Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

शिक्षा विधेयक संशोधन नगरे देशभरका निजी शिक्षण संस्थाका पठनपाठन बन्द गर्ने चेतावनी

Sambridinews by Sambridinews
बिहिबार, भदौ १९, २०८२
in FEATURED, TOP STORIES, शिक्षा, समाचार
0
शिक्षा विधेयक संशोधन नगरे देशभरका निजी शिक्षण संस्थाका पठनपाठन बन्द गर्ने चेतावनी
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।१९ भदौं, आगामी भदौ २६ गते संसद्मा हालको विद्यालय शिक्षा विधेयक जस्ताको तस्तै पारित भए देशभरका निजी शिक्षण संस्थाले पठनपाठन बन्द गर्ने चेतावनी दिएका छन् । निजी विद्यालय सञ्चालक संगठनहरूका पदाधिकारीहरूले विधेयकले निजी क्षेत्रको लगानीलाई सुरक्षित नगरे शिक्षा क्षेत्रमा ठुलो संकट आउने दाबी गर्दै आन्दोलन सशक्त पार्ने घोषणा गरेका छन् ।

प्याब्सन अध्यक्ष कृष्ण अधिकारीले सरकारले शिक्षालाई धान्छ र हाम्रो व्यवसाय सञ्चालन गर्छ भने आफूहरूले अन्य व्यवसाय गर्ने चेतावनी दिए । उनले भने, “विधेयकमा निजी क्षेत्रको लगानी सुनिश्चित नगरे पठनपाठन बन्द हुन्छ । कम्पनीमा दर्ता भएका विद्यालय कम्पनीकै रूपमा सञ्चालन हुनुपर्छ, ट्रष्ट वा गुठीको विकल्प स्वीकार्य छैन ।”

You might also like

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड

अमेरिकाद्वारा इरानमा तेस्रो चरणको हमला जारी

उनले विधेयकमा उल्लेख भएजस्तो पूर्ण छात्रवृत्ति दिन नसकिने स्पष्ट गर्दै वार्षिक, मासिक र भर्ना शुल्कमै छात्रवृत्ति प्रदान गरिएको बताए । अधिकारीले विद्यालय बन्द हुने परिस्थितिको जिम्मा जनप्रतिनिधिहरूले लिनुपर्ने चेतावनीसमेत दिए ।

प्याब्सनका पूर्व अध्यक्ष डिके ढुङ्गानाले पनि निजी विद्यालयलाई नाफामूलक नभई गैरनाफामूलक बनाउन खोजिएको भन्दै आपत्ति जनाए । उनले कम्पनी ऐन अनुसार दर्ता भएका विद्यालयलाई नाफामूलक हुने अधिकार सुनिश्चित गर्नुपर्ने बताउँदै, “मस्यौदा संशोधन नभए कडा आन्दोलन अपरिहार्य हुन्छ,” भने ।

त्यस्तै, एनप्याब्सन अध्यक्ष सुवास न्यौपानेले विधेयकले शिक्षाको गुणस्तर सुधारतर्फ ध्यान नदिएको आरोप लगाउँदै आन्दोलन जारी रहने बताए । उनले भने, “२६ गतेसम्म पनि माग सम्बोधन भएन भने धैर्यताको बाँध टुट्छ । अभिभावक र विद्यार्थीले समेत हाम्रो आन्दोलनमा साथ दिनेछन् ।”

हिसानका कार्यवहाक अध्यक्ष युवराज शर्माले राज्यले निजी क्षेत्रलाई कमजोर पार्ने गरी विधेयक ल्याएको आरोप लगाए । उनले निजी विद्यालयलाई अझ उत्तरदायी बनाउँदै लगानी सुरक्षित गर्ने वातावरण बनाउनुपर्नेमा सरकारले उल्टै संकट सिर्जना गरेको बताए ।

त्यस्तै, अपेनका अध्यक्ष बद्री दाहालले लगानीको सुरक्षाको वातावरण सरकार बनाउनेतर्फ गम्भीर नभएको भन्दै, “ऐन संशोधन नभए विद्यालयको चावी सरकारलाई बुझाउँछौं,” भने ।

