Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, February 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल टेलिकमकाे टेण्डरमा गडवडी

Sambridinews by Sambridinews
शुक्रबार, मंसिर ६, २०८२
in FEATURED, TOP STORIES
0
नेपाल टेलिकमकाे टेण्डरमा गडवडी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

  मंसिर ५ काठमाडाैं । नेपाल टेलिकमका कर्मचारीहरूले मिलेमतोमा निश्चित कम्पनीहरूका लागि अनुकूल हुनेगरी टेण्डर निकालेको खुलेको छ ।

नेपाल टेलिकमको बिलिङ प्रणालीको ठेक्काका लागि निकालिएको टेण्डरमा अनियमितता भएको प्रश्न उठेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अध्ययन समिति बनाएको थियो । उक्त समितिले ‘निश्चित कम्पनीको निश्चित मोडेललाई मात्रै अनुकूल हुनेगरी टेण्डर निकालेका कारण प्रतिस्पर्धा हुन नपाएको’ निचोड निकालेको हो ।

You might also like

विद्यावाणी र एकलब्य फाइनलमा

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

केनिशलाई स्वर्ण

सरसर्ती रुपमा प्रतिवेदनको अध्ययन गरेको सञ्चार मन्त्रालयस्रोतले भन्यो, ‘टेलिकमको बिलिङ प्रणालीको टेण्डरका कागजात र फाइलहरू अध्ययन गर्दा कुनै निश्चित कम्पनीको निश्चित मोडेलका उपकरणहरुका लागि अनुकूल हुनेगरी स्पेसिफिकेसन तयार गरिएको रहेछ, त्यो स्पष्ट देखियो भनी प्रतिवेदनमा खुलाइएको छ ।’

अध्ययन समितिले ‘त्यसरी निश्चित कम्पनीको लागि अनुकूल हुनेगरी मापदण्ड तोक्दा अरुका लागि प्रतिकूल बनेको र त्यसले प्रतिस्पर्धा नै नहुने अवस्था सिर्जना गरेको’ निष्कर्ष निकालेको मन्त्रालयसम्वद्ध स्रोतले बतायो । समितिले बिहीबार नै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई प्रतिवेदन बुझाएको छ ।

नेपाल टेलिकमले बिलिङ प्रणालीका लागि निकालेको टेण्डरमा मिलेमतो भएको प्रश्न उठेपछि मन्त्रालयले पूर्वसचिव मणिराम गेलालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको थियो ।

समितिमा सहसचिवहरु गौरव गिरी, आदेश खड्का र कृष्ण पन्त अनि नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक प्रदीप पौडेल, नेपाल टेलिकमका प्रबन्धक कमल लामिछाने र कानुन मन्त्रालयका उपसचिव राजेश थापा थिए ।

छानबिन समितिको प्रतिवेदन बुझ्दै सञ्चारमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको नयाँ बिलिङ प्रणालीको ठेक्कामा सरकार बाधक नबन्ने र टेलिकममा हस्तक्षेप पनि नहुने बताएका थिए ।

उनले टेलिकमको बिलिङ प्रणालीमा विवाद आएको र अख्तियारले पनि त्यसबारेमा चासो राखेपछि अध्ययन समिति बनाइएको बताए ।

सञ्चार मन्त्रालयले शुक्रबार नै प्रतिवेदनको एक/एक प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने तयारी गरेको छ ।

नेपाल टेलिकमको बिलिङ प्रणालीको टेण्डर निकाल्ने क्रममा अनियमितता भएको प्रश्न उठेपछि अख्तियारले छानबिन गर्न मन्त्रालयलाई पत्राचार गरेको थियो ।

जेनजी आन्दोलनकारीहरुले नेपाल टेलिकममा अनियमितता भएको भनी पछिल्लो समय अख्तियारमा उजुरी दिएका थिए ।

गोकुल बाँस्कोटा सञ्चार तथा सूचना प्रविधिमन्त्री भएका बेला नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त डिल्ली अधिकारीको पालमा टेण्डरको कागजात बनेको थियो । सात वर्षअघिको डकुमेन्टलाई कुनै परिमार्जन र अद्यावधिक नगरी अहिले फेरि टेण्डर निकालेको भेटिएको छ ।

