Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, April 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भिजिट भिसा प्रकरण : सहसचिव तिर्थराज भट्टराई सहितविरुद्ध भ्रष्टाचार मुद्दा

Sambridinews by Sambridinews
बिहिबार, मंसिर २६, २०८२
in FEATURED, TOP STORIES
0
त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा उडान बन्द
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

मंसिर २५, काठमाडाैं । भिजिट भिसामा विदेश जाने नेपालीहरुसँग अवैध रुपमा असुलीधन्दा चलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तिर्थराज भट्टराई सहितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव भट्टराई सहितलाई मुद्दा चलाएको हो ।

You might also like

नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत

नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासंघबीच सहकार्य सम्झौता

जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत

अख्तियारले ७ चैत, २०८१ मा सहसचिव भट्टराईलाई पक्राउ गरेपछि भिजिट भिसा प्रकरण सतहमा आएको थियो । अख्तियारले गरिरहेको नियमित निगरानीपछि भट्टराई पक्राउ परेका थिए ।

अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्र अनुसार, तत्कालीन सहसचिव तिर्थराज भट्टराई, अधिकृत यज्ञराज अर्याल, ग्रिनलाइन होलिडेका अध्यक्ष बालकृष्ण खड्का, फेमिलि होलिडेका सञ्चालक दिपक भण्डारी, ग्रिनलाइन सञ्चालक राम खड्का, सहायक कविता पौडेल, जग्गा कारोबारी खेम सुवेदीलाई प्रतिवादी बनाइएको छ ।

यो प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको नाम पनि मुछिएको थियो । उनकै योजना र सेटिङमा सहसचिव भट्टराईलाई एयरपोर्ट पठाइएको र त्यहाँबाट असुलीधन्दा चलेको आरोप लागेको थियो ।

घटना सार्वजनिक भएपछि तत्कालीन विपक्षी दलहरु माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका थिए ।

यो घटनामा तत्कालीन गृहमन्त्री लेखकसँगै गृहसचिव गोकर्णमणि दुवाडी, गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख छवि रिजाल लगायतका कर्मचारीको भूमिकामाथि समेत प्रश्न उठेको थियो ।

नेपाली नागरिकहरू विदेश भ्रमणमा जाँदा विभिन्न मापदण्डहरु पुरा गर्नुपर्ने व्यवस्था थियो । बैंकमा पर्याप्त खातादेखि गन्तव्य मुलुकहरुको होटल बुकिङ लगायतका कागजात पेश गर्नेहरुलाई मात्रै अध्यागमन कार्यालयका कर्मचारीहरुले गन्तव्यमा जाने अनुमति दिन्थे ।

तर अध्यागमनका कर्मचारीले विभिन्न म्यानपावर र मानव तस्करी गर्ने एजेन्सीहरुसँग मिलेर असुली गर्ने र सेटिङबाट आएकाहरुलाई मात्रै विदेश पठाउने धन्दा चलाएका थिए । त्यही सिलसिलामा भ्रष्टाचार मुद्दा खेपिसकेका र विवादास्पद पृष्ठभूमिका तिर्थराज भट्टराईलाई गृह मन्त्रालयले विमानस्थल अध्यागमन कार्यालय पठाएको थियो ।

अध्यागमनका कर्मचारीहरुले सामूहिक रुपमा रकम संकलन गर्ने संयन्त्र नै खडा गरेर मिलेमतोमा पठाएका व्यक्तिहरुको विवरण संकलन गरी रकम असुली गरिरहेको सूचना अख्तियारसम्म पुग्यो ।

रमेश लेखक गृहमन्त्री भइसकेपछि त्यो धन्दामा झनै संरक्षण भएको सूचनापछि अख्तियारले अध्यागमन कार्यालयमा निगरानी थालेको थियो । त्यसक्रममा घुस बाँडफाँट गर्ने समिति र रकम हिसाबकिताब राख्ने सफ्टवेयर नै बनाएको फेला परेको थियो ।

त्यतिबेला भिजिट भिसा प्रकरणमा अनुसन्धान चल्दाचल्दै पनि अध्यागमनबाट सेटिङमा युवाहरु विदेश पठाइएको विवरण सार्वजनिक भएको थियो । भिजिट भिसा प्रकरणपछि संसद अवरुद्ध गरिरहेको माओवादी केन्द्रका सांसदहरु लचिलो भएका थिए ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा भिजिट भिसाबारे अध्ययन गर्न समिति गठन गरेको थियो । समितिले प्रतिवेदन बुझाइसके पनि हालसम्म त्यो सार्वजनिक भएको छैन ।

सहसचिव भट्टराई भूकम्प पीडितलाई बाँड्न त्रिपाल खरिद गर्दा अनियमितता गरेको आरोपमा पनि मुछिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ माघ, २०७२ मा काठमाडौं जिल्ला विकास समितिका तत्कालीन स्थानीय विकास अधिकारी भट्टराईसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

पछि विशेष अदालतले सफाइ दिएपछि उनी निजामती सेवामा फर्किएका थिए । त्यहीबीचमा असार २०७७ मा उनी आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवमा बढुवा भएका थिए ।

Related

Previous Post

सरकारले जेनजीहरूसँग बुधबार भएको सम्झौतालाई राजपत्रमा प्रकाशन गर्ने

Next Post

माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत
FEATURED

नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत

by Sambridinews
सोमवार, बैशाख १४, २०८३
नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासंघबीच सहकार्य सम्झौता
TOP STORIES

नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासंघबीच सहकार्य सम्झौता

by Sambridinews
सोमवार, बैशाख १४, २०८३
जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
TOP STORIES

जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत

by Sambridinews
आइतवार, बैशाख १३, २०८३
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
TOP STORIES

उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस

by Sambridinews
शनिबार, बैशाख १२, २०८३
एकै परिवारका ३ खेलाडी सम्मानित
TOP STORIES

एकै परिवारका ३ खेलाडी सम्मानित

by Sambridinews
शनिबार, बैशाख १२, २०८३
Next Post
माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न

माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अशोक मंगोलियातर्फ

अशोक मंगोलियातर्फ

मङ्लबार, साउन ३०, २०८०
एनआईसी एशिया बैंकका ग्राहकलाई द क्लिफ नेपालमा १० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई द क्लिफ नेपालमा १० प्रतिशत छुट

आइतवार, कार्तिक २४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत
FEATURED

नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत

सोमवार, बैशाख १४, २०८३
नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासंघबीच सहकार्य सम्झौता
TOP STORIES

नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासंघबीच सहकार्य सम्झौता

सोमवार, बैशाख १४, २०८३
जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
TOP STORIES

जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत

आइतवार, बैशाख १३, २०८३
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
TOP STORIES

उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस

शनिबार, बैशाख १२, २०८३
एकै परिवारका ३ खेलाडी सम्मानित
TOP STORIES

एकै परिवारका ३ खेलाडी सम्मानित

शनिबार, बैशाख १२, २०८३
ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९
TOP STORIES

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

शनिबार, बैशाख १२, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In