Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, March 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मदन भण्डारी कलेजले भोलि देखि ३ दिने ”MBMC IdeaX-2025” आयोजना गर्दै

Sambridinews by Sambridinews
शुक्रबार, पुस ४, २०८२
in FEATURED, TOP STORIES, शिक्षा, समाचार
0
मदन भण्डारी कलेजले भोलि देखि ३ दिने ”MBMC IdeaX-2025” आयोजना गर्दै
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

पौष ४, काठमाडौंको नयाँ बानेश्वर स्थित मदन भण्डारी मेमोरियल कलेजले ४८ घण्टे  ‘MBMC IdeaX–2025’ Hackathon को तेस्रो संस्करण यही मिति २०८२ पौष ४ देखि ६ गतेसम्म सञ्चालन गर्ने भएको छ । MBMC IdeaX  कार्यक्रममार्फत विज्ञान तथा प्रविधिका माध्यमबाट देशका समसायिक समस्या र अवसरसँग सम्बन्धित विषयवस्तुमा केन्द्रित रही नवीनतन सोचको खोज गरी समस्या समाधानमा आधारित रही उद्यमशीलता विकास र प्रवद्र्धन गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त यस कलेजले विश्वविद्यालय अनुदान अयोगबाट गुणस्तर उन्नयन तथा प्रत्यायनकृत भएको छ । साथै एसियन ओसिनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसनबाट आउटस्ट्यान्डिङ डिजिटल ट्रान्सफर्मेसन अर्गनाइजेसन अवार्ड–२०२५ बाट पुरस्कृत समेत भएको छ । कलेजले स्नातक तहदेखि स्नातकोत्तर तहसम्म विभिन्न सङ्कायका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

प्रतिस्पर्धाको पहिलो संस्करण २०८० असोज १९ देखि २१ गते सम्पन्न भएको थियो । उक्त संस्करणले आदिवासी भाषाहरूको संरक्षण, प्रवद्र्धन र  पुनरुत्थान गर्ने लक्ष्य राखिएको थियो ।  ‘भाषा जीवन हो, जीवन नै भाषा हो’ भन्ने मूल नाराका साथ UNESCO नेपालसँगको सहकार्यमा देशभरिबाट ५० भन्दा बढी प्रतिस्पर्धीहरूको सहभागितामा ४८ घण्टाको अनसाइट Hackathon सम्पन्न गरिएको थियो ।

You might also like

याडियाद्वारा ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ विशेष अफरसहित घोषणा

उसु टोली चीन जाने

एनटिसीको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा उपलब्ध

त्यसैगरी दोस्रो संस्करण २०८१ असोज ११ देखि १३ गतेसम्म सञ्चालन भएको थियो । दोस्रो संस्करणको प्रतिस्पर्धामा नेपाल तथा भारतका १ सयभन्दा बढी सूचना प्रविधि विषय अध्ययनरत विद्यार्थीहरूले वातावरण प्रविधि, स्वास्थ्य र पहुँच, विकेन्द्रीकरण, साइबर सुरक्षा, पर्यटन, वित्तीय प्रविधि, कृषि प्रविधि लगायतका विधामा खोज तथा अन्वेषण गरी आ– आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए  । प्रतिस्पर्धामा ६ ओटा विभिन्न विधामा आधारित रही विषयविज्ञहरूबाट प्रत्येक विधाको उत्कृष्ट र समग्रमा एक सर्वोत्कृष्ट बिजेता चयन गरिएको थियो ।

तेस्रो संस्करण MBMC IdeaX-2025 मा स्नातक तहका सूचना तथा प्रविधि विषय अध्ययनरत विद्यार्थीहरू र  प्रविधिमा रुचि राख्ने नवप्रवर्तकहरूलाई नेपालको वर्तमान आवश्यकता र सम्भावनासँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेका विषयवस्तुहरू—पर्यटन, स्वास्थ्य सेवा र पहुँच, वित्तीय प्रविधि, कृषि प्रविधि, सांस्कृतिक पहिचान तथा खुला विषयवस्तुहरूमा केन्द्रित रही प्रतिस्पर्धीहरूलाई एउटै मञ्चमा ल्याई प्रतिस्पर्धा गराइनेछ ।  प्रतियोगितात्मक तथा सहकार्यात्मक रूपमा सञ्चालन हुने यस कार्यक्रममार्फत सहभागीहरूले आÇना नवीन सोचको प्रोटोटाइप विकास गर्ने, कार्यान्वयन गर्ने र विज्ञहरूको मार्गदर्शन प्राप्त गर्ने सुनौलो अवसर प्राप्त गर्नेछन् ।

