मंसिर२६ ,काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आफ्नो सत्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। मंसिर २६ गते शुक्रबार काठमाडौंमा सम्पन्न उक्त साधारणसभाले कम्पनीको समीक्षा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेड कम्पनीले प्रथम परियोजना सुरी खोला जलविद्युत आयोजना (७ मे.वा.) मिति २०७९ बैशाख १९ गते देखि व्यवसायिक उत्पादन सुरु गर्दा सम्म बैंक बाट दिर्घकालिन परियोजना ऋण (सानिमा बैंक लि. गरी रु ९५ करोड ऋण उपभोग गरेकोमा उक्त ऋण मिति २०८२ साल आषाढ मसान्तमा रु ८५ करोड ५६ लाख ५३ हजार ८ सय रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ साथै दोस्रो परियोजना माथिल्लो सुरिखोला जलविद्युत आयोजना (७ मे. वा. )मिति २०८० महिसर २१ गते देखि व्यवसायिक उत्पादन सुरु गर्दा सम्म बैंकबाट दिर्घकालिन परियोजना ऋण करिब १ अर्ब १२ करोड ९१ लाख २० हजार २०० सय परियोजना ऋण (सानिमा बैंक लि.) उपभोग गरेकोमा उक्त ऋण मिति २०८२ साल आषाढ मसान्तमा रु १ अर्ब ८ करोड ६१ लाख २० हजार २०० सय रुपैयाँ गरी जम्मा १ अर्ब ९४ करोड १७ लाख ७४ हजार दिर्घकालिन परियोजना ऋण उपभोग गरिएको छ ।
यस कम्पनीले सुरी खोला जलविद्युत परियोजना (७ मे.वा.) र माथिल्लो सुरिखोला जलविद्युत परियोजना को सम्पूर्ण सम्पत्तिको कुल वीमांक रु १,९१,४३,५७,४३९ का लागि श्री सानिमा जीआइसी इन्सुरेन्स लिमिटेडबाट सम्पत्ति बीमा गरिएको छ । त्यसको लागि वीमा शुल्क रु ४१,९४,१२४ भुक्तानी गरिएको छ । त्यस्तै (Overdraft loan) का लागि पनि श्री सानिमा जीआइसी इन्सुरेन्स लिमिटेडबाट नै बीमा गरिएको छ । त्यसका लागि बीमा शुल्क रु १९,६९,९०० भुक्तानी भएको छ।
साधारणसभाले लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण , आव २०८२/०८३ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु सभा ले पारित गरेको छ ।
गत आर्थिक वर्षमा कम्पनीले रु. ३६ करोड ५१ लाख बराबरको विद्युत उत्पादन गरि बिक्री गरेको जनाएको छ।