‘कतै स्टक रहेका पुराना उपकरणहरु खपत गर्ने योजनाकासाथ त्यसलाई अनुकूल हुनेगरी कागजात बनाएको आशंका रहेछ’ सञ्चार मन्त्रालय स्रोतले भन्यो, ‘मिलेमतोमा टेण्डर निकालिएको भएपनि त्यसलाई सन्तुलित र सांकेतिक रुपमा प्रस्तुत गरेर कानूनविपरीतको काम भनिएको छ ।’

स्रोतका अनुसार टेण्डर निकाल्दा केही मूलभूत समस्या देखिएको छ । पहिलो, प्राविधिक रुपमा ‘आउटडेटेड’ भएका फिचरहरु समावेश गरेर टेण्डर आह्वान भएको छ ।

दोस्रो, निश्चित कम्पनीहरुलाई मात्रै अनुकूल हुनेगरी प्रतिस्पर्धालाई सीमित गरिएको छ ।

तेस्रो, असम्बन्धित र छुट्टै टेण्डर आह्वान गर्न सकिने विषयहरु समेत बिलिङ प्रणालीसँग जोडेर टेण्डर निकालिएको छ ।

नेपाल टेलिकमले सात वर्ष अगाडि अर्थात सन् २०१८ मा तयार भएको कागजातका आधारमा टेण्डरको सूचना निकालेको हो । यो अवधिमा कैयौं नयाँ फिचर थपिएकाले त्यतिबेलाको टेण्डर कागजात अहिलेको हकमा असान्दर्भिक भइसकेको जानकारहरू बताउँछन् ।

(याे समाचार अनलाइनखबर डटकमबाट साभार गरिएकाे हाे )

Related

Previous Post

आइ एमई खल्ती लिमिटेडको सिइओमा प्रविण रेग्मी नियुक्त

Next Post

विस्तृत शान्ति सम्झाैता १९ वर्ष पुरा

Sambridinews

Sambridinews

Related Posts

विद्यावाणी र एकलब्य फाइनलमा
TOP STORIES

विद्यावाणी र एकलब्य फाइनलमा

by Sambridinews
शनिबार, फाल्गुन ९, २०८२
नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक
FEATURED

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

by Sambridinews
शुक्रबार, फाल्गुन ८, २०८२
केनिशलाई स्वर्ण
TOP STORIES

केनिशलाई स्वर्ण

by Sambridinews
बिहिबार, फाल्गुन ७, २०८२
राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा चेम्बर र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने
FEATURED

राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा चेम्बर र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने

by Sambridinews
बिहिबार, फाल्गुन ७, २०८२
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल पुगोस् : राष्ट्रपति पौडेल
FEATURED

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल पुगोस् : राष्ट्रपति पौडेल

by Sambridinews
बिहिबार, फाल्गुन ७, २०८२
Next Post
प्रतिनिधिसभाको अन्तिममा बैठकमा समेत नेताहरुले एकअर्कालाई घोचपेच गर्न बाँकी राखेनन् ।

विस्तृत शान्ति सम्झाैता १९ वर्ष पुरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्याथोलोजी डेको अवसरमा नेपाल मेडिकल कलेजमा विशेष कार्यक्रम

प्याथोलोजी डेको अवसरमा नेपाल मेडिकल कलेजमा विशेष कार्यक्रम

बिहिबार, कार्तिक २९, २०८१
इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते ; दुईको अवस्था गम्भीर

इजरायलमा रहेक थप १९ जना नेपालीको उद्धार

मङ्लबार, अशोज ३०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विद्यावाणी र एकलब्य फाइनलमा
TOP STORIES

विद्यावाणी र एकलब्य फाइनलमा

शनिबार, फाल्गुन ९, २०८२
नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक
FEATURED

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

शुक्रबार, फाल्गुन ८, २०८२
केनिशलाई स्वर्ण
TOP STORIES

केनिशलाई स्वर्ण

बिहिबार, फाल्गुन ७, २०८२
राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा चेम्बर र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने
FEATURED

राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा चेम्बर र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने

बिहिबार, फाल्गुन ७, २०८२
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल पुगोस् : राष्ट्रपति पौडेल
FEATURED

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल पुगोस् : राष्ट्रपति पौडेल

बिहिबार, फाल्गुन ७, २०८२
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारमा शर्मिला फूयाँलको उम्मेदवारी
TOP STORIES

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारमा शर्मिला फूयाँलको उम्मेदवारी

बिहिबार, फाल्गुन ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In