Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, October 17, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रधानमन्त्रि प्रचण्डले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिने

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन ३०, २०८०
in राजनीति
0
प्रतिनिधि सभा बैठक जारी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । तेस्रो पटक प्रधानमन्त्री बनेका उनले यो कार्यकालको १४ महिना १९ दिनमै तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । यस प्रयोजनका लागि बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ । 

फागुन २१ गते एमालेसँग मिलेर नयाँ सत्ता समीकरण बनाएका प्रचण्डलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादीले समर्थन गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरे पनि पार्टीभित्र विवाद कायमै छ । 

You might also like

६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री कार्की

एमालेको केन्द्रीय कमिटी बैठक सुरू

योङ इण्डिजिनिष्ट लिग’ ले आफ्नो घोषणापत्र सार्वजनिक

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ । यद्यपि तीमध्ये एमालेका सांसद सुवासचन्द्र नेम्वाङको निधन भएको छ । देवराज घिमिरे सभामुख भएकाले मत दिन पाउने छैनन् । टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित भएकाले उनले पनि मत दिन पाउने छैनन् ।

अहिले एमालेसँग ७६, माओवादीसँग ३२, रास्वपासँग २१, जसपासँग १२ र एकीकृत समाजवादीसँग १० गरी प्रचण्डलाई विश्वासको मत दिने पक्षमा नाउपाबाहेक १५१ मत छ । यस्तै, प्रमुख प्रतिपक्षी कांग्रेससँग ८७ मत छ । राप्रपासँग १४, जनमतपासँग ६, लोसपासँग ४,  नेमकिपासँग र राष्ट्रिय जनमोर्चासँग एक÷एक सांसद छन् भने स्वतन्त्र तीन सांसद छन् । 

२०७९ पुस १० गते एमालेको प्रस्तावमा तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए । पहिलो पटक उनले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । त्यतिबेला सत्ता पक्षबाट माओवादीसहित एमाले, रास्वपा, राप्रपा, जसपा, नाउपाले र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएका थिए । यस्तै विपक्षी दल कांग्रेस, एकीकृत समाजवादी, लोसपा र केही स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका थिए । 

त्यतिबेला विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा २६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा कुल २७० सांसदले मतदान गरेका थिए । प्रधानमन्त्री प्रचण्डले संसदमा उपस्थित कुल संख्याको ९९.२५ प्रतिशत मत पाएका थिए ।

तर तीन महिना नपुग्दै राष्ट्रपतिको निर्वाचन पूर्व गत वर्ष फागुन १२ गते एमालेसँग सहकार्य तोडेका प्रचण्ड पुरानै गठबन्धनमा फर्किए ।

एमाले र राप्रपा सत्ताबाट बाहिरिएपछि उनले गत चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए । उपस्थित संख्या २६२ रहेकोमा विश्वासको मतको पक्षमा १७२, विपक्षमा ८९ मत परेको थियो । दोस्रो पटक प्रधानमन्त्री प्रचण्डले ६४.१८ प्रतिशत मत पाए ।

त्यतिबेला उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिएका थिए ।

Related

Previous Post

माैसम सामान्यतया सफा रहने

Next Post

 चैत महिनाका लागि बैंकहरूले घटाए निक्षेपको ब्याजदर

Sambridinews

Sambridinews

Related Posts

६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री कार्की
FEATURED

६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री कार्की

by Sambridinews
शुक्रबार, कार्तिक १, २०८२
एमालेको केन्द्रीय कमिटी बैठक सुरू
FEATURED

एमालेको केन्द्रीय कमिटी बैठक सुरू

by Sambridinews
बिहिबार, अशोज ३०, २०८२
योङ इण्डिजिनिष्ट लिग’ ले आफ्नो घोषणापत्र सार्वजनिक
TOP STORIES

योङ इण्डिजिनिष्ट लिग’ ले आफ्नो घोषणापत्र सार्वजनिक

by Sambridinews
मङ्लबार, अशोज २८, २०८२
एमाले अध्यक्ष ओलीले भक्तपुरमा आज विशेष सम्बोधन गर्ने
FEATURED

एमाले अध्यक्ष ओलीले भक्तपुरमा आज विशेष सम्बोधन गर्ने

by Sambridinews
बिहिबार, अशोज २३, २०८२
नेपालको ‘जेन- जेड’ आन्दोलन अन्तत : दुई धारमा विभाजीत
FEATURED

नेपालको ‘जेन- जेड’ आन्दोलन अन्तत : दुई धारमा विभाजीत

by Sambridinews
सोमवार, अशोज २०, २०८२
Next Post
 चैत महिनाका लागि बैंकहरूले घटाए निक्षेपको ब्याजदर

 चैत महिनाका लागि बैंकहरूले घटाए निक्षेपको ब्याजदर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पशुपति क्षेत्र विकास कोषका १०० भन्दा धेरै सल्लाकार बर्खास्त

पशुपति क्षेत्र विकास कोषका १०० भन्दा धेरै सल्लाकार बर्खास्त

बिहिबार, पुस ५, २०८०
सदस्य–सचिव घिसिङ र हुसेनबीच भेट

सदस्य–सचिव घिसिङ र हुसेनबीच भेट

मङ्लबार, कार्तिक २१, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एनएफपिजे नेपालको प्रथम कैलाली भेला सम्पन्न, अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन
TOP STORIES

एनएफपिजे नेपालको प्रथम कैलाली भेला सम्पन्न, अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन

शुक्रबार, कार्तिक १, २०८२
जोन केलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त
TOP STORIES

जोन केलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त

शुक्रबार, कार्तिक १, २०८२
६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री कार्की
FEATURED

६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री कार्की

शुक्रबार, कार्तिक १, २०८२
टेनिस संघको वार्षिक साधारण सभा
TOP STORIES

टेनिस संघको वार्षिक साधारण सभा

शुक्रबार, कार्तिक १, २०८२
खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य
TOP STORIES

खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य

बिहिबार, अशोज ३०, २०८२
झण्डै २० अर्ब तिरेपछि एनटीसीले पाउने भयो पुनः नयाँ लाइसेन्स
FEATURED

नेपाल टेलिकमद्वारा पोस्टपेड प्रयोगकर्ताका लागि ‘Recurring सजिलो अनलिमिटेड प्याकेज’ सञ्चालनमा

बिहिबार, अशोज ३०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In