Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो हुने

Sambridinews by Sambridinews
बिहिबार, जेष्ठ २, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो हुने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

राष्ट्रिय खेलकुद परिषद्ले अघि सारेको “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद“ भन्ने नारालाई व्यवहारमा उतार्ने उद्देश्यसहित २०७८ सालमा स्थापना भएको श्री समाज खेलकुद विकास क्लब (एसकेबिसी) निरन्तर रूपमा तेक्वान्दो खेल र समग्र खेलकुद क्षेत्रको विकासमा सक्रिय रहँदै आएको छ ।
स्थापना कालदेखि नै क्लबले विभिन्न स्तरका खेलकुद प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न गर्दै आएको छ । विगतमा क्लबले पहिलोपटक एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता, एकपटक वाग्मती लिग प्रतियोगिता, पाँचपटक इन्टर डोजाङ प्रतियोगिता, एकपटक उपत्यका स्तरीय तथा जिल्ला स्तरीय प्रतियोगिता, साथै दुईपटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिसकेको गौरवपूर्ण इतिहास रहेको छ ।
यसै क्रममा, क्लबले आगामी २०८२ जेठ ३ र ४ गतेका दिन हेराल्ड इन्टरनेशनल कलेज, बसुन्धारा काठमाडौंमा “दोस्रो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता – २०८२” आयोजना गर्न लागेको छ । प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा टोखा नगरपालिका रहनेछ भने वाग्मती प्रदेश तेक्वान्दो संघ सह–आयोजक तथा प्राविधिक सहयोगीको रूपमा रहनेछ ।
यस प्रतियोगितामा वाग्मती प्रदेशका १३ जिल्लाबाट ३६ स्वर्ण पदकका लागि ५ सयभन्दा बढी महिला तथा पुरुष खेलाडीहरूको प्रतिस्पर्धा हुने एसकेबीसीका प्रमुख प्रशिक्षक रन्जित डंगौराले जनाएका छन् । खेलाडीहरूबीच स्वस्थ प्रतिस्पर्धा, अनुशासन, आत्मविश्वासको विकास र खेलकुदमार्फत सामाजिक एकता र भाइचाराको प्रवद्र्धन प्रतियोगिताको मुख्य उद्देश्य हो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मेडल, ट्रफी, प्रमाणपत्र तथा खेलकुद सामग्रीहरू प्रदान  गरिनेछ । साथै, प्रतियोगितामा विशेष योगदान तथा उत्कृष्ट प्रदर्शन गर्ने महिला तथा पुरुष खेलाडी, प्रशिक्षक र निर्णायकमध्ये ४ जनालाई ओप्पो मोबाइल प्रदान गरी सम्मानित गरिनेछ ।
प्रतियोगिताको अनुमानित खर्च १५ लाख रुपैयाँ रहेको छ, जसको व्यवस्थापनका लागि विभिन्न संघसंस्था, निकाय तथा खेलप्रेमी व्यक्तित्वहरूको साथ र सहयोगको अपेक्षा गरिएको छ ।
यस महत्वपूर्ण तेक्वान्दो प्रतियोगितामा सम्पूर्ण खेलप्रेमी, अभिभावक, सञ्चारकर्मी, समाजसेवी तथा सरोकारवालाहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक आमन्त्रण गर्दछौं । तपाईंहरूको अमूल्य साथ, सहयोग र उपस्थितिले आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई थप व्यापक बनाउने दिशामा हामीलाई ऊर्जा र प्रेरणा मिल्नेछ ।

Related

Previous Post

लाङटाङको सुन्दर पदमार्गमा अब फोरजी इन्टरनेट सेवा सञ्चालनमा

Next Post

नागढुंगा प्रहरी विवादमा प्रहरी जवानले पैसा असुलेको आरोप

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
ट्राफिक नियम उल्लंघनसम्बन्धी विभिन्न १६ कसुरमा १५ सय रुपैयाँसम्म जरिवाना

नागढुंगा प्रहरी विवादमा प्रहरी जवानले पैसा असुलेको आरोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा उडान बन्द

भिजिट भिसा प्रकरण : सहसचिव तिर्थराज भट्टराई सहितविरुद्ध भ्रष्टाचार मुद्दा

बिहिबार, मंसिर २६, २०८२
रकेटको अनुसन्धानमा काम गर्ने मौका दिनु पर्छ : अध्यक्ष महावीर पुन

रकेटको अनुसन्धानमा काम गर्ने मौका दिनु पर्छ : अध्यक्ष महावीर पुन

शनिबार, साउन ६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In