कामाडौं । मंसिर २५, माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा स्मार्ट दरबार शंखपार्क, काठमाडौंमा एक भब्य समारोहबिच सम्पन्न भएको छ।
माईखोला हाईड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पूजी रु। ३९,२१,५६,८०० को १ः१ को अनुपातमा हकप्रद शेयर वितरण गरेको छ ।
पाँचौं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै संचालक समितिका अध्यक्ष श्रीजेश गुरागाईले कम्पनीले इलाम जिल्लाको माईवेनी तथा सुम्वेक गाउँपालिकामा स्थित माइखोलाबाट ३ मे.वा. क्षमताको जलविद्युत आयोजना निर्माण गरी राष्ट्रिय प्रसारण लाईनमा विद्युत प्रवाह गरि बिक्री वितरण गरिरहेको छ। यस कम्पनीले आयोजना क्षेत्रमा स्थानीय बाटोघाटो, कुलेसो निर्माण जस्ता विकास तथा शिक्षा जस्ता क्षेत्रमा सामाजिक उत्तर दायित्व अन्तरगत सहयोग गरिरहेको र मिति २०८२÷०६÷१८ गते आकस्मिक रुपमा आएको बाढीका कारण कम्पनीको जलविद्युत आयोजना र प्रशारण लाईन समेत क्षति भएको र आयोजना हाल बन्द रहेकोले यसको निर्माण चुस्त रुपमा गरिरहेको जानकारी गराउँनु भयो।
यस कम्पनीले प्रचलित ऐन, नियम तथा नीति निर्देशनहरुलाई आत्मसाथ गर्दै कार्य गर्दै आईरहेको र कम्पनी संचालनमा प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग पुर्याउने विद्युत नियमन आयोग, नेपाल विद्युत प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लि., कम्पनी रजिष्ट्रार कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु, लेखा परिक्षक, कर्मचारीवर्ग तथा शेयरधनी महानुभावहरु प्रति आभार व्यक्त गर्नु भएको थियो।
पाँचौं वार्षिक साधारण सभाले आ.व. २०८२ /०८३ का लागि लेखा परिक्षकमा टी एन आचार्य एण्ड कम्पनीलाई नियुक्त गरी परिश्रमिक समेत निर्धारण गरेको छ ।
माइखोला हाईड्रोपावर लिमिटेडको विगत बर्षको कारोवारको सिंहावलोकन
जलविद्युत आयोजना निर्माण सम्पन्न भई विद्युत बिक्री हुन थाले पश्चात् कम्पनीको आम्दानी देखिने भएकोले, यस कम्पनीले आ.व.२०८१/०८२ मा विद्युत बिक्रीबाट रु.६,३१,९८,९७४/– र निक्षेपमा आर्जित व्याज आम्दानी रु. ६२,०९,६६३/– गरी जम्मा आम्दानी रु.६,३४,०८,६३७/– रहेको छ।
पाँचौं वार्षिक साधारण सभाले संचालक समितिमा भएको हेरफेर र सोको कारण उल्लेख गर्दै हाल निम्न अनुसारको संचालक समिति रहेको जनाएको छ ।
श्री श्रीजेश गुरागाईं अध्यक्ष
श्री दीपेश गुरुङ संचालक
श्री रोजीना न्यौपाने संचालक
श्री धिरेन्द्र श्रेष्ठ संचालक
श्रीमती शोभा घिमिरे स्वतन्त्र संचालक
पाँचौं बार्षिक साधारण सभामा भद्र भलामी लगायत शेयरधनी महानुभावहरुको बाक्लो उपस्थिति रहनुका साथै कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन भएको थियो ।