निजी विद्यालयहरूले हालको विधेयकमा गैरनाफामूलक प्रावधान हटाउनुपर्ने, पूर्ण छात्रवृत्ति भन्ने शब्द विलोप गर्नुपर्ने, पोशाक, पाठ्यपुस्तक, यातायात, खाजा जस्ता उत्पादन नहुने सामग्री उपलब्ध गराउने दायित्व हटाउनुपर्ने, साथै छात्रवृत्ति वितरण सम्बन्धी अधिकार सम्बन्धित विद्यालयमै रहने व्यवस्था गर्नुपर्ने माग दोहोर्‍याएका छन् ।

शिक्षा पत्रकार सञ्जाल नेपाल ९इजोन०ले हिजो आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकांश निजी विद्यालयका प्रतिनिधिहरूले माग सम्बोधन नभएसम्म आन्दोलन नफिर्ता हुने स्पष्ट पारेका थिए ।

यसअघि सरकारले सार्वजनिक गुठीमार्फत सञ्चालन भएका महेन्द्र आदर्श, आनन्दकुटी, सिद्धार्थ बनस्थलीजस्ता विद्यालयहरूको दुर्दशा उदाहरण दिँदै निजी विद्यालय सञ्चालकहरूले आफ्नो सम्पत्ति ट्रष्टमा लैजान नसकिने जिकिर गरेका छन् । उनीहरूले सरकारले जिम्मेवारी नलिए पठनपाठन बन्दको अवस्था आउन सक्ने चेतावनी दोहोर्‍याएका छन् ।

Related

Previous Post

मिनी-मर्सिडिज प्रेरित इलेक्ट्रिक एसयुभी बन्ने तयारीमाएमजी साइबर X

Next Post

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सच्याउन सरकारसँग पत्रकार महासंघकाे माग

Sambridinews

Sambridinews

Related Posts

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ
FEATURED

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ

by Sambridinews
बुधबार, जेष्ठ २७, २०८३
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड
TOP STORIES

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड

by Sambridinews
बुधबार, जेष्ठ २७, २०८३
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

अमेरिकाद्वारा इरानमा तेस्रो चरणको हमला जारी

by Sambridinews
बुधबार, जेष्ठ २७, २०८३
एभरेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
TOP STORIES

एभरेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता

by Sambridinews
मङ्लबार, जेष्ठ २६, २०८३
नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी
FEATURED

नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी

by Sambridinews
मङ्लबार, जेष्ठ २६, २०८३
Next Post
श्रमजीवी पत्रकारका समस्या समाधान गर्न महासंघले कानुनी प्रक्रियाबाट अगाडि बढाउने

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सच्याउन सरकारसँग पत्रकार महासंघकाे माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

रुस–युद्धमा सहभागी स्याङ्जाका एक युवकको मृत्यु

मङ्लबार, पुस १७, २०८०
दुर्गा प्रसाईको वि एण्ड सिले पायो एमबीबीएस पढाउने सम्बन्धन

दुर्गा प्रसाईको वि एण्ड सिले पायो एमबीबीएस पढाउने सम्बन्धन

शुक्रबार, जेष्ठ २५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ
FEATURED

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ

बुधबार, जेष्ठ २७, २०८३
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड
TOP STORIES

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड

बुधबार, जेष्ठ २७, २०८३
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

अमेरिकाद्वारा इरानमा तेस्रो चरणको हमला जारी

बुधबार, जेष्ठ २७, २०८३
एभरेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
TOP STORIES

एभरेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता

मङ्लबार, जेष्ठ २६, २०८३
नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी
FEATURED

नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी

मङ्लबार, जेष्ठ २६, २०८३
नेपालकै पहिलो ‘स्टेप्सटुवाक फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न, नेपाल मेडिसिटीद्धारा ८ जना विरामीलाई निशुल्क सेवा प्रदान
TOP STORIES

नेपालकै पहिलो ‘स्टेप्सटुवाक फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न, नेपाल मेडिसिटीद्धारा ८ जना विरामीलाई निशुल्क सेवा प्रदान

सोमवार, जेष्ठ २५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In