Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, October 19, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चाँगुनारायणको बिबादित भवनमा राष्ट्रपति पौडेल

Sambridinews by Sambridinews
मङ्लबार, मंसिर २६, २०८०
in FEATURED, TOP STORIES, समाचार
0
चाँगुनारायणको बिबादित भवनमा राष्ट्रपति पौडेल
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter


रुपक ढुंगाना

।मंसिर २६, भक्तपुरको चाँगुनारायण नगरपालिकाले व्यक्तिगत हकभोगको जमिन कब्जा गरी आफ्नो प्रशासकीय भवन बनाएपछि पीडित बनेको ढुंगाना परिवार राष्ट्रपति रामचन्द्र पौडेल बाटै सो भवन शिलान्यास हुने खबर सुनेर झन् पीडित बनेका छन् ।

You might also like

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न

राष्ट्रकै अभिभावक रहेका राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार चाँगुनारायण नगरपालिकाको प्रशासकीय भवन एक औपचारिक कार्यक्रमका बीच भब्य उद्घाटन गर्ने नगरपालिकाले तयारी गरेपछि आफूहरुमाथि थप बज्रपात परेको पीडित परिवारका सदस्य जीवन ढुंगानाले बताएका हुन् ।

चाँगुनारायण नगरपालिका वडा नम्वर ५ खरिपाटी छालिङको घुमाउनेमा नगरपालिकाले व्यक्तिले भोगचलन गरिरहेको जग्गा हडपेर करिब पचास करोड लागतमा भवन बनाएको हो । तत्कालिन जिसस प्रमुख नवराज गेलाल र नगर प्रमुख सोमप्रसाद मिश्रले शिलान्यास गरेको भवनलाई नयाँ नेतृत्वमा आएका नगर प्रमुख जीवन खत्रीले निरन्तरता दिंदै उद्घाटनको तयारी गरेका हुन् ।

नगरवासीको सेवाका लागि बन्ने प्रशासकीय भवनको शिलान्यासमै स्थानीयले पुस्तौ देखि भोगचलन गर्दै आएको जग्गा प्रयोग भएपछि स्थानीय समेत स्तब्ध भएका छन् । भक्तपुरका बामपन्थी नेता एवं बागमती प्रदेश सभा सदस्य देवेन्द्र श्रेष्ठ दिवाकरले अदालतले निषेधाज्ञा जारी गरेको जग्गामा स्थानीय सरकारले बलपूर्वक प्रशासनिक भवन बनाउनु दुखद रहेको प्रतिक्रिया दिंदै चिरकाल देखि आश्रय बनाउदै आएकाहरु बिस्थापित गरी नगरपालिकाले बनाएको भब्य महलको उद्घाटन गर्न राष्ट्रप्रमुख आउने कुराले असाध्यै लाचार अनुभुती भएको बताएका छन् ।

यस्तो छ जग्गाको कथा

नगरपालिकाले प्रशासनिक भवन बनाएको जमिनमा स्थानीय लिलानाथ ढुंगाना लगायतले आफ्नो चिर भोगको जमिन दर्ता गरी पाउँ भनी उच्च अदालत पाटनमा मुद्दा लडेको र मुद्दाको अन्तिम फैसला समेतमा लिलानाथ ढुंगाना, जीवन ढुंगाना र मिठ्ठु ढुंगानाको छुट्टा छुट्टै परमादेश जारी गरी उनीहरुको चीरभोगको आफ्नै जग्गा भएकोले पाँच रोपनीका दरले जग्गा दर्ताको लागि नापी कार्यालय र नगरपालिका लगायतको नाममा परामेश जारी भएको देखिन्छ ।

२०७५ पुस २५ जिल्ला अदालत भक्तपुरको ठहर खण्डमा समेत उक्त १५ रोपनी जुन नगरपालिकाले हडपेको छ, उक्त जग्गा परम्परागत भोग चलन गर्दै आएको चिर भोगको जग्गा हो भनी ठहर गरेको जीवन ढुंगानाले जानकारी दिए ।

