अस्थायी रूपमा सेवा बन्द भएको टेलिकमले जनाएको हो ।
कम्पनीले अर्को सूचना जारी नभएसम्मका लागि सेवा उपलब्ध नहुने जनाएको छ।
टेलिकमले एक सूचना जारी गर्दै लेखेको छ, “समस्या समाधानका लागि प्रयास भैरहेको व्यहोरा अनुरोध गर्दै यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ।”

नेपाल टेलिकमले शीघ्र समस्याको समाधान गरी सेवा पुनः सञ्चालनमा ल्याइने जनाएको छ।