Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो हुने

Sambridinews by Sambridinews
बिहिबार, जेष्ठ १, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो हुने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

तेस्राे एनपीएल आजबाट सुरू हुँदै


राष्ट्रिय खेलकुद परिषद्ले अघि सारेको “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद“ भन्ने नारालाई व्यवहारमा उतार्ने उद्देश्यसहित २०७८ सालमा स्थापना भएको श्री समाज खेलकुद विकास क्लब (एसकेबिसी) निरन्तर रूपमा तेक्वान्दो खेल र समग्र खेलकुद क्षेत्रको विकासमा सक्रिय रहँदै आएको छ ।
स्थापना कालदेखि नै क्लबले विभिन्न स्तरका खेलकुद प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न गर्दै आएको छ । विगतमा क्लबले पहिलोपटक एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता, एकपटक वाग्मती लिग प्रतियोगिता, पाँचपटक इन्टर डोजाङ प्रतियोगिता, एकपटक उपत्यका स्तरीय तथा जिल्ला स्तरीय प्रतियोगिता, साथै दुईपटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिसकेको गौरवपूर्ण इतिहास रहेको छ ।
यसै क्रममा, क्लबले आगामी २०८२ जेठ ३ र ४ गतेका दिन हेराल्ड इन्टरनेशनल कलेज, बसुन्धारा काठमाडौंमा “दोस्रो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता – २०८२” आयोजना गर्न लागेको छ । प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा टोखा नगरपालिका रहनेछ भने वाग्मती प्रदेश तेक्वान्दो संघ सह–आयोजक तथा प्राविधिक सहयोगीको रूपमा रहनेछ ।
यस प्रतियोगितामा वाग्मती प्रदेशका १३ जिल्लाबाट ३६ स्वर्ण पदकका लागि ५ सयभन्दा बढी महिला तथा पुरुष खेलाडीहरूको प्रतिस्पर्धा हुने एसकेबीसीका प्रमुख प्रशिक्षक रन्जित डंगौराले जनाएका छन् । खेलाडीहरूबीच स्वस्थ प्रतिस्पर्धा, अनुशासन, आत्मविश्वासको विकास र खेलकुदमार्फत सामाजिक एकता र भाइचाराको प्रवद्र्धन प्रतियोगिताको मुख्य उद्देश्य हो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मेडल, ट्रफी, प्रमाणपत्र तथा खेलकुद सामग्रीहरू प्रदान  गरिनेछ । साथै, प्रतियोगितामा विशेष योगदान तथा उत्कृष्ट प्रदर्शन गर्ने महिला तथा पुरुष खेलाडी, प्रशिक्षक र निर्णायकमध्ये ४ जनालाई ओप्पो मोबाइल प्रदान गरी सम्मानित गरिनेछ ।
प्रतियोगिताको अनुमानित खर्च १५ लाख रुपैयाँ रहेको छ, जसको व्यवस्थापनका लागि विभिन्न संघसंस्था, निकाय तथा खेलप्रेमी व्यक्तित्वहरूको साथ र सहयोगको अपेक्षा गरिएको छ ।
यस महत्वपूर्ण तेक्वान्दो प्रतियोगितामा सम्पूर्ण खेलप्रेमी, अभिभावक, सञ्चारकर्मी, समाजसेवी तथा सरोकारवालाहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक आमन्त्रण गर्दछौं । तपाईंहरूको अमूल्य साथ, सहयोग र उपस्थितिले आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई थप व्यापक बनाउने दिशामा हामीलाई ऊर्जा र प्रेरणा मिल्नेछ ।

Related

Previous Post

लाङटाङको सुन्दर पदमार्गमा अब फोरजी इन्टरनेट सेवा सञ्चालनमा

Next Post

नागढुंगा प्रहरी विवादमा प्रहरी जवानले पैसा असुलेको आरोप

Sambridinews

Sambridinews

Related Posts

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

by Sambridinews
शनिबार, कार्तिक ८, २०८३
Next Post
ट्राफिक नियम उल्लंघनसम्बन्धी विभिन्न १६ कसुरमा १५ सय रुपैयाँसम्म जरिवाना

नागढुंगा प्रहरी विवादमा प्रहरी जवानले पैसा असुलेको आरोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने

बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई कांग्रेसको ह्विप

मङ्लबार, असार १२, २०८०
चन्द्रागिरि नगरपालिकामा पहिरोमा परेर तीन जनाको मृत्यु

रामेछापमा पहिरोमा परी तीन जनाको मृत्यु

शुक्रबार, साउन ११, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In