Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विश्व म्याराथन(एम्स)को बोर्ड बैठक नेपालमा हुने

Sambridinews by Sambridinews
आइतवार, चैत्र ९, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
विश्व म्याराथन(एम्स)को बोर्ड बैठक नेपालमा हुने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

काठमाडौं विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बोर्ड बैठक नेपालमा हुने भएको छ ।
यही जेठ तेस्रो साता काठमाडौंमा एम्सको बोर्ड बैठक हुने सुनिश्चित भएको नेपालका लागि एम्सका दुत टीएस ठकुरीले बताए । जेठ २१ र २२ गते(जुन ४–५) मा एम्सको बोर्ड बैठक हुनेछ ।
कुनै पनि विधाको विश्वव्यापी फेडरेसनको बोर्ड बैठक नेपालमा हुन लागेको सम्भवतः यो पहिलो हो । यसअघि एशियाली निकायसम्मका बोर्ड बैठक तथा कंग्रेस नेपालमा आयोजना भएका थिए ।
निरन्तर लबिङ पश्चात एम्सको बोर्ड बैठक नेपालमा होस्ट गर्न सम्भव भएको एम्स दुत रहेका नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले बताए । ‘एम्सको बोर्ड बैठक नेपालमा बस्नु भनेको समग्र देशको पर्यटनका लागि खुशीको खबर हो ।’ नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले भने–‘यसले नेपालका बारेमा विश्वव्यापी प्रचार प्रसार हुनेछ । साथै नेपालका रेस आयोजकलाई अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध विस्तार गर्न, दौडको विश्वव्यापी अभियानसँग परिचित हुन र केही सिक्न सुवर्ण अवसर समेत प्रदान गर्नेछ ।’
एम्सले संसारभर वल्र्ड एथ्लेटिक्ससँग समन्वय गरेर रोड रेसहरुको नियमन तथा प्रवद्र्धन गर्दछ ।  एम्सको सन्जाल एक सय बीस देशमा छ । करिब ४ सय ५० रोड रेस आयोजक यसका सदस्य छन् । संसारभर रोड रेसको मापन र मान्यता एम्सले नै दिने गर्दछ ।
एम्सको बोर्ड मिटिङका लागि आतिथ्यता गर्न लागेकोमा नेपालप्रति एम्सका प्रेसिडेन्ट पाको बोराओले आभार प्रकट गरेका छन् । स्पेन निवासी बोराओ विश्वकै राम्रो र उत्कृष्ट कोर्ष मानिने भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन् । एम्सको बोर्ड बैठकमा करिब डेढ दर्जन राष्ट्रको प्रतिनिधित्व हुनेगरी सहभागिता रहनेछ । नेपालगन्ज म्याराथनले सोही अवसरमा आयोजना गर्ने अन्य बिशेष कार्यक्रममा कुल दुई दर्जन देशका प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरेको छ । विश्व समुदाय समक्ष समग्र नेपालप्रतिको धारणा बन्ने भएको हुँदा यो प्रतिष्ठाको बिषय रहेको ठकुरीले बताए । ‘तसर्थ सरकारी, गैरसरकारी र नीजि क्षेत्रलाई सहकार्यका लागि आग्रह गरेका छौं ।’ उनले भने–‘आशा छ, सबैबाट सकारात्मक साथ र सहयोग रहनेछ । यसमा व्यक्तिगत तथा संस्थागत सहयोग र सहकार्य गर्नसकिनेछ ।’ नेपालमा नियमित आयोजना हुँदै आएका सम्पुर्ण रोड रेस आयोजकसँग एम्सको अन्तरक्रिया गराउने तयारी गरिएको ठकुरीले जानकारी दिए । एम्सको बोर्ड बैठक लगायत अन्य कार्यक्रम व्यवस्थित र फलदायी बनाउन मुल आयोजक समिति गठन गरिनेछ । नेपालका प्रतिष्ठित म्याराथन आयोजकहरुलाई उक्त मुल आयोजक समितिमा समेटिनेछ । एम्सको बोर्डमा युरोप, अमेरिका, जापान, थाइल्याण्ड लगायत दर्जन राष्ट्रको प्रतिनिधित्व रहेको छ ।

Related

Previous Post

अस्कल र पीएन क्याम्पसमा स्ववियुको मतदान जारी

Next Post

जेडटिइको नेपाली बजारमा पुनरागमन, ब्लेड ए र नुबिया सिरिजका ५ वटा मोडल सार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
जेडटिइको नेपाली बजारमा पुनरागमन, ब्लेड ए र नुबिया सिरिजका ५ वटा मोडल सार्वजनिक

जेडटिइको नेपाली बजारमा पुनरागमन, ब्लेड ए र नुबिया सिरिजका ५ वटा मोडल सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पाएनन विश्वासकाे मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पाएनन विश्वासकाे मत

सोमवार, बैशाख ११, २०८०
विश्व कम्युनिस्ट र नेपाल परिवेश

बहस : पुँजीबाद

शनिबार, भदौ १८, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In