काठमाडौँ / एनआईसी एशिया बैंकका ग्राहकहरूले Chiropractic and Manual Therapy Centre मा सेवा लिँदा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई थप सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले थेरापी सेन्टरसँग सम्झौता गरेको हो ।
उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरूले बालुवाटार तथा त्रिपुरेश्वर, काठमाडौँ र बुटवलमा रहेको यस सेन्टरका शाखाहरूमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
सो सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।
उक्त थेरापी सेन्टरसँगको यस सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।














