Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अपांगता भएका व्यक्ति र सिमान्तकृत समुदायलाई संसद मै उपेक्षा

Sambridinews by Sambridinews
शनिबार, असार १५, २०८१
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
अपांगता भएका व्यक्ति र सिमान्तकृत समुदायलाई संसद मै उपेक्षा
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter


सामाजिक भन्दा राजनीतिक मुद्दा सांसदको प्राथमिकतामा 
 

काठमाडौं, असार १५ – संसदमा प्रतिनिधित्वको हिसाबले हेर्ने हो भने सिमान्तकृत वर्ग, अपांगता भएका व्यक्ति, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय न्युन छ । राजनितिक दलहरुले पछाडि परेका र पारिएका वर्गको सहभागितालाई जोड दिने भनेर पार्टीका घोषणापत्रमा उल्लेख गर्छन । तर, व्यवहारमा भने खासै लागु हुन सकेको छैन । यहि विषयमा संसद दिवसको पुुर्व–सन्ध्यामा नेपाल एफएम नेटवर्कले काठमाडौंमा आयोजना गरेको संसद र प्रतिनिधित्वको सवाल विषयक छलफलमा सरोकारवालाले संसदमा आफुहरुको विषय उठान नभएको गुनासो गरे ।
संसदमा अपांगता भएका व्यक्ति, सिमान्तकृत समुदाय, यौनिक तथा लैंगिक अल्पसख्यकको मुद्दा ओझेलमा पर्ने गरेको सहभागिहरुको गुनासो छ । सांसदहरुले आफ्ना मुद्धालाई बेवास्ता गर्ने गरेको उनीहरु दुखेसो सुनाउँछन ।
अपांगता भएका महिलाहरुको महासंघ नेपालका रमा ढकालले अपांगता भएका व्यक्तिहरु दैनिकी चलाउन नसकेर सरकारसँग हारगुहार गर्न वाध्य भएको बताइन । उनले सरकारले दिने गरेको भत्ताले औषधी किन्न समेत नपुग्ने गरेको भन्दै दुखेको पोखिन । ‘मेरो २१ वर्षिय छोरा स्पाइनल कर्ड इन्जुरी भएको छ, उसलाई व्यक्तिगत चार जना सहयोगी चाहिन्छ’, उनले भनिन, ‘हामीलाई सरकारले ४ हजार भत्ता दिन्छ, त्यो ४ हजारले औषधि किन्न पनि पुग्दैन,  अनि यस्तो अवस्थामा सरकारको सहयोगले कसरी सम्बोधन गर्न सक्छ ?’
ढकालले संसदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको कुरा गरिरहँदा अपांगता भएका महिलाको विषय कहाँ समेटियो त ? भन्दै प्रश्न गरिन ।
यस्तै भोजराज श्रेष्ठले नेपालको विकासका लागि अपांगता भएका व्यक्तिहरुलाई कहिल्यै पछाडी छोड्न नहुने बताए । उनले लोकतन्त्र स्थापनाको १८ वर्ष भैसक्दा पनि अपांगता भएका व्यक्ति, दलित महिलाले दिएको योगदानलाई राज्यले बिर्सिएको दावी गरे । उनले भने, ‘संसदमा अपांगता भएका व्यक्तिहरुको प्रतिनिधित्वको विषयमा संविधानले लेखेको भएपनि वाध्यकारी गराउन सकेको छैन ।’
यस्तै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिधित्व गर्दै मनिन्द्र सिंह दनुवारले आफुहरुलाई पहिचान बाहेक अरु केहि नदिएको बताए । उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिसलाई वैवाहिक सम्बन्ध कायम गर्न दिने कानुन बनाउने जिम्मेवारी सांसदको होइन भन्दै प्रश्न गरे । दनुवारले दलहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सहभागितालाई ध्यान नदिएको भन्दै गुनासो पनि सुनाए ।

You might also like

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

संसदमा समय कम पाउने सांसद कै गुनासो
संसदमा सांसदहरुको काम जनताका कुरा बोल्नु, निति निर्माण गर्नु र कार्यान्वयनमा सहयोग गर्नु नै हो । तर, संसदमा अधिकांश सांसदहरुले सामाजिक मुद्धामा कम बोल्ने गरेका छन् । संसद्मा सांसदहरु आफ्नै निर्वाचन क्षेत्रको विषयमा बढी केन्द्रीत हुने गरेका छन् । यो कुरालाई सांसद स्वयम स्वीकार गर्छन् ।
सांसदहरुले संसदमा बोल्ने समय नै कम पाउने गरेको पनि बताएका छन् । त्यो कम समयमा पनि सामाजिक भन्दा धेरै राजनितिक मुद्धा, विकास निर्माणका विषयलाई बढी जोड दिनुपरेको बताएका हुन् ।
कार्यक्रममा सहभागी तारा लामा तामाङ, अमृत लाल राजवंशी, गंगाराम चौधरी, उर्मीला माझी, गोमा लाभ सापकोटा लगाएतले बोलेका थिए । उनीहरुले संसदमा बोल्दा अपांगता भएका व्यक्ति, सिमान्तकृत समुदाय, लैंगिक तथा यौनिक अल्पसख्यकको विषयलाई समेट्ने प्रतिवद्धता जनाएका छन् ।
विनोद पहाडीले संसदमा बोल्न कम समय पाएका कारण सांसदले सामाजिक मुद्धाका विषयलाई प्राथमिकतामा पार्न सकिन भन्न नमिल्ने बताए । उनले नागरिकका विषयमा बोल्न विषेश समय कुर्न नपर्ने भन्दै जुनसुकै समयमा पनि बोल्न सकिने र आवश्यक पर्ने बताए ।
यस्तै राष्ट्रिय सभा सदस्य तथा विकास, आर्थिक, मामिला तथा सुशासन समिती सभापति   कमला पन्तले आफुहरुले संसदमा र संसदीय समितीहरुमा सामाजिक मुद्धालाई प्राथमिकता दिएको दाबी गरिन । उनले कतिपय अवस्थामा सांसदहरुले सामाजिक तथा मानवअधिकारका भन्दा पनि राजनितिक मुद्धालाई बढी जोड दिएको जस्तो देखिए पनि सामाजिक मुद्धामा सांसद बोल्दैनन् भन्न नमिल्ने बताइन ।

Related

Previous Post

सातौ स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियनशिप प्रतियोगिता सम्पन्न

Next Post

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

Sambridinews

Sambridinews

Related Posts

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

by Sambridinews
शनिबार, कार्तिक ८, २०८३
Next Post
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पाल्पामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

भारतको उत्तराखण्डमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु

आइतवार, जेष्ठ २८, २०८०
विप्लब नेकपाकाे महासचिवमा चयन

कम्युनिस्टहरू मिल्नुकाे विकल्प छैन : विप्लब

सोमवार, भदौ ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In