Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, September 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल-भारत संयुक्त आयोगको बैठक: ४ वटा सम्झौतामा हस्ताक्षर

Sambridinews by Sambridinews
शुक्रबार, पुस २०, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नेपाल-भारत संयुक्त आयोगको बैठक: ४ वटा सम्झौतामा हस्ताक्षर
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकले चारवटा सम्झौतामा हस्ताक्षर गरेको छ । परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा बसेको बैठकमा दुई मुलुकका अधिकारीले चारवटा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दिल्ली भ्रमणमा भएको समझदारीनुसार नेपाल–भारतबीच १० वर्षभित्र नेपालबाट १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भएको हो । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको उपस्थतिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र भारतीय ऊर्जा सचिव पंकज अग्रवालले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै भारतका सरकारी तथा निजी क्षेत्रले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा विद्युत् खरिद गर्नेछन् ।

You might also like

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

आशुतोष इनर्जीको नवौँ वार्षिक साधारणसभा सम्पन्न: शेयरधनीलाई १८.९४ प्रतिशत नगद लाभांश स्वीकृत, वित्तीय अवस्था सुदृढ बनाउने प्रतिबद्धता

हिलटन हाइड्रो इनर्जीको पाँचौँ साधारण सभा सम्पन्न: २० प्रतिशत नगद लाभांश पारित, जगेडा कोषमा ठूलो वृद्धि

प्रधानमन्त्री प्रचण्डको भ्रमणका क्रममा गत १८ जेठमा भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् आयातको घोषणा गरेका थिए । भारतको मन्त्रिपरिषद्ले गत भदौमा त्यससम्बन्धी प्रस्तावलाई स्वीकृति दिएको थियो । दुई मुलुकबीच पत्राचारपछि बिहीबार दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भएको हो ।

कनेक्टिभिटी, ट्रेड, वाटर एसोसिएट र पावर ट्रेडको कुरा भएको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले भने, ‘दुई मुलुकका परराष्ट्रमन्त्रीको उपस्थितिमा चारवटा सम्झौता र सहमतिमा हस्ताक्षर भएको छ ।’

१. १० वर्षमा १० हजार मेगावटसम्म विद्युत आयात गर्ने
२. स्याटेलाइट प्रक्षेपणका लागि नेपाललाई सहयोग गर्ने
३. हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयन
४. भूकम्प प्रभावित क्षेत्रको पूननिर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ अनुदान 

राईका अनुसार बैठकमा नेपाल–भारत तीनवटा मुख्य क्रसबोर्डर ट्रान्समिसन लाइन १३२ केभीको उद्घाटन पनि भएको छ । ‘रक्सौल–परवानीपुर लाइन, कटैया–कुशाहा र नौतनवा–मैनवा १३२ केभी प्रसारण लाइन बैठकमा उद्घाटन भएको छ,’ राईले भने, ‘यससँगै नेपाल–भारत विद्युत् व्यापार पनि अब झन सहज हुनेछ ।’

नेपाल र भारतका निजी क्षेत्रले पनि आवश्यक सहमति गरेर बिजुली आयात निर्यात गर्न सक्नेछन् । सरकारले आगामी १२ वर्षमा कुल २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास रणनीतिसमेत बनाइसकेको छ । त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतका लागि र १५ हजार मेगावाट भारतलगायतका मुलुकमा निर्यात गर्ने लक्ष्य राखिएको छ ।

त्यस्तै, गत १७ कात्तिकमा जाजरकोट केन्द्रबिन्दु बनाउँदै गएको भूकम्पबाट पीडित भएकाहरूलाई पुनस्र्थापनाका लागि भारतले हजार करोड नेपाली रुपैयाँ सहयोग गर्ने सम्झौतामा पनि हस्ताक्षर भएको छ । त्यसैगरी, नेपाली स्याटेलाइट प्रक्षेपण’boutमा पनि सम्झौता भएको छ । ‘नेपालले बनाएको स्याटेलाइटलाई प्रक्षेपण गर्न भारतले सघाउने सम्झौता भएको छ,’ प्रवक्ता राईले भने, ‘यसले नेपालको पनि अन्तरिक्षमा पहुँच पुग्नेछ ।’

त्यस्तै, काठमाडौंस्थित भारतीय दूतावासले नेपालमा सीधै २० करोड रुपैयाँसम्म खर्च गर्न सक्नेगरी सम्झौता भएको छ । भारतले नेपाललाई प्रदान गर्दै आएको उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी)अन्तर्गतको खर्च गर्ने रकम बढाएर २० करोड रुपैयाँ पु¥याइएको हो । यसअघि सो रकम ५ करोड रुपैयाँसम्म खर्च गर्नसक्ने व्यवस्था थियो ।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा यो सम्झौता भएको हो । बिहीबार भएको सम्झौतामा नेपालका तर्फबाट अर्थसचिव कृष्णहरि पुष्कर र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्ताक्षर गरेका छन् । यो हस्ताक्षर कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री जयशंकर उपस्थित थिए । यस योजनाअन्तर्गत भारतीय दूतावासले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सरसफाइ, दुर्गम तथा विपन्न क्षेत्रमा कनेक्टिभिटी, क्षमता विकास तथा व्यावसायिक प्रशिक्षण, स्वास्थ्य शिविर, पुललगायत पूर्वाधार निर्माणमा लगानी गर्दै आएको छ । यस्ता परियोजनाको भारतीय दूतावासले नै छनोट र निर्णय गर्छ ।

