काठमाडाौं । कमजोर रहेकाे मनसुन सक्रिय हुनथालेकाे छ । आज देशका विभिन्न भागमा सामान्यदेखि भारी वर्षाको सम्भाजना रहेको छ ।
आज राती देभरी पानी पर्ने र बागमती प्रदेश सहित सुदुरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोख्रेलले जनाएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च(पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षार हिमपातको सम्भावना रहेको छ।
आज राती
बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहि बाँकी भू(भागमा आंशिक देखि साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च(पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षार हिमपातको सम्भावना रहेको छ।