२०७३ चैत २२ गते भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको अध्यक्षतामा बसेको मालपोत, नापी, अदालत, वन लगायतका प्रमुखहरुको बैठकले समेत भुकम्प पछि खुलेको स्वबासी जग्गा दर्ताको लागी पुननिर्माण प्राधिकरणमा निर्णय गरी पठाएको थियो तर जग्गा दर्ता हैन आफ्नो त घर बास नै जाने भयो पीडित ढुंगानाले गुनासो गरे ।

२०७९ कार्तिक २३ गते उच्च अदालत पाटनले बिपक्षी चाँगु नारायण नगरपालिका समेतका नाममा उत्प्रेषण जारी भएको, घर नभत्काउन निषेधाज्ञा समेत गरिएको र कानुन बमोजिम दर्ता प्रक्रिया अघि बढाउँन विपक्षीका नाममा परमादेश समेत भएको अवस्थामा नगरपालिकाले अदालतको अवहेलना गरी निर्णय कार्यान्वयन नगरेको पीडित पक्षले जनाएको छ ।

राजा बाट हुकुम प्रमांगी
उक्त जग्गाको हकमा तत्कालिन राजा बिरेन्द्र पनि अवगत रहेका र आफूहरुको पक्षमा आदेश दिएका पीडित पक्षको जिकिर छ । २१ सालको नापीमा छुट भएपछि तत्कालिन राजा विरेन्द्रलाई निवेदन गरि २०३८ चैत ३ गते आयोग गठन गरेपछि मालपोत कार्यालय भक्तपुरले जग्गा दर्ता गरि दिने निर्णय समेत भएको पीडित परिवारका जीवन ढुंगानाले जिकिर गरेका छन् । उनले जनाए अनुसार २०४२ साल कार्तिक २१ गते भूमि हेर्ने तत्कालिन निर्माण तथा यातायात राज्य मन्त्री श्री प्रसाद बुढाथोकीबाट उक्त स्थानमा बस्दै आएका २४ घर धुरीलाई आफ्नै घर जग्गा भएकाले उठाउन नपाउने निर्णय भएको थियो । पंचायती व्यवस्थामा समेत आफूहरुले न्याय पाएकाले गणतन्त्रमा न्याय पाउने कुरामा उनीहरु बिस्वस्त रहेका छन् ।तर, त्यस उप्रान्त सरकारी उदाशिनताका कारण समस्या समाधान हुन नसकेको बताइएको छ । यसैबीच नगरपालिकाले आफूहरुलाई जग्गा दर्ताको लागि सहज गराउनुको सट्टा भूमिहिन नै बनाउन लागि परेको ढुंगाना बताउँछन् । उनका अनुसार हाल सरकार भुमिहीनको लागि आयोग बनाई काम गरिरहेको छ तर उनीहरुलाई भने पुखौं पुर्खादेखि उपभोग गर्दै आएको जमिनमा पाइला टेक्न पनि प्रतिबन्धित जस्तै गरिएको छ ।

मुद्दा जितिने नगरपालिकाको जिकिर
जमिन विवादित रहेपनि मुद्दा नगरपालिकाले नै जित्ने नगर प्रमुख जीवन खत्रीले जिकिर गरेका छन् । आफूले पुरानो कामलाई निरन्तरता मात्र दिएको दावी गर्दै प्रमुख खत्रीले अदालतको आदेशानुसार ढुंगाना परिवारको घर नछोइएको तर जग्गा सम्बन्धी निर्णयमा नापी र मालपोतले स्पष्ट नपारेको उनको भनाइ छ । उनले उक्त मुद्दा नगरपालिकाले जित्ने जिकिर गर्दै भवन उद्घाटनको बचाव गरेका छन् ।”

चाँगुनारायणका मेयर मिश्रले आफूहरुले सार्वजनिक जग्गामा नै भवन शिलान्यास गरेको दावी गर्दै मुद्दा जित्ने ठोकुवा गरेका छन् । अदालतले जग्गा छोड्न अन्तिम आदेश गरे पूरै भवनसहित छोड्ने उनको भनाइ छ ।

