Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जनयुद्ध बिद्रोह गर्न पाउने जनताको अधिकार हो

Sambridinews by Sambridinews
बिहिबार, फाल्गुन १, २०८१
in FEATURED, विचार
0
जनयुद्ध बिद्रोह गर्न पाउने जनताको अधिकार हो
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनोद दाहाल

आज ३० ओैं नेपाली महान् जनयुद्ध दिवस हो । यस उपलक्ष्यमा सर्वप्रथम सबै सचेत सर्वहारा वर्ग र श्रमजिवी जनसमुदायलाई हार्दिक शुभकामना छ ।

जनयुद्ध “बिद्रोह गर्न पाउने जनताको अधिकार हो“ भन्ने सिद्धान्तमा आधारित भएर यो लेख सुरुवात गर्न चाहान्छु । जनयुद्धमा सर्वहारा वर्गको अग्रदस्ताले बिद्रोहको नेतृत्व अर्थात पहल लिने, कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरूले वर्गसङ्घर्षका कार्यक्रमहरू गर्ने र शोषितपिडित र अन्याय– अत्याचारमा परेका जनताले भाग लिंदैजाने कार्य हुन्छन् ।

You might also like

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

अन्त्यमा उनै जनताको बलमा राज्यसत्ता कब्जामा लिएर ध्वस्त पार्ने कार्य हुन्छन् । यसको सट्टामा जनतालाई मुक्त र स्वतन्त्रता प्रदान गर्ने कार्य हुन्छ । त्यसैले जनयुद्ध जनताको आशाको केन्द्र हो । जनताको त्यही आशा र विश्वासमा अडिएर जनयुद्ध सफल हुनपुग्दछ । विश्वभरी भएका प्रयोगहरूमध्ये पछिल्लो चरणमा नेपालमा यसको सफल प्रयोग भएको छ ।
जनयुद्ध सबै प्रकारका शोषण, अन्याय, अत्याचार, र विभेदमा पारिएका जनताका तर्फबाट प्रतिक्रियावादी राज्यसत्ता विरुद्ध लड्ने वर्गीय युद्ध हो । जनयुद्ध अर्को भाषामा भन्दा देशीविदेशी प्रतिक्रियावादी शासकले जनतामाथि थोपरिएका अन्याय, अत्याचार, शोषण, दमन र विभेदका विरुद्ध सचेत स्वेच्छाले लड्ने कार्य हो । यसको उद्देश्य श्रमजीवी जनताको हातमा शासन सत्ता ल्याउनु हो । शोषक वर्गले शोषण र दमन वा हिंसाको लागि ओैजारको रुपमा राज्यसत्ता निर्माण गरेका हुन् ।

हिंसाको जननी सत्ता हो, जसको नेतृत्व मुठ्ठीभर शोषक वर्गले गर्दै आएको हुन्छन् । जनयुद्धले शोषक वर्गको सत्तालाई पल्टाएर जनवादी अधिनायकत्वको सत्ता सत्ता सञ्चालन गर्दै समाजवाद र अन्त्यमा देश वा सत्ता (हिंसा) नै विलोपिकरण गर्दै साम्यवादसम्म पुग्ने उद्देश्यमा काम गर्दछ, जसलाई न्यायपूर्ण युद्ध हुन्छ । नेपाली जनयुद्ध पनि यही अन्तरवस्तुमा रहेर संचालित थियो ।

सामन्तवादी शासनव्यवस्था होस वा पुँजीवादी शासनव्यवस्था होस्, त्यहाँ न्याय र समानता र स्वतन्त्रता चाहिन्छ भनेर सचेत नागरिकले सङ्गठित रुपमा बिद्रोह गरेर कम्युनिस्ट व्यवस्था खोज्न थालेपछि शोषकहरू र शासकहरूले सङ्गठित रुपमा दमनमा उत्रिन थालेपछि जनबिद्रोह गरी जनस्तरबाट पनि जनसत्ता स्थापना गर्न र त्यसको विकासका प्रयत्नहरू सङ्गठित रुपमा शुरुहुन थाल्यो । यसलाई जनयुद्ध भन्न थालियो । नेपालको सन्दर्भमा झापा बिद्रोह जनयुद्धको पहिलो रुप हो । चौमले २०३५ सालतिर अर्कोपटक जनयुद्धको प्रयत्न भयो ।
२०४५ सालमा मशालले जनयुद्धबाटो हिंड्ने निर्णय लिपिबद्ध गर्यो । फासिवादी संसदीय दमन र राज्यआतङ्कका सबै घेरा तोड्दै २०५१ सालमा माओवादीले जनयुद्धको नेतृत्व गर्ने ऐतिहासिक निर्णय नै गरेर २०५२ फागुन १ गतेबाट जनयुद्धको नेतृत्व नै लियो ।