यस’bout औपचारिक रूपमा संघीय सरकारलाई जानकारी दिने गरिएको छैन । सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा २० वर्षअघि यो परियोजना सुरु भएको थियो । त्यतिबेला ३ करोड रुपैयाँसम्म खर्च गर्नसक्ने व्यवस्था थियो । यसलाई बढाएर सन् २००९ मा ५ करोड रुपैयाँ पु¥याइएको थियो । त्यतिबेला बाबुराम भट्टराई प्रधानमन्त्री थिए । अहिले बढाएर सो रकम २० करोड रुपैयाँ पु¥याइएको हो ।

Related

Previous Post

महरा कतार प्रस्थान

Next Post

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

Sambridinews

Sambridinews

Related Posts

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

by Sambridinews
सोमवार, भदौ २९, २०८३
आशुतोष इनर्जीको नवौँ वार्षिक साधारणसभा सम्पन्न: शेयरधनीलाई १८.९४ प्रतिशत नगद लाभांश स्वीकृत, वित्तीय अवस्था सुदृढ बनाउने प्रतिबद्धता
TOP STORIES

आशुतोष इनर्जीको नवौँ वार्षिक साधारणसभा सम्पन्न: शेयरधनीलाई १८.९४ प्रतिशत नगद लाभांश स्वीकृत, वित्तीय अवस्था सुदृढ बनाउने प्रतिबद्धता

by Sambridinews
सोमवार, भदौ २९, २०८३
हिलटन हाइड्रो इनर्जीको पाँचौँ साधारण सभा सम्पन्न: २० प्रतिशत नगद लाभांश पारित, जगेडा कोषमा ठूलो वृद्धि
TOP STORIES

हिलटन हाइड्रो इनर्जीको पाँचौँ साधारण सभा सम्पन्न: २० प्रतिशत नगद लाभांश पारित, जगेडा कोषमा ठूलो वृद्धि

by Sambridinews
सोमवार, भदौ २९, २०८३
सिन्धुली जिल्लाको पछिल्लो मत परिणाम
TOP STORIES

सिन्धुली जिल्ला प्रशासन कार्यालयले दुध तथा दुग्धजन्य पदार्थको मनपरी मूल्य वृद्धि नगर्न चेतावनी

by Sambridinews
सोमवार, भदौ २९, २०८३
आज सनातन हिन्दु नारीहरुले हरितालिका तीज पर्व मनाउदै
FEATURED

आज हरितालिका तीज : शिव पार्वतीको आराधनासँगै चेलीबेटीको भेटघाट र सांस्कृतिक उत्सव

by Sambridinews
सोमवार, भदौ २९, २०८३
Next Post
त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश

नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश

शुक्रबार, भदौ ३१, २०७९
एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी

सर्वोच्चले एमाले नेता टोपबहादुर रायमाझी र सचिव पाण्डेलाई थुनामा राख्ने आदेशको कारण पेश गर्न उच्च अदालत पाटनलाई आदेश

सोमवार, पुस १६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

सोमवार, भदौ २९, २०८३
६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं
Uncategorized

६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं

सोमवार, भदौ २९, २०८३
आशुतोष इनर्जीको नवौँ वार्षिक साधारणसभा सम्पन्न: शेयरधनीलाई १८.९४ प्रतिशत नगद लाभांश स्वीकृत, वित्तीय अवस्था सुदृढ बनाउने प्रतिबद्धता
TOP STORIES

आशुतोष इनर्जीको नवौँ वार्षिक साधारणसभा सम्पन्न: शेयरधनीलाई १८.९४ प्रतिशत नगद लाभांश स्वीकृत, वित्तीय अवस्था सुदृढ बनाउने प्रतिबद्धता

सोमवार, भदौ २९, २०८३
हिलटन हाइड्रो इनर्जीको पाँचौँ साधारण सभा सम्पन्न: २० प्रतिशत नगद लाभांश पारित, जगेडा कोषमा ठूलो वृद्धि
TOP STORIES

हिलटन हाइड्रो इनर्जीको पाँचौँ साधारण सभा सम्पन्न: २० प्रतिशत नगद लाभांश पारित, जगेडा कोषमा ठूलो वृद्धि

सोमवार, भदौ २९, २०८३
सिन्धुली जिल्लाको पछिल्लो मत परिणाम
TOP STORIES

सिन्धुली जिल्ला प्रशासन कार्यालयले दुध तथा दुग्धजन्य पदार्थको मनपरी मूल्य वृद्धि नगर्न चेतावनी

सोमवार, भदौ २९, २०८३
आज सनातन हिन्दु नारीहरुले हरितालिका तीज पर्व मनाउदै
FEATURED

आज हरितालिका तीज : शिव पार्वतीको आराधनासँगै चेलीबेटीको भेटघाट र सांस्कृतिक उत्सव

सोमवार, भदौ २९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In