Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

रोयल नेपाल रोधी क्लबको प्रथम वार्षिकोत्सव :नेपाली कला, संस्कृति र विलासिताको संगम

Sambridinews by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
in TOP STORIES, मनोरञ्जन, समाचार
0
रोयल नेपाल रोधी क्लबको प्रथम वार्षिकोत्सव :नेपाली कला, संस्कृति र विलासिताको संगम
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो प्रथम वार्षिकोत्सव भव्य शैलीमा मनाउँदैछ। लाजिम्पाटस्थित क्लबले भदौ १८ गतेदेखि २२ गतेसम्म पाँच दिने विशेष कार्यक्रम गरी वार्षिकोत्सवलाई उत्सवमय बनाउने तयारी गरिरहेको छ ।
‘नेपालकै पहिलो विलासी दोहोरी रेष्टुरेन्टका रूपमा परिचित यस क्लबले एक वर्षमा सांगीतिक कार्यक्रम, स्वादिष्ट भोजन, प्रिमियम बार र उच्चस्तरीय सेवाबाट पाहुनाको मन जित्दै आएको छ’, प्रबन्ध निर्देशक सुनिल छेवाङ लामाले भने, ‘क्लबले पहिलो वर्षको उपलब्धिलाई “नेपाली कला, संस्कृति र आधुनिक आतिथ्यको विलासी संगम” का रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।’
वार्षिकोत्सवको उद्घाटन नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति एवं बागमती प्रदेश सांसद एवं पूर्वमन्त्री तीर्थ लामाबाट हुने संचालक समितिले जनाएको छ ।
पाँच दिने विशेष कार्यक्रम वार्षिकोत्सव अवधिभर प्रत्येक दिन चर्चित कलाकारहरूले प्रस्तुति दिनेछन्। दोहोरी तथा लोक–संगीतका लाइभ प्रस्तुति, सांस्कृतिक नृत्य, हास्य–व्यंग्य, लक्की ड्र, पुरस्कार वितरण तथा लेट–नाइट डीजे सेसन समेत रहनेछन्। क्लबले साँझ ७:०० बजेबाट विविध साङ्गीतिक प्रस्तुतिमा वार्षिकोत्सव मनाउनेछ ।
वार्षिकोत्सवको पहिलो दिन चर्चित लोकदोहोरि गायक राजु परियारको साथमा मनोरन्जन लिन सकिन्छ । त्यस्तो दोस्रो दिन सोही समयमा चर्चित गायिका ज्योति मगर, तेस्रो दिन लोकगायक पशुपति शर्माको साथमा मनोरन्जनमय बन्नेछ । यस्तै तेस्रो दिन अर्थात भदौ २१ गते भने विशेष शोमार्फत तामाङ सेलो प्रस्तुति रहनेछ । तामाङ सेलोमा चर्चित गायक रोज मोक्तान, फुलकुमार बमजन र कोशिश थोकरको साथमा दर्शकले मनोरन्जन लिन सकिन्छ ।
यसैगरी वार्षिकोत्सवको अन्तिम दिन मोडल तथा डान्सर सुनिल क्षेत्री, करिश्मा शाही र सञ्चिता बोलाखे प्रस्तुति हुनेछ ।

संस्कृतिको संरक्षण र विलासिताको अनुभव
क्लब केवल रेष्टुरेन्ट मात्र नभई सांस्कृतिक केन्द्रका रूपमा चिनिन्छ। क्लबले परम्परागत संस्कृतिलाई संरक्षण गर्दै आधुनिक आतिथ्यसँग संयोजन गरेर आगन्तुकलाई अद्वितीय अनुभव प्रदान गर्दै आएको छ।
प्रबन्ध निर्देशक लामाका अनुसार, ‘रोयल नेपाल रोधी क्लबले संगीत, संस्कृति र आतिथ्यताको जीवन्त केन्द्रका रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली रोधी संस्कृतिलाई चिनाउने लक्ष्य राखेको छ।’
उनले भने, ूहाम्रो उद्देश्य नेपालको मौलिक रोधी संस्कृतिलाई विश्वस्तरमा प्रतिष्ठित सांस्कृतिक गन्तव्यका रूपमा स्थापित गर्नु हो। यो वार्षिकोत्सव हामीले गत एक वर्षमा हासिल गरेका उपलब्धिहरूको उत्सव मात्र होइन, नेपाली सांस्कृतिक सम्पदालाई अगाडि बढाउने हाम्रो प्रतिबद्धताको पनि प्रतिक हो।
ग्राहकप्रतिको सम्मान वार्षिकोत्सवको अवसरमा क्लबले विशेष आकर्षण स्वरूप सम्पूर्ण ग्राहकलाई फ्ल्याट २० प्रतिशत छुट दिने घोषणा गरेको छ। यससँगै, क्लबले आगामी दिनमा अझ गुणस्तरीय सेवा, स्वादिष्ट र स्वास्थ्यप्रद भोजन, प्रीमियम पेय पदार्थ र आकर्षक सांगीतिक तथा सांस्कृतिक प्रस्तुति मार्फत आतिथ्य अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।
क्लबले भविष्यमा पनि गुणस्तरीय सेवा, स्वादिष्ट र स्वास्थ्यप्रद भोजन, प्रिमियम पेय पदार्थ र आकर्षक सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरूमार्फत आगन्तुकहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
क्लबले आफ्नो प्रथम वार्षिकोत्सवलाई नेपाली सांगीतिक परम्पराको जीवित उत्सवका रूपमा मनाउँदै पाहुनालाई निमन्त्रणा गरेको छ।

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

Related

Previous Post

प्रधानमन्त्री ओलीको तिआन्जिन बैठक सम्बोधनः बहुपक्षीय प्रणाली सुदृढीकरण गर्न जोड

Next Post

अगस्टमा मात्र भित्रिए ८८ हजारभन्दा बढी पर्यटक

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
अगस्टमा मात्र भित्रिए ८८ हजारभन्दा बढी पर्यटक

अगस्टमा मात्र भित्रिए ८८ हजारभन्दा बढी पर्यटक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

७६ हजारले अवलोकन गर्दै सकियो नाडा अटो सो

७६ हजारले अवलोकन गर्दै सकियो नाडा अटो सो

सोमवार, अशोज १, २०८०
मिडिया काउन्सिल विधेयकका प्रावधानप्रति सरोकारवालाको असहमति

मिडिया काउन्सिल विधेयकका प्रावधानप्रति सरोकारवालाको असहमति

शुक्रबार, असार ७, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In