Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नयाँ राजनीतिक युग प्रारम्भ हुने निश्चित

Sambridinews by Sambridinews
मङ्लबार, चैत्र ११, २०८१
in राजनीति, विचार
0
नयाँ राजनीतिक युग प्रारम्भ हुने निश्चित
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनोद दाहाल

नेपाली समाजमा जनताविरुद्ध बारम्बार हस्तक्षेप र दमन गर्दैआएको सामन्तवाद एकपटक फेरि आफ्नो लुटको स्वर्ग फर्काउन उद्दत देखिएको छ । युद्धकै घोषणा गरेझैं कथित देश बचाउने जिम्मेवारी लिने बेला आएको बताउदै अब चुप नबस्ने निर्णय सुनाएको छ । यो आधुनिक कालको सबैभन्दा खतर्नाक घण्टी बजेको स्थिति हो ।

यतिखेर राजावादीहरू आन्दोलनमा छन् । विनादलका झुण्डझुण्ड गिरोहका विशेषतः पुराना सामन्ती शासकहरू र धार्मिक पाखण्डी स्वभावका हिंश्रक अभिव्यक्ति दिने जत्था केही पिछडिएको चेतना भएका र भाडामा हिंड्नेहरू त्यो भीडमा देखिएका छन् ।

You might also like

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

श्रानेन्द्र चाहिँ यस्तै राजनैतिक कमजोर धरातलका मानिसको भरमा परेर आफ्नो लुटिएको स्वर्ग फिर्ता गर्ने अन्तिम प्रयास गर्दैछ । यसका लागि उसले भारतीय नस्लवादी शासक र मठाधिसहरूको समर्थन जुटाएको छ ।
यता भुपु राष्ट्रप्रमुखको हैसियत अस्वीकार गरेर अब संविधान विपरित उसको शासन फर्काउन चुनौति खडा गरिदिएको छ ।

हजारौं जनताको वलिदान र लाखौंलाख जनताको त्यागबाट बनेको यो राज्यव्यवस्था एकपटक फेरबदल हुनुपर्ने स्थिति आएको छ । यता भ्रष्टाचारबाट बच्नको लागि यो सरकार बन्नुपरेको स्वघोषणा गरेका संसदवादी दलालहरू लिच्चड भएर देश र जनताको दोहन गरिरहेका छन् ।

यिनले खडा गरेको कुशासन लोकतान्तिक प्रणालिले समाधान दिनै नसक्नेगरी अपराधिहरूका मजबुत सेटिङ भैराखेकाले जनतामा निराशा पैदा भएको अवस्थाको फाईदा पनि ती अनुदारवादी सामन्ती तत्वले लिईरहेका छन् ।

रक्षात्मक अवस्थामा रहेका र पटकपटक पहलकदमी लिनबाट चुकेका क्रान्तिकारिहरूको दायित्ववोध अझै नभएको देख्दा दूनीयाँ चकित छ ।

ज्ञानेन्द्र सल्बलाएको मात्र हो र केही समयमा सामान्य अवस्थामा पुग्छ भन्ने जस्तो कमजोर बुझाई पनि सतहमा देखिएका छन् ।

स्थिति त्यस्तो हैन र छैन ।

यो बेला केही गम्भीर प्रश्नहरू उब्जिएका छन् र ती सवालहरूको जवाफ दिनु हाम्रो जिम्मेवारि रहन गएको छ ।

सत्ताधारी सबै जनबिरोधि र देशद्रोही छन् भन्ने आशयले राजतन्त्र चाहनेहरू अभिव्यक्त गरिरहेका छन् ।

भारतको प्रतिक्रियावादी शासकको ईच्छामा चल्ने दलालविरुद्ध जनयुद्ध भएको हेक्का हुनुपर्ने हो । नेपालको सन्दर्भमा सुगौलीसन्धिपछि तिनै सामन्ती दलालहरूले शासन गरेका थिए ।
तिनैलाई धक्का दिंदै जनयुद्ध भएकाले यहाँ दलाल मात्र छैनन्, क्रान्तिकारिहरू पनि यो व्यवस्थामा वैधानिक राजनीतिमा छन् भनेर बुझ्दा सहि होला कि !