हतारो किन
सरकारले भूमिहीन सुकुम्बासी र अव्यवस्थित रुपले सरकारी जग्गामा बसेकालाई बसोबासको व्यवस्था मिलाउन उच्चस्तरीय आयोग गठन गरेको छ । सोही आयोग अन्तर्गत भक्तपुरमा पनि समितिले काम गरिरहेको छ ।

सरकारले महत्वका साथ् आयोग नै बनाएर देशभरका समस्या समाधानमा तत्परता देखाइरहँदा स्थानीय सरकार भनिने चाँगुनारायण नगरपालिकाले भने अदालतमा मुद्दाको किनारा नलाग्दै व्यक्तिगत हकभोगको जमिनमा बलपूर्वक भवन निर्माण गर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
कतिपयले यसलाई राजनीतिक प्रतिशोधको रुपमा पनि व्याख्या गरेका छन् । नगरपालिकाले भवन शिलान्यास गरेको क्षेत्रमा वडाध्यक्ष जयन्द्र खड्काले सस्तोमा जमिन लिएको र त्यसकै भाउ बढाउँन स्ववासीको पूर्जा नभएको बहानामा जग्गा हडपेको आरोप लाग्दै आएको छ ।

जनताको सेवाका लागि बन्ने भवन जनताको आँशुको जगमा
कुनै पनि सरकारी संरचना निर्माण गर्दा उक्त संस्थाको नाममा जमिन हुनुपर्ने हो तर बलपूर्वक व्यक्तिगत हकभोग रहेको विवादित जमिनमा भवन शिलान्यास गर्नु, उच्च अदालतको आदेशको समेत अवहेलना गर्दै निर्माण सम्पन्न हुनु र राष्ट्र प्रमुख नै ल्याएर उद्घाटन गर्न हतारिनु पछाडीको कारण भने बुझी नसक्नु भएको एक कार्यपालिका सदस्यले बताएका छन् । नगरपालिका भित्र सयौं रोपनी पर्ती जग्गा भएपनि स्थानीयको घर भत्काएर बनेको नगरपालिका भवनले नगरबासीलाई खुशी दिन नसक्ने उनले चिन्ता व्यक्त गरे । जनताको सेवाका लागि बन्ने भवन जनताको आँशुको जगमा खडा हुनु नहुनेमा आफूले जोड दिएको तर नगर प्रमुखले यसलाई बेवास्ता गरेको उनको गुनासो छ ।

पीडित पक्षको राष्ट्रपतिलाई ज्ञापन पत्र
शुक्रवार राष्ट्रपति राचन्द्र पौडेललाई भवन शिलान्यासमा नआउन पीडित पक्षले अनुरोध गरेको छ । पीडित जीवन ढुंगानाले भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठलाई विषय अवगत गराउदै उनी मार्फत राष्ट्रपति समक्ष ज्ञापन पत्र पेश गरेका छन् ।
अदालतबाट परमादेश समेत जारी भैसकेको जग्गामा निर्मित अवैद्य संरचनाको उद्घाटन गर्न राष्ट्रपति स्वयम् आउने कुराले कानुनी राज्य र लोकतन्त्रको उपहास हुने ज्ञापन पत्रमा बताइएको छ ।

पीडित भन्छन अनसन बस्छौं कालो झण्डा देखाउँछौं

विवादीत भवन उद्घाटन गर्न आउने राष्ट्रपति पौडेललाई पीडित परिवारले कालो झण्डा देखाउने तथा विरोधमा अनसन नै बस्ने बताउँदै आएका छन् । नगरपालिकाको हेपाह प्रवित्ती तथा सम्मानीय पदका जिम्मेवार व्यक्ति नै आफ्नो उठिबास बनाउन आउने खवरले पीडित परिवार विछिप्त भएको उनीहरु बताउँछन् । राष्ट्रपति पैडेल उद्घाटन गर्ने आएमा आफू अनसन बस्न तयार भएको ८० वर्षका जेष्ठ नागरिक लिलानाथ ढुंगानाले बताए ।

Related

Previous Post

नबिल बैंकले ल्यायो ‘नबिल डिवेन्चर २०८७’, ब्याज ९ प्रतिशत पाउने

Next Post

हक्की संघको वार्षिक कार्यक्रम घोषