Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्मफेस्टिभलकालागि एसियाली आवेदन खुल्ला

Sambridinews by Sambridinews
बिहिबार, असार १९, २०८२
in TOP STORIES, मनोरञ्जन, समाचार
0
सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्मफेस्टिभलकालागि एसियाली आवेदन खुल्ला
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

अल्टरनेटिभा फिल्म फेस्टिभलको तेस्रो संस्करण २०२६ को दोस्रो त्रैमासिकमा कोलम्बियामा आयोजना हुने भएको छ । यस संस्करणमा पुरस्कार कोष बढाएर १,२०,००० अमेरिकी डलर गरिएको छ, जुन अघिल्लो संस्करणको तुलनामा २०,००० डलरले बढी हो । साथै, फोकस क्षेत्रबाट फिचर फिल्मका लागि नयाँ पुरस्कार श्रेणी थपिएको छ, जससँगै कुल पुरस्कारको संख्या सात पुगेको फेस्टिभल आयोजक अल्टरनेटिभाले जानकारी दिएको छ ।
इच्छुक आवेदकहरूले जेठ २७, २०८२ (जुन १०, २०२५) देखि असोज २४, २०८२ (
अक्टोबर १०, २०२५) भित्र आवेदन दिन सक्नेछन । ल्याटिन अमेरिका र एसियाबाट सबै विधाका फिचर–स्तरका फिल्महरू स्वीकार गरिनेछ भने छोटो फिल्म श्रेणीहरू भने केवल ल्याटिन अमेरिकाका लागि सीमित रहनेछ ।
यी घोषणाहरू अल्टरनेटिभाले ल्याटिन अमेरिकामा पहिलोपटक आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा गरिएको थियो। यो सम्मेलन ४०औं ग्वाडालाजारा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको अवसरमा सम्पन्न भएको थियो, जसमा अल्टरनेटिभा यस इनिसिएटिभको आधिकारिक साझेदारका रूपमा सहभागी थियो । कार्यक्रममा अल्टरनेटिभाकी प्रमुख लिजा सुरगानोभा, इन्डष्ट्रि एण्ड ल्याब्स प्रमुख अन्ना गुडकोभा, र मार्केटिङ तथा सञ्चार प्रमुख एन्जेलका जानकोभिक उपस्थित थिए । उनीहरूले आगामी महोत्सवको योजनाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरे, जसले ल्याटिन अमेरिकामा अल्टरनेटिभाको विस्तार हुँदै गएको उपस्थिति र ग्लोबल साउथमा उदीयमान प्रतिभालाई सशक्त बनाउन गरेको यसको प्रतिबद्धता झल्काउँछ ।
यो पहलले प्रत्येक संस्करणमा अल्टरनेटिभा फिल्म फेस्टिवलको प्राथमिकता क्षेत्रलाईपरिवर्तन गर्दै जान्छ, जुन ग्लोबल साउथका फिल्म निर्माताहरूको पहिचानका लागि वैकल्पिक माध्यमको रूपमा कार्य गर्दछ । यसले ती सिर्जनाहरूलाई फरक–फरक क्षेत्रका विविध र व्यापक दर्शकहरूसम्म पुर्‍याउने र अन्तरसम्बन्धहरू विस्तार गर्ने अवसर प्रदान गर्दछ । यो महोत्सवले समाज र विश्वमा सकारात्मक परिवर्तन ल्याउने फिल्महरूलाई सम्मान गर्दछ र कलात्मक उत्कृष्टतालाई सामाजिक प्रभावका सम्भावनासँग जोड्ने प्रयास गर्दछ ।
पत्रकार सम्मेलनमा इनड्राइभका संस्थापक तथा सीईओ, साथै अल्टरनेटिभाका दृष्टिकोणशील अगुवा आर्सेन टम्स्कीले भने, “इनड्राइभमा हामी विश्वास गर्छौं कि प्रतिभा र गहिरा कथाहरूलाई कुनैपनि सिमानाले रोक्नु हुँदैन । कलामा विश्वभरका मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने शक्ति हुन्छ । यही विश्वासले हाम्रो व्यवसायिक प्रयासहरू मात्र होइन, सामाजिक न्यायप्रतिको हाम्रो प्रतिबद्धतालाई पनि अघि बढाउँछ । यसै सोचका साथ, हामीले अल्टरनेटिभा र यसको फेस्टिभलको सुरुआत गरेका हौं — जसले ग्लोबल साउथका प्रभावशाली फिल्म निर्माताहरूलाई आफूलाई अभिव्यक्त गर्न, सुनिन र आफ्ना अनुभवहरू बाँड्न एक सशक्त मंच प्रदान गर्छ ।”
अल्टरनेटिभा २०२३ मा मध्य एशिया (काजाकिस्तान) बाट सुरु भएको थियो र २०२४ मा दक्षिणपूर्व एशिया (इन्डोनेसिया) सम्म विस्तार भएको थियो, जहाँ यसले योग्याकार्तामा सम्पन्न दोस्रो अल्टरनेटिभा फिल्म अवार्ड तथा फेस्टिभलमार्फत उल्लेखनीय प्रभाव पार्याे।
अब, यसले ग्लोबल साउथ सिनेमाका साहसी नयाँ आवाजहरूलाई उजागर गर्ने आफ्नो अभियानलाई निरन्तरता दिँदै ल्याटिन अमेरिका तर्फ सर्दैछ । यस यात्रा र विस्तारले परियोजनाको परिपक्वतालाई पनि प्रतिबिम्बित गर्छ । एक अवार्ड कार्यक्रमको रूपमा सुरू भएको अल्टरनेटिभा अब एक पूर्ण फिल्म फेस्टिभलको रूपमा स्थापित भएको छ, जुन यसको नयाँ नाममा पनि प्रकट हुन्छ । यद्यपि पुरस्कारहरू अझै पनि यसको मूलमा छन, महोत्सवले चयन गरिएका फिल्महरूको प्रभावलाई अझ सशक्त बनाउने उद्देश्यले प्रदर्शन, छलफल, र विभिन्न कार्यक्रमहरूको माध्यमबाट आफ्नो पहुँच विस्तार गरिरहेको छ ।
साथै, अल्टरनेटिभा मध्य एशिया र दक्षिणपूर्व एशियामा रहेका आफ्ना केन्द्रमार्फत अझै पनि सक्रिय छ । सन् २०२५ को कार्यसूचीमा इन्डोनेसियाको बालीमा जस्ट फ्युचर्स इम्प्याक्ट स्टोरी ल्याब (इन–डक्स, डक सोसाइटी, र १mउबअत सँगको सहकार्यमा मध्य एशियामा द इम्प्याक्ट डिस्ट्रिब्युसन ल्याब्स अल्माटी (काजाकिस्तान) र जकार्ता (इन्डोनेसिया) मा अल्टरनेटिभा फिल्म डेजस र नेपालमा ‘देवीको प्रभाव‘ अभियान समावेश छन् ।
अल्टरनेटिभा फिल्म फेस्टिभल २०२६ ले ल्याटिन अमेरिकाका चलचित्रहरूलाई स्वागत गर्दैछ, र विभिन्न क्षेत्रहरूलाई जोड्ने आफ्नो यात्रामा अडिग रहँदै एशियाली देशहरूबाट आवेदनहरू स्वीकार गर्न जारी राख्नेछ — जहाँ अघिल्ला दुई संस्करणहरू सम्पन्न भएका थिए । सन् २०२४ मा, महोत्सवमा ३३ देशहरूबाट १,००० भन्दा बढी चलचित्रहरू प्राप्त भएका थिए । सर्टलिस्टमा परेका २५ चलचित्रमध्ये १४ ओटा एशियाली थिए, जसमा इन्डोनेसियाले पाँच चलचित्रहरूसहित सबैभन्दा धेरै प्रतिनिधित्व गरेको थियो । यसपटक नयाँ क्षेत्र केन्द्रमा रहेकाले, आयोजक टोलीले नयाँ चलचित्रहरूको उल्लेखनीय संख्यामा वृद्धि हुने अपेक्षा गरेको छ ।
‘अल्टरनेटिभाको हिस्सा हुनु अत्यन्त विशेष अनुभव थियो । कार्यक्रमको सोचपूर्ण संरचना, हार्दिक समुदाय, र संवादका लागि सिर्जित स्थानले यसलाई केवल एउटा स्क्रिनिङ प्लेटफर्म नभई गहिरो आदानप्रदान र खोजको केन्द्र बनाएको थियो । पुरस्कार जित्नु केवल सम्मान मात्र थिएन, त्यो एक प्रेरणा पनि बन्यो जसले मलाई मेरो सिर्जनात्मक यात्रामा अघि बढ्न हौसला दिएको छ, भन्छन् भियतनामी निर्देशक गुयेन डुय आन्ह, जसको फिल्म ‘ए क्लिनिङ सर्भिस’ ले अल्टरनेटिभा फिल्म अवाड्र्स एण्ड फेस्टिवल २०२४ मा दुई सर्ट फिल्म अवार्डमध्ये एक जितेको थियो ।
अल्टरनेटिभा फिल्म फेस्टिभल २०२६ का लागि खुला आह्वान १० जुन २०२५ देखि सुरु भएर १० अक्टोबर २०२५ सम्म खुला रहनेछ । जनवरी १, २०२५ पछि निर्माण सम्पन्न भएका सबै प्रकारका काल्पनिक चलचित्रहरू, वृत्तचित्रहरू, एनिमेसनहरू र हाइब्रिड विधाका कामहरू सहभागी हुन योग्य छन् ।
यदि तपाईंको चलचित्रले वल्र्ड प्रिमियर १ अगस्ट २०२५ अघि गरिसकेको छ भने, त्यसलाई पेश गर्ने अन्तिम म्याद १ सेप्टेम्बर २०२५, राति ११ः५९ ( ग्त्ऋ (छ) हो भने १ अगस्ट २०२५ पछिको वल्र्ड प्रिमियर भएका चलचित्रहरूको लागि अन्तिम म्याद १० अक्टोबर २०२५, राति ११ः५९ ( ग्त्ऋ (छ) हुनेछ । सहभागी देशहरूको पूर्ण सूची र अन्य आवश्यक विवरणहरू नियम र सर्तहरूमा उपलब्ध छन् ।
फिल्म फेस्टिभलको मुख्य फोकस प्रतियोगितामा छनोट भएका चलचित्रहरूको निःशुल्क सार्वजनिक प्रदर्शनमा हुनेछ, यद्यपि कार्यक्रम यसमा मात्र सीमित नहुनेछ। प्रदर्शनहरू विचारमूलक छलफल र चलचित्रको सामाजिक प्रभावबारे संवाद गर्न डिजाइन गरिएका अन्य कार्यक्रमहरूसँगै आयोजना गरिनेछन् । २०२४ मा योग्याकार्तामा आयोजित संस्करणमा, १४ प्रदर्शनहरूमा करिब २३०० दर्शकहरूले सहभागिता जनाएका थिए ।
महोत्सव अन्तर्गत ‘इन्डस्ट्री डेज‘ पनि समावेश गरिनेछ—जहाँ फिल्म निर्माता, निर्माता तथा सामाजिक प्रभावकारकहरूबीच अनुभव आदानप्रदान, गहन छलफल र सम्भावित सहकार्यहरू प्रोत्साहित गरिनेछ ।
महोत्सवको समापन विशेष पुरस्कार समारोहका साथ हुनेछ । प्रतियोगिताका लागि छनोट भएका निर्देशकहरूलाई फेस्टिभलमा उपस्थित हुन निमन्त्रणा गरिनेछ, र उनीहरूको यात्रा तथा आवासको व्यवस्था आयोजकले नै गर्नेछ ।
आयोजक सहर, फेस्टिभलको सही मिति, छनोट समिति तथा अन्तर्राष्ट्रिय निर्णायकमण्डलको विवरण आगामी महिनाहरूमा सार्वजनिक गरिनेछ ।

Related

Previous Post

नेपालका लागि एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले गर्यो एमजी विन्डसर इभीको भव्य लन्च 

Next Post

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

लम्पी स्किन’ बाट एक खर्ब छब्बिस अर्बको क्षति

लम्पी स्किन’ बाट एक खर्ब छब्बिस अर्बको क्षति

बुधबार, साउन १०, २०८०
मंसिर ४ काे निर्वाचनका लागि ४ र ५ गते सार्वजनिक बिदा

कर्मचारीलाई थकाइ लाग्दा नगरपालिकामा सार्वजनिक बिदा

बिहिबार, अशोज ४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In