गुरुङले न्युयोर्क सिटी म्याराथनमा ४ः२८ः२४ समयका साथ ४०५४५ र कृष्ण कुमार महर्जनले नेपालगन्ज म्याराथनमा ४ः३७ः५१ सयम निकाल्दा ४३१९९ मा पर्न सफल भएका छन् । यही उमेर समुहमा निरज लवजुले छेन्दु इन्टरनेसनल म्याराथनमा ५ः०१ः५१ समयका साथ ४९११०, भिष्म पाण्डले न्युयोर्क सिटी म्याराथनमा ५ः०६ः१९ समयका साथ ४९८१६, आमोदप्रसाद आचार्यले न्युयोर्क सिटी म्याराथनमा ५ः१५ः२३ समयका साथ ५११४७,  मेघराज लामाले आबुधाबी म्याराथनमा ५ः१९ः०१ समयका साथ ५१७०१, पुर्णबहादुर ओलीले आबुधाबी म्याराथनमा ६ः०३ः२४ समयसहित ५६५६५ र रबिनकुमार राईले गल्फ बैंक ६४२ म्याराथनमा ६ः१४ः३१ समयका साथ ५७२२६ स्थान हासिल गरेका छन् ।
त्यस्तै महिलातर्फ ५०–५४ बर्ष उमेर समुहमा पुनम राई र इन्दिरा चापागाईं सुचिकृत छन् । पुनमले  न्युयोर्क सिटी म्याराथनमा ३ः५४ः३१ समय निकाल्दै नेपालको शीर्ष तथा विश्व बरियतामा २८१७ स्थान हासिल गर्दा इन्दिराले सिकागो म्याराथनमा निकालेको ४ः४३ः२० को समयले नेपालको दोस्रो तथा विश्व बरियताको ८३६४ स्थान दिलाएको छ । ४५–४९ बर्ष उमेरसमुहमा स्वरुपा खड्का र सकुन अधिकारी रहेका छन् । स्वरुपाले न्युयोर्क सिटी म्याराथनमा ३ः११ः०० को समयले विश्व बरियतामा ३५४ स्थान दिलाएको छ भने सकुनका लागि सिकागो म्याराथनमा निकालेको ५ः२७ः५१ को समयले १६२७० स्थान दिलाएको छ । वल्र्ड एथ्लेटिक्सको वरियतामा भने नेपालबाट सन्तोषी श्रेष्ठको मात्र नाम सुचिकृत छ ।
तस्विर ः गणेश राई

Related

Previous Post

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल

Next Post

इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान सार्वजनिक ग‍र्यो

Sambridinews

Sambridinews

Related Posts

दसैँ, तिहार र छठका लागि असोज २३ देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्दै
FEATURED

दसैँ, तिहार र छठका लागि असोज २३ देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्दै

by Sambridinews
बुधबार, अशोज २१, २०८३
टेबलटेनिसका तेजेन्द्र सिंह महरा जापानमा हुने ५औँ एसियाली पारा गेम्सका लागि ITO नियुक्त
TOP STORIES

टेबलटेनिसका तेजेन्द्र सिंह महरा जापानमा हुने ५औँ एसियाली पारा गेम्सका लागि ITO नियुक्त

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
TOP STORIES

पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
TOP STORIES

सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
पशुपतिनाथमा गैर-हिन्दू प्रवेशको भिडियो सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्को ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग
TOP STORIES

पशुपतिनाथमा गैर-हिन्दू प्रवेशको भिडियो सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्को ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
Next Post
इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान सार्वजनिक ग‍र्यो

इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान सार्वजनिक ग‍र्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चन्द्रागिरि नगरपालिकामा पहिरोमा परेर तीन जनाको मृत्यु

रामेछापमा पहिरोमा परी तीन जनाको मृत्यु

शुक्रबार, साउन ११, २०८१
दक्षिण एसियाली युथ टेबलटेनिसमा पदक जित्ने पाँच खेलाडीलाईस्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको सम्मान

दक्षिण एसियाली युथ टेबलटेनिसमा पदक जित्ने पाँच खेलाडीलाईस्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको सम्मान

शनिबार, बैशाख २७, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दसैँ, तिहार र छठका लागि असोज २३ देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्दै
FEATURED

दसैँ, तिहार र छठका लागि असोज २३ देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्दै

बुधबार, अशोज २१, २०८३
टेबलटेनिसका तेजेन्द्र सिंह महरा जापानमा हुने ५औँ एसियाली पारा गेम्सका लागि ITO नियुक्त
TOP STORIES

टेबलटेनिसका तेजेन्द्र सिंह महरा जापानमा हुने ५औँ एसियाली पारा गेम्सका लागि ITO नियुक्त

मङ्लबार, अशोज २०, २०८३
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
TOP STORIES

पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न

मङ्लबार, अशोज २०, २०८३
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
TOP STORIES

सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा

मङ्लबार, अशोज २०, २०८३
पशुपतिनाथमा गैर-हिन्दू प्रवेशको भिडियो सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्को ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग
TOP STORIES

पशुपतिनाथमा गैर-हिन्दू प्रवेशको भिडियो सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्को ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग

मङ्लबार, अशोज २०, २०८३
आदिवासी र खेल क्षेत्रको उत्थानका लागि उम्मेदवारी : शेर्पा
TOP STORIES

आदिवासी र खेल क्षेत्रको उत्थानका लागि उम्मेदवारी : शेर्पा

मङ्लबार, अशोज २०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In