मंसिर २१, काठमाडौं । नेपाल खुला विश्वविद्यालयले व्यवस्थापन संकायका दुईवटा विषयमा स्नातकोत्तर तहमा भर्ना आवहन गरेको छ ।
विश्वविद्यालयले मंङ्सिर १९ गते सुचना प्रकाशन गरी शैक्षिक सत्र २०८२÷०८३ को लागि भर्ना खुलाएको जनाइएको छ ।
सेमेस्टर प्रणाली अनुसार अध्ययन हुने संकायमा दुइवर्षमा चार सेमेस्टरमा अध्ययन हुने उल्लेख छ ।
इच्छुकले पुस २० गतेसम्म आवेदन दिन सकिने छ भने प्रवेश परिक्षा माघ ३ गते सञ्चालन हुने जनाइएको छ ।
