आफ्नो नीति र योजना भन्दा बाहिरबाट यो व्यवस्थामा रहेका संसदवादी दलहरू पनि राजाप्रति सदासयता राखेर बोलिरहेकाले अब ती दलहरूमा पनि व्यापक अन्तर्विरोध खडाभएको सहजै बुझ्नसकिन्छ ।

यस्तो अवस्थामा राजनैतिक शक्तिसन्तुलनमा केही फेरबदल भैसकेको छ र परिवर्तनका लागि योगदान गरेको र संझौताबाट हटेर आफ्ना केही मुद्दाहरू मुलतः वर्गीय मुद्दा पुनः उठाएर अघिबड्नुपर्ने स्थिति आएको छ ।

हामी राजनैतिक आन्दोलनले उठेको चेतना र अझै पनि सल्वलाईरहेको सामन्तवादी शासकका आफ्नो अस्तित्व रक्षाका लागि फैलाएको भ्रममा रैतीकै अवस्थामा रहेका मानिसको कमजोर चेतना व्यवहारमै देख्नसक्ने अवस्थामा छौं ।

यहाँ जनअधिकारले मानिसबीच भेदभाव गर्नै नपाउने कानुनी व्यवस्थाले उचाई लिएको र नागरिकलाई सामन्ती चेतनाले मानिसको दर्जा नै नदिएको अवस्थामा व्यवहारमै देख्नसक्छौं ।

अहिले सिराहामा महायज्ञ लगाउने भन्दै भएको घटना उदाहरणको रुपमा देख्नसक्छौं ।

सामन्तवादले दलित बसेको ठाउँ भनेर अपवित्र भएको भन्ठानेको माटो नै पन्छाएको छ भने नागरिक अधिकारले कसैमाथि शोषण दमन अन्याय विभेद नगरीकन मात्र धार्मिक गतिबिधि गर्न पाईंने स्थिति निर्माण गरेको छ ।

यो अन्तरबिरोधको छपिनोफानो नै नेपाली जनक्रान्ति हो त्यसैले अहिले पनि क्रान्ति जारि नै छ भन्न सकिन्छ ।

अहिले क्रान्तिबिरुद्ध प्रतिक्रान्तिकारी हतियारहरू निम्न अनुसार छन् ।

१. माओवादी नेतृत्व विरुद्ध आक्रमण गर्ने तथा बदनाम गर्ने ।

२. संक्रमणकालिन न्यायसम्बन्धि पारित कानुन लागू हुन नदिने ।

३. सबै दलहरू भित्र रहेका सामन्ती चेतना बोकेकाहरूलाई प्रयोग गरी अन्तरबिरोध खडागरी दलहरू कमजोर पार्ने ।

४. अन्तमा जनतालाई बुझाएको भनिएको राजकीय सत्ता कथित ‘देश जोगाउने’ नाउँमा ‘कुे’ गरेर लिने ।

५. संसदवादी दलका नेतृत्वहरू किन्ने र तर्साएर काबुमा राखिदिने ।

६. सत्ता हत्याउने तयारी स्वरुप समर्थनका लागि भारतीय साम्प्रदायिक शासक वर्गसँग सम्बन्ध सुदृढ गर्ने ।

७. आजसम्म बारम्बार कु गरेका अनुभवहरूबाट पाठ सिकेर अझ क्रूर बन्ने ।

हतियारहरू यस्ता प्रयोग गरे पनि सामन्तवादकापछि लाग्नेहरू अत्यन्त कमजोर चेतनास्तर र फरकफरक बुझाई भएकाहरू छन् ।

उनीहरूको बुझाईमा जनताले न्यायका लागि भन्दै सङ्घर्ष गर्नै हुँदैन वा हुँदैनथ्यो । उनीहरू ठान्दछन् कि परिवर्तनका लागि वा न्यायका लागि आन्दोलन गर्ने नै आन्दोलनको जिम्मेवार हुन् वा दोषी हुन् ।

राजा रहे मात्र देश रहन्छ वा सुरक्षित हुन्छ । राजाले जे गर्छन् सबै कुरा राम्रो होस् भनेर गरेका हुन्छन् र त अरू भारतबाट वा विदेशबाट चलेका हुन् तर राजाले उनीहरूको साथ लिएर जनदमन गरे पनि ठिकै हुन्छ भन्ने बुझ्दछन् ।

राजा पाल्न दलका नेतृत्व वा चुनावबाट आएका प्रतिनिधि पाल्न भन्दा सहज र सस्तो पर्छ भनेर उनीहरू फलाकिरहेका हुन्छन् । स्वतन्त्रता नराम्रो हुन्छ र समानता असम्भव हुन्छ भनेर वकालत नै गर्नखोज्छन् ।

राजा खोज्नेहरू सामन्तवाद बारेमा प्रश्न गर्दैनन् अर्थात दासताले भरिएका लाग्दछन् । यस्ता मानिसको भीड सधैं विदेशी शक्तिले प्रयोग र परिचालन गर्ने गर्दछन् । यो खतर यहाँ नमज्जाले मडारिइरहेको छ ।

ज्ञानेन्द्रले राजकीय सत्ता फर्काउन रोजेका मानिस कस्ता छन् भने यी कोही पनि व्यक्ति सङ्गठित हुने र शक्ति निर्माण गर्ने हैसियतका छैनन् ।
यही भएर ज्ञानेन्द्र जस्तो कुख्यात व्यक्तिले सहजै उपयोग गर्न सकेको छ । दुर्गा प्रसाईं एकातिर “… यो देश भारतलाई दिऊँ ! “ भन्नसक्छभने अर्कोतिर राजा नल्याई देश रहँदैन पनि भन्नपुग्छ ।

अर्को उसले भाडामा लिएको स्वागत नेपाल सेना लिएर निरङ्कुश शासन ल्याउनुपर्ने ठान्छ ।

अर्को राप्रपा छ, यसले राजसंस्था मानार्थ रुपमा राख्दा राम्रो हुने कुतर्क गर्दछ ।

ज्ञानेन्द्रले प्रयोग गरेका पुराना र अनुदार पञ्चमाथि ऊ अझै आशा र भरोसा राखेको देखिन्छ । यस्ताबाट कु गरेर ल्याएको व्यवस्था चल्नसक्दैन भनेर सायद ज्ञानेन्द्रले पनि बुझेकै छैन ।

यही भएर मुर्खता र दुस्साहस स्वरुप उसले अन्तिम फायर खोलेको छ । अब एकपटक राजनैतिक शक्ति सन्तुलनमा हेरफेर त हुन्छ नै तर सामन्तवाद ईतिहासको अँध्यारो कुनै कुनामा थान्का लाग्नेछ ।

अर्को नयाँ युग प्ररम्भ हुने निश्चित छ ।

Related

Previous Post

सरकारले दम्भ देखाएकाे भन्दै बालेनको धम्की

Next Post

ग्लोबल मनी विकमा नबिल बैंकले ग¥यो देशव्यापी कार्यक्रम, चार हजारभन्दा बढी लाभान्वित

Sambridinews

Sambridinews

Related Posts

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा
FEATURED

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

by Sambridinews
बिहिबार, चैत्र ५, २०८२
रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?
FEATURED

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी
FEATURED

प्रारम्भिक मत परिणाममा रास्वपा देशभर नै अग्रस्थानमा

by Sambridinews
शुक्रबार, फाल्गुन २२, २०८२
नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक
FEATURED

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

by Sambridinews
शुक्रबार, फाल्गुन ८, २०८२
Next Post
ग्लोबल मनी विकमा नबिल बैंकले ग¥यो देशव्यापी कार्यक्रम, चार हजारभन्दा बढी लाभान्वित

ग्लोबल मनी विकमा नबिल बैंकले ग¥यो देशव्यापी कार्यक्रम, चार हजारभन्दा बढी लाभान्वित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बेलायतमा पूर्व धावक लामा सम्मानित

बेलायतमा पूर्व धावक लामा सम्मानित

बिहिबार, मंसिर ७, २०८०
रञ्जु दर्शनाले चुनाव चिह्न सेलरोटी पाइन

रञ्जु दर्शनाले चुनाव चिह्न सेलरोटी पाइन

बुधबार, अशोज २६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
TOP STORIES

कांग्रेसको आधिकारीकता विवाद अन्त्य : गनन – विश्वलाइ बैधानिकता

शनिबार, बैशाख ५, २०८३
नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In