उत्पतीदेखि नै राज्यसत्ताले मानिसलाई मानिस हुन दिएन । यसले मानिसलाई दास वा कमारो बनायो, रैती वा प्रजा बनायो । ती दास वा रैतिले आफू शासन गर्ने कुरा सोच्दैनथे । शासकहरू शाुन गर्नका लागि एकआपसमा राज्य खोसाखोस गर्दथे, युद्ध र मारामार गर्दथे ।

मानिस त्यसका लागि परिचालित मात्र हुने गर्दथे । रोसमा सम्राटका दासहरू अर्थात स्पार्टिएनहरूले पहिलोपटक युद्धद्वारा मानव जातीको हितको शासनव्यवस्था मिलाएर सम्राटबिरुद्ध बिद्रोह गरे । इसापुर्ब नै स्पार्टाकसले उक्त बिद्रोहको नेतृत्व गरेका थिए । नेपालको सन्दर्भमा लखन थापाको नेतृत्वमा जङ्गवहादुरको बिरुद्धमा यसरी नै बिद्रोह भएको थियो ।
त्यतिवेला उनीलगायत ६ जनालाई क्रूर फाँसीको सजाँय भयो । त्यसपछि सचेत र शिक्षित जनताले दल नै खोले प्रजापरिषदले राणा शासनबिरुद्ध बिद्रोह गरे । त्यतिबेला पनि ४ जनालाई फाँसी, केहीलाई आजीवन कारावास, धेरैलाई जेल र यातना दिएर बिद्रोह दवाईयो । यसरी मानिसले स्वतन्त्र हुन र शासनाधिकारको लागि संघर्ष गरेको ईतिहास छ । यही ऐतिहासिक बिरासतबाट पाठ सिक्दै सर्वहारा वर्गको अग्रदस्ता सङ्गठित गरेर सचेत जनताले जनयुद्धको पहल गर्ने आँट गरेका हुन् ।

नेपालमा बिसं. २०५२ साल फागुन १ गतेदेखि २०६३ बैशाक ११ गतेसम्म युद्ध भयो । कार्तिक ७ गते बिस्तृत शान्ति संझौतामा हस्ताक्षर गरेपछि विधिवत रुपमा जनयुद्धको अन्त्य भयो । नेपाली राजनीतिक ईतिहासमा जनताद्वारा र जनताको पक्षमा भएको यो नै सबैभन्दा महत्वपूर्ण परिवर्तन हो ।

यही राजनैतिक परिघटनाको परिणाम अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । अहिले राज्यसत्ता प्रयोग गरेर शासन गर्ने सामन्तीहरू ईतिहासको बगरमा मुडा झैं भएका छन् । निरन्तर क्रान्तिको माओवादी नीति अनुसार अब दलाल पुँजीपति वर्गले सोही नियती भोग्नुपर्नेछ किनकि जनताको शक्तिकाअगाडि प्रतिक्रियावादी वर्गको हार निश्चित छ ।

Related

Previous Post

जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय

Next Post

रारा रिसोर्ट शिलान्यास– निजी क्षेत्रको लगानी सुरक्षा गर्नको लागि सरकार प्रतिवद्ध छः वनमन्त्री ठकुरी

Sambridinews

Sambridinews

Related Posts

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
FEATURED

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता

by Sambridinews
बिहिबार, असार ३२, २०८३
Next Post
रारा रिसोर्ट शिलान्यास– निजी क्षेत्रको लगानी सुरक्षा गर्नको लागि सरकार प्रतिवद्ध छः वनमन्त्री ठकुरी

रारा रिसोर्ट शिलान्यास– निजी क्षेत्रको लगानी सुरक्षा गर्नको लागि सरकार प्रतिवद्ध छः वनमन्त्री ठकुरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

शुक्रबार, कार्तिक ११, २०७९
नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

शनिबार, चैत्र ७, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In