Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नक्कली कागजात बनाई भिजिट भिसामा विदेश पठाउने धन्दामा नेपाल वायुसेवा निगमका अधिकृत संलग्न

Sambridinews by Sambridinews
बुधबार, मंसिर २७, २०८०
in FEATURED, TOP STORIES
0
नक्कली कागजात बनाई भिजिट भिसामा विदेश पठाउने धन्दामा नेपाल वायुसेवा निगमका अधिकृत संलग्न
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । नक्कली कागजात बनाई भिजिट भिसामा विदेश पठाउने धन्दामा नेपाल वायुसेवा निगमका अधिकृत संलग्न रहेको खुलेको छ । निगममा कार्यरत छैटौँ तहका अधिकृत होमनाथ पोखरेल पक्राउ परेपछि यो तथ्य खुलेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले रोलेक्स ट्राभल एजेन्टका सञ्चालक देवराज खनालसँगको मिलेमतोमा नक्कली भिजिट भिसामा नेपाली युवालाई विदेश पठाउँदै आएका थिए । उनले यसबापत खनालबाट मात्रै २० लाख रुपैयाँ बुझेको अनुसन्धानबाट खुलेको छ । 

अपराध अनुसन्धान कार्यालयका अनुसार नक्कली भिजिट भिसामा नेपाली युवालाई विदेश पठाउने धन्दामा संलग्न निगमका अधिकृत पक्राउ परेको जनाएकाे छ ।

You might also like

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

प्रहरीका अनुसार ट्राभल एजेन्ट खनालको मिलेमतोमा विदेश जान चाहने युवाको नक्कली भिसा, नक्कली प्रहरी रिपोर्ट, १२ कक्षा पास गरेको नक्कली शैक्षिक प्रमाणपत्र, नक्क्ली बैंक स्टेटमेन्ट बन्थ्यो । सोही कागजातका आधारमा नेपाल एयरलाइन्सका अधिकृत पोखरेलले युवाहरूलाई सजिलै ‘बोर्डिङ पास’ उपलब्ध गराउँथे । र, युवा नक्कली कागजातका आधारमा विदेश जान्थे । विशेषगरी उनीहरूले नक्कली भिसामा नेपाली युवालाई दुबई पठाउँदै आएका थिए । 

उनीहरूसँगै अनुसन्धान कार्यालयले थप पाँचवटा ट्राभल एजेन्टका सञ्चालकलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्ट्रा ट्रिप ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एन्ड ट्राभल्सका राप्रसाद भण्डारी, होलिडे टुर्स एन्ड ट्राभल्सका सञ्चालक सरोजकुमार यादव, मञ्जरी ट्राभल्सका भक्तबहादुर थापा, एडभान्स म्यानेजमेन्ट मल्टिपल ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे र स्काई ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली छन् ।

त्यसअघि कार्यालयले विमानस्थलस्थित प्रहरी सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान जीवराज तामाङसहित १३ जनाको समूह पक्राउ गरेको थियो । पक्राउ पर्नेमा आशिष थापा, जयराम श्रेष्ठ, भक्तबहादुर थापा, दीपक केसी, विवेक भनिने बलबहादुर रावत, अनिशा अमात्य, गोपाल रिजाल, पशुपति मैनाली, सागर चापागाईं, अजित ज्ञवाली, विपिन ढकाल र सरेश बिसंखे छन् । उनीहरूविरुद्ध सरकारी कागजात किर्ते कसुरसहित संगठित अपराधअन्तर्गत म्याद थप गरी प्रहरीले अनुसन्धान गर्दै आएको छ ।

करिब महिना दिनको अनुसन्धानपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी गोविन्द पन्थीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उनीहरूले नक्कली कागजात बनाई विमानस्थलस्थित अध्यागमन, प्रहरी र एयरलाइन्सको मिलेमतोमा दुबईलगायत मुलुकमा मानव तस्करी गर्ने गरेको तथ्य खुलेको हो । यद्यपि, अनुसन्धान कार्यालयले अध्यागमनका कर्मचारी भने पक्राउ गर्न सकेको छैन । यसमा नेपाल वायुसेवा निगमसहित हिमालयन एयरलाइन्स, अलजजिरासहित पाँच एयरलाइन्सका कर्मचारी संलग्न रहेको प्रहरीको भनाइ छ । 

प्रहरीका अनुसार विमानस्थलबाट नक्कली कागजात बनाई भिजिट भिसाको आवरणमा दैनिक दुई सय ५० भन्दा धेरैको तस्करी हुँदै आएको थियो । धन्दा गर्न तस्करले नक्कली भिसा, नक्कली प्रहरी रिपोर्ट, १२ कक्षा पास गरेको नक्कली शैक्षिक प्रमाणपत्र, नक्कली बैंक स्टेटमेन्ट बनाउँदै आएका थिए । सोही कागजातका आधारमा उनीहरूले मानव तस्करी गर्दै आएका थिए । यसका लागि उनीहरूले एयरलाइन्सका कर्मचारीलाई प्रतिव्यक्ति १० हजारदेखि १५ हजार रुपैयाँ बुझाउँथे । त्यस्तै, अध्यागन कार्यालयका कर्मचारीलाई प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजार रुपैयाँ बुझाउँथे । विमानस्थलस्थित कार्यरत प्रहरीलाई भने उनीहरूले प्रतिव्यक्ति १० हजार रुपैयाँ बुझाउँथे । प्रहरीका अनुसार तस्कर समूहले विमानस्थलमा ‘सेटिङ’का लागि मात्रै प्रतिदिन दुई करोड रुपैयाँ खर्च गर्ने गरेका थिए ।

Related

Previous Post

संघीय सरकारविरुद्ध बागमती प्रदेश सरकारले दायर गरेको रिटकाे सुनुवाइका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासमा

Next Post

लोकसेवा आयोगले एकैपटक ३८१ अधिकृत (अप्राविधिक) पदका लागि विज्ञापन प्रकाशित

Sambridinews

Sambridinews

Related Posts

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

by Sambridinews
सोमवार, भदौ २९, २०८३
Next Post
लोकसेवा आयोगले एकैपटक ३८१ अधिकृत (अप्राविधिक) पदका लागि विज्ञापन प्रकाशित

लोकसेवा आयोगले एकैपटक ३८१ अधिकृत (अप्राविधिक) पदका लागि विज्ञापन प्रकाशित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

सोमवार, साउन १८, २०८३
सोलुखुम्बूमा हिमपात

सोलुखुम्बूमा हिमपात

सोमवार, पुस २९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

मङ्लबार, भदौ ३०, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

सोमवार, भदौ २९, २०८३
६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं
Uncategorized

६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं

सोमवार, भदौ २९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In