Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, July 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सम्पन्न,फिल्म “चिसो मान्छे” र सर्ट फिल्म “घुर्रा”लाई उत्कृष्ट अवार्ड

Sambridinews by Sambridinews
मङ्लबार, चैत्र २०, २०८०
in TOP STORIES, मनोरञ्जन, समाचार
0
पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सम्पन्न,फिल्म “चिसो मान्छे” र सर्ट फिल्म “घुर्रा”लाई उत्कृष्ट अवार्ड
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा  ‘चिसो मान्छे’ले उत्कृष्ट चलचित्र र ‘घुर्रा’ले उत्कृष्ट लघुचलचित्रको अवार्ड प्राप्त गरेको छ । चलचित्र चिसो मान्छेको लेखन तथा निर्देशन दिपेन्द्र के खनालले गरेका हुन् । चिसो मान्छेबाटै नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन् । एक सटमा खिचिएको बालमनोविज्ञानमा आधारित लघुचलचित्र घुर्राको लेखन तथा निर्देशन रंगकर्मी मोहन अभिलाषीले गरेका छन् ।  चलचित्र ‘महापुरुष’बाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेता र प्रदिप भट्टराईले उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् । हरिवंश अवार्ड लिन स्वयं उपस्थित भएका थिए भने निर्देशक भट्टराई कार्यक्रममा देखिएनन् । त्यस्तै चलचित्र ‘छक्का पन्जा चार’बाट दीपक राज गिरीले उत्कृष्ट लेखक र दीपाश्री निरौलाले छक्का पन्जा चारबाटै जुरी मेन्सन अवार्ड पाएकी छिन् । दीपकराज गिरी छक्का पन्जा पाँचको स्कृप्टमा व्यस्त भएकोले कार्यक्रममा आउन नसकेको भन्दै दुवै अवार्ड दीपाश्रीले नै लिएको थिईन् ।

राष्ट्रियतर्फ उत्कृष्ट सांस्कृतिक चलचित्रमा ‘थिम’, वातावरणीय चलचित्रमा ‘दिअर ईज न‍ो टुमारो’, उत्कृष्ट डकुमेन्ट्रीमा ‘मकै विवाह’, उत्कृष्ट महिला चलचित्र ‘द गोर्खा गर्ल’, उत्कृष्ट बाल चलचित्रमा ‘ईअर्ली होम’ले अवार्ड पाएको छ भने स्पेशल जुरी मेन्सन अवार्ड ‘जर्ना’ र ‘युवराज’ले प्राप्त गरेको छ । लघुचलचित्र ‘साउण्ड अफ ड्रिमिङ’बाट चिन्तनराज भण्डारीले उत्कृष्ट छायाँकारको अवार्ड पाए । प्रमुख अतिथिका रुपमा नेपाली कांग्रेसका प्रदिप पौडेल उपस्थित रहेको थिए । मिथिला शर्मा, भुवन चन्द, हरिवंश आचार्य, दीपाश्री निरौला, सुश्मा कार्की, आर्यन सिग्देल, म‍ोहन निरौला लगायत थुप्रै कलाकारहरुको उपस्थित थिए ।

You might also like

एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने कुश्ती टिमलाई एनओसीको विदाइ

करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन

आत्मदाहा प्रयास गरेका सर्लाहीका वेवेक मण्डलको मृत्यु

चलचित्र महोत्सवमा विभिन्न विधाका उत्कृष्ट राष्ट्रिय चलचित्रतर्फ १५ र अन्तराष्ट्रिय चलचित्रतर्फ उत्कृष्ट १५ अवार्ड वितरण गरिएको थियो । अन्तरास्ट्रियतर्फ उत्कृष्ट चलचित्र भारतको ‘मुझे स्कुल नही जाना’ र लघुचलचित्रमा बेलायतको ‘नो फ्रिडम नो आर्ट’ले अवार्ड पाएको छ । बंगलादेशको प्रशुन रहमानले चलचित्र ‘डियर सत्यजित’बाट उत्कृष्ट निर्देशक अवार्ड पाए । उत्कृष्ट महिला चलचित्रमा पाकिस्तानको ‘ईन्टरभल’, डकुमेन्ट्रीमा बहराइनको ‘शैख अल तानवीर’, बाल चलचित्रमा भारतको ‘शट बुट थ्री’, वातावरणीय चलचित्रमा साउथ अफ्रिकाको ‘द लाष्ट सीड’, मानव अधिकार चलचित्रमा बेल्जियमको ‘ह्वेर ह्याभ अल द स्माईल्स गन’ले अवार्ड प्राप्त गरेको छ ।

उत्कृष्ट अभिनेतामा बंगलादेशको चलचित्र ‘जुद्धो जोएर किशोर नायक’बाट अतिक्युर रहमान शिहान, अभिनेत्रीमा क्यानडाको चलचित्र ‘जेन’बाट जोभान्ना बुर्की, उत्कृष्ट लेखकमा चेक रिपब्लिकको ‘सेक्रेट्स अफ एन वर्ल्ड गन टु’बाट ईभो मचारेक, उत्कृष्ट छायाँकारमा अमेरिकाको ‘द ट्रु समिट’बाट कोर्बन रबीले अवार्ड पाएका छन् । जुरी मेन्सन अवार्ड नेपालमा छायांकन गरिएको जर्मनीको ‘नमस्ते हिमालय’ र स्पेसल मेन्सन अवार्ड फ्रान्सबाट ‘ईमाकुलेट’ र पाकिस्तानको ‘समटाईम्स ईभन द सोर ड्रन्स’ले पाएको छ । विदेशबाट धेरैजसो विजेताहरु कार्यक्रममा स्वयं सहभागी भएरै अवार्ड लिएका थिए । चलचित्र विकास बोर्डको हलमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भईरहँदा विकास बोर्डकै अध्यक्ष भुवन केसी भने अनुपस्थित रहेका थिए । चलचित्रलाई माया गरेर विदेशबाट धेरै चलचित्रकर्मीहरु नेपाल आइरहँदा चलचित्र  विकास बोर्डकै अध्यक्षले बेवास्ता गरेको धेरै सहभागीहरूले गुनासो व्यक्त गरेकाथिए ।

पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवको राष्ट्रिय निर्णायकको रूपमा नायिका आँचल शर्मा, कलाकार मोहन निरौला, अभिनेत्री सुष्मा कार्की, चलचित्रकर्मी मोहन राई, पत्रकार शान्ती प्रिय, जय निशान्त र सुवास प्रधान रहेका थिए । त्यस्तै अन्तराष्ट्रिय निर्णायकमा पोल्याण्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकी ल्जुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेंक, भारतका मुश्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक, कोरियाकी मिरियम ग्लेजर छन् । भारतका मुश्ताक अलि, जर्मनीका जान स्लेक, सर्बियाकी ल्जुबिन्का, पोल्यान्डकि म्याग्डालेना महोत्सवमा उपस्थित रहेका थिए । सबैले नेपालीमा बोल्ने प्रयास गरेर महोत्सवको माहोललाई तताएका थिए ।

तीन दिने महोत्सवको उद्घाटन नेपाल पर्यटन बोर्डमा गरिएको थियोे भने समापन चलचित्र विकास बोर्डको हलमा गरिएको थियो । महोत्सवमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म प्रदर्शनसँगै प्यानल डिस्कशन र मास्टर क्लास समेत भएको थियो । चलचित्र विकास बोर्डमा सर्बियाकी लजुबिन्का स्टोजानोभिकले चलचित्र सम्बन्धी कार्यशाला दिएकी थिईन् भने अन्तिम दिन भारतका मुश्ताक अली अहमद खानले मास्टर क्लास गरेका थिए । चलचित्र महोत्सवको समापन गर्दै महोत्सव निर्देशक सन्तोष सुवेदीले देश तथा विदेशबाट चलचित्र क्षेत्रलाई माया गरेर महोत्सवमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन साथै अतिथिहरुलाई  मायाको चिनो प्रदान गरेका थिए ।

Related

Previous Post

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा राखेपको ६० औं वार्षिकोत्सव

Next Post

बुटवलमा एकहप्ते विधागत पत्रकारिता तालिम सुरु

Sambridinews

Sambridinews

Related Posts

एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने कुश्ती टिमलाई एनओसीको विदाइ
TOP STORIES

एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने कुश्ती टिमलाई एनओसीको विदाइ

by Sambridinews
मङ्लबार, असार ३०, २०८३
करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन
FEATURED

करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन

by Sambridinews
मङ्लबार, असार ३०, २०८३
काठमाडाैंकाे कपनमा भिषण आगलागी
TOP STORIES

आत्मदाहा प्रयास गरेका सर्लाहीका वेवेक मण्डलको मृत्यु

by Sambridinews
मङ्लबार, असार ३०, २०८३
सूर्यविनायक-धुलिखेल सडक चार लेनमा विस्तार गर्न ठेक्का
FEATURED

काठमाडाैंबाट बाहिर जाने सवारी साधन खुला

by Sambridinews
मङ्लबार, असार ३०, २०८३
सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध
TOP STORIES

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध

by Sambridinews
सोमवार, असार २९, २०८३
Next Post
बुटवलमा एकहप्ते विधागत पत्रकारिता तालिम सुरु

बुटवलमा एकहप्ते विधागत पत्रकारिता तालिम सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

विराटनगरमा कियाको सोरुम सञ्चालनमा

विराटनगरमा कियाको सोरुम सञ्चालनमा

शुक्रबार, असार १३, २०८२
जनताका पक्षमा लिएका सकारात्मक पहलबाट जनविरोधी अत्तालिए : प्रधानमन्त्री प्रचण्ड

जनताका पक्षमा लिएका सकारात्मक पहलबाट जनविरोधी अत्तालिए : प्रधानमन्त्री प्रचण्ड

बुधबार, जेष्ठ ३१, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने कुश्ती टिमलाई एनओसीको विदाइ
TOP STORIES

एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने कुश्ती टिमलाई एनओसीको विदाइ

मङ्लबार, असार ३०, २०८३
करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन
FEATURED

करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन

मङ्लबार, असार ३०, २०८३
काठमाडाैंकाे कपनमा भिषण आगलागी
TOP STORIES

आत्मदाहा प्रयास गरेका सर्लाहीका वेवेक मण्डलको मृत्यु

मङ्लबार, असार ३०, २०८३
सूर्यविनायक-धुलिखेल सडक चार लेनमा विस्तार गर्न ठेक्का
FEATURED

काठमाडाैंबाट बाहिर जाने सवारी साधन खुला

मङ्लबार, असार ३०, २०८३
सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध
TOP STORIES

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध

सोमवार, असार २९, २०८३
फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार
TOP STORIES

फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार

सोमवार, असार २९, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In