यस वर्षको Hackathon मा १३८ समूहहरू प्रारम्भिक रूपमा दर्ता भएका थिए भने सहभागी समूहहरूलाई अनलाइन प्रस्तुतिका माध्यमबाट ३२ ओटा अन्तिम समूहहरू छनोट गरिएको छ । कुल ४२३ व्यक्तिगत दर्ता मध्ये ११८ व्यक्तिहरू कार्यक्रममा सहभागी हुने भएका छन् ।

कार्यक्रम औपचारिकरूपमा मिति २०८२ पौष ४ गते बिहान १० बजे सुरु हुनेछ । कार्यक्रमको उद्घान कलेज व्यवस्थापन समितिका अध्यक्ष श्री महेन्द्र बहादुर पाण्डेज्यूबाट हुनेछ । तथा उक्त कार्यक्रमको सभापतित्व कलेजका क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीज्यूले गर्नुहुनेछ ।

MBMC IdeaX–2025 ले नवप्रवर्तनशील सोचलाई प्रोत्साहन गर्दै समसामयिक समस्या समाधानमा आधारित रही उद्यमशीलता विकास, प्रविधिको सदुपयोग तथा दिगो विकासका लक्ष्यतर्फ योगदान पुरयाउने अपेक्षा गरिएको छ । उक्त कार्यक्रमबाट उत्कृष्ट आइडियाहरूलाई पुरस्कार, मेंटरशिप तथा नेटवर्किङको अवसर प्रदान गरिनेछ

Related

Previous Post

राष्ट्रपति पौडेलद्धारा किन्डर ओलम्पिकको मस्कट अनावरण

Next Post

ललितपुर १६ लाई भेट्रान टिम उपाधि

Sambridinews

Sambridinews

Related Posts

याडियाद्वारा ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ विशेष अफरसहित घोषणा
TOP STORIES

याडियाद्वारा ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ विशेष अफरसहित घोषणा

by Sambridinews
बिहिबार, चैत्र ५, २०८२
उसु टोली चीन जाने
TOP STORIES

उसु टोली चीन जाने

by Sambridinews
बिहिबार, चैत्र ५, २०८२
एनटिसीको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा उपलब्ध
FEATURED

एनटिसीको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा उपलब्ध

by Sambridinews
बिहिबार, चैत्र ५, २०८२
नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा
FEATURED

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

by Sambridinews
बिहिबार, चैत्र ५, २०८२
व्यावसायिक कृषिका लागि भूमि ऐन संशोधनको तयारी हुँदैछ :अर्थमन्त्री  खनाल
FEATURED

व्यावसायिक कृषिका लागि भूमि ऐन संशोधनको तयारी हुँदैछ :अर्थमन्त्री खनाल

by Sambridinews
बिहिबार, चैत्र ५, २०८२
Next Post
ललितपुर १६ लाई भेट्रान टिम उपाधि

ललितपुर १६ लाई भेट्रान टिम उपाधि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ब्लु डायमण्ड सोसाइटीको हस्तक्षेपले समुदाय लक्षित व्यापार धराशायी

ब्लु डायमण्ड सोसाइटीको हस्तक्षेपले समुदाय लक्षित व्यापार धराशायी

सोमवार, अशोज ६, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा

सल्यानमा पेस्तोल सहित एकजना पक्राउ

आइतवार, जेष्ठ २७, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

याडियाद्वारा ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ विशेष अफरसहित घोषणा
TOP STORIES

याडियाद्वारा ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ विशेष अफरसहित घोषणा

बिहिबार, चैत्र ५, २०८२
उसु टोली चीन जाने
TOP STORIES

उसु टोली चीन जाने

बिहिबार, चैत्र ५, २०८२
एनटिसीको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा उपलब्ध
FEATURED

एनटिसीको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा उपलब्ध

बिहिबार, चैत्र ५, २०८२
नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा
FEATURED

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

बिहिबार, चैत्र ५, २०८२
व्यावसायिक कृषिका लागि भूमि ऐन संशोधनको तयारी हुँदैछ :अर्थमन्त्री  खनाल
FEATURED

व्यावसायिक कृषिका लागि भूमि ऐन संशोधनको तयारी हुँदैछ :अर्थमन्त्री खनाल

बिहिबार, चैत्र ५, २०८२
महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड
FEATURED

महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

बुधबार, चैत्र ४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In