Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, July 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

निर शाहको जन्मदिन पारेर ‘परान’को पोएटिक टिजर सार्वजनिक

Sambridinews by Sambridinews
मङ्लबार, अशोज २८, २०८२
in TOP STORIES, मनोरञ्जन, समाचार
0
निर शाहको जन्मदिन पारेर ‘परान’को पोएटिक टिजर सार्वजनिक
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । आगामी कार्तिक १४ गते रिलिज हुने फिल्म ‘परान’ले काबिक टिजर सार्वजनिक गरेको छ । वरिष्ठ अभिनेता निर शाहको आइतबार परेको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा कवि नवराज पराजुलीको शब्द उनकै आवाजमा प्रस्तुत गरिएको छ।
कवि पराजुलीका शब्दहरूमा फिल्मका मुख्य कलाकार निर शाहको मनोभावनालाई प्रमुख रूपमा प्रस्तुत  गरिएको छ। ओएसआर डिजिटल युट्युवमार्फत सार्वजनिक टिजरमा कविताका माध्यमबाट जीवनको उत्तरार्धमा रहेका एक बाबुले छोरासँग जीवनको अन्त्यसम्म साथ पाइयोस् भन्ने आशा व्यक्त भएको सुन्न सकिन्छ।
कवितामा छोरालाई ईश्वरले दिएको उपहार मान्दै छोरालाई जसरी हुर्काइयो बढाइयो एउटा बाबुलाई पनि छोराले जीवनको अन्तिम समयसम्म सोही प्रकारले साथ दिनुपर्ने कुरा व्यक्त भएको छ ।

You might also like

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध

फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा सहकार्य: दुई वर्षे समझदारी पत्रमा हस्ताक्षर

कवि पराजुलीले सो मनोभावनालाई  निम्न प्रकारले उधिनेका छन्।

”जलाउनु अघि काँटीले आफ्नो सलाई छोड्दैन
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन।
चराले गुँड छोड्दैमा रुख ढल्छ कि ढल्दैन
जाँच्नको लागि छोराले मलाई लडाइ छोड्दैन।
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन
ईश्वरले जिम्मा दिएको छोरो जन्माए हुर्काए
छोरोले मलाई ईश्वरको जिम्मा नलाइ छोड्दैन
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन ।”

टिजरमा यी शब्दहरू फिल्मका प्रमुख कलाकार निर शाह मार्फत व्यक्त गर्दै मुख्य रुपमा फिल्माइएको छ।

उनीसँगै त्यहाँ मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, बुद्धि तामाङ, प्रवीण खतिवडा, पूजा चन्द तथा अन्जना बराइली लगायतका कलाकारहरुलाई पनि प्रस्तुत गरिएको छ । यो पोएटिक टिजरले दर्शकहरूलाई फिल्मको विषयवस्तुका बारेमा समेत जानकारी दिएको छ।
टिजरले फिल्ममा बाबु छोराको सम्बन्ध र त्यसको सामाजिक हैसियत तथा स्थिति परिस्थितिले उत्पन्न हुने ती सम्बन्धका उकाली ओरालीको कथा पेश गर्ने देखाएको छ ।
अतः सार्वजनिक टिचरबाट ‘परान’ फिल्म एउटा गतिलो पारिवारिक खुराक बन्ने स्पष्ट संकेत मिलेको छ। दिग्गज कलाकारहरूको अभिनय र विषयवस्तुका कारण यो फिल्म पारिवारिक दर्शकका लागि विशेष सिनेमा हुने सहजै अनुमान गर्न सकिन्छ।
सक्किगोनी फेम दीपकप्रसाद आचार्य (काकु) निर्देशित फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय छ। आचार्यको यो डेब्यु निर्देशन हो।
रिदम कंडेलको संगीत रहेको फिल्मका गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाललगायतले स्वर दिएका छन्। शिवराम श्रेष्ठको डिओपी रहेको फिल्म मित्र डि. गुरूङले सम्पादन गरेका हुन्।
देशकै प्रतिष्ठित व्यवसायीक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले  निर्माण गरेको हो। देशकै ठूलो व्यापारिक घरानियाको निर्माण रहेकाले पनि यो फिल्म धेरैको पर्खाइमा रहेको छ।

Teaser video: https://youtu.be/wYPCu2eml9s?si=IxArQiHOq4-pjpr1

Related

Previous Post

एनआरएनए वेस्टर्न अष्ट्रेलियाद्वारा नेपाली खेलाडी सम्मानित

Next Post

गरिमा विकास बैंकले गर्यो शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

Sambridinews

Sambridinews

Related Posts

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध
TOP STORIES

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध

by Sambridinews
सोमवार, असार २९, २०८३
फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार
TOP STORIES

फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार

by Sambridinews
सोमवार, असार २९, २०८३
नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा सहकार्य: दुई वर्षे समझदारी पत्रमा हस्ताक्षर
FEATURED

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा सहकार्य: दुई वर्षे समझदारी पत्रमा हस्ताक्षर

by Sambridinews
सोमवार, असार २९, २०८३
नबिल बैंकको ४२औँ वार्षिकोत्सव: ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता 
FEATURED

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता 

by Sambridinews
आइतवार, असार २८, २०८३
नेपाल पर्यटन बोर्ड वेलनेस रिल प्रतियोगिता २०२६ को कोशी प्रदेशबाट मिना कुमारी राउत बनिन विजेता
TOP STORIES

नेपाल पर्यटन बोर्ड वेलनेस रिल प्रतियोगिता २०२६ को कोशी प्रदेशबाट मिना कुमारी राउत बनिन विजेता

by Sambridinews
आइतवार, असार २८, २०८३
Next Post
गरिमा विकास बैंकले गर्यो शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

गरिमा विकास बैंकले गर्यो शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आज कन्काई, कर्णाली र महाकालीका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना

मुस्ताङमा बाढीले १५ घर सहित केही सर्वजनिक संरचना बगायाे

सोमवार, साउन २९, २०८०
मेयर बालेन बिरूद्ध प्रदर्शन

मेयर बालेन बिरूद्ध प्रदर्शन

शनिबार, अशोज १५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध
TOP STORIES

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध

सोमवार, असार २९, २०८३
फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार
TOP STORIES

फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार

सोमवार, असार २९, २०८३
नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा सहकार्य: दुई वर्षे समझदारी पत्रमा हस्ताक्षर
FEATURED

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा सहकार्य: दुई वर्षे समझदारी पत्रमा हस्ताक्षर

सोमवार, असार २९, २०८३
नबिल बैंकको ४२औँ वार्षिकोत्सव: ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता 
FEATURED

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता 

आइतवार, असार २८, २०८३
नेपाल पर्यटन बोर्ड वेलनेस रिल प्रतियोगिता २०२६ को कोशी प्रदेशबाट मिना कुमारी राउत बनिन विजेता
TOP STORIES

नेपाल पर्यटन बोर्ड वेलनेस रिल प्रतियोगिता २०२६ को कोशी प्रदेशबाट मिना कुमारी राउत बनिन विजेता

आइतवार, असार २८, २०८३
कोहलपुर माइलमा समिर र चेतना बने विजेता
TOP STORIES

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

शनिबार, असार २७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In