काठमाडौं, कात्तिक २२ । गायक विनोद बानियाँको स्वर र संगीतमा नयाँ नेपाली गीत “यही दु:ख गरौला” सार्वजनिक भएको छ। गीतको भिडियो अहिले युट्युबमार्फत सार्वजनिक गरिएको छ।
गीतका शब्द तथा संगीतकार सुरज उपाध्याय हुन् भने संगीत संयोजन राजेश बिष्ट क्षेत्रीले गरेका छन्। गीतको मिक्सिङ र मास्टरिङ प्रकाश मिश्रले अकौस्टिक नेपाल स्टुडियोमा गरेका हुन्।
भिडियोतर्फ, नेत्र गुरुङको निर्देशन, सम्पादन तथा रङ संयोजन रहेको छ। भिडियोमा विक्रम कार्की, सुष्मा श्रेष्ठ, देवराज गुरुङ, सुबास श्रेष्ठ र सिजन श्रेष्ठले अभिनय गरेका छन्।
क्यामेरामा मिलन संखर, ड्रोन तथा सहायक क्यामेरामा गणेश सापकोटा, प्रकाश व्यवस्थापनमा अमृत देवकोटा र हरी पौडेल छन्। मेकअप जया गुरुङले सम्भालेकी छिन् भने उत्पादन व्यवस्थापक सुबास रामदाम हुन्। गीतको छायांकन लुवाङ गाउँमा गरिएको हो। भिडियो नेत्र इन्टरटेनमेन्टको पोस्ट–प्रोडक्सनमा तयार गरिएको हो। सामाजिक यथार्थ र प्रेमका भाव समेटिएको यो गीतले दर्शक–श्रोतामाझ भावनात्मक स्पर्श ल्याउने अपेक्षा गरिएको छ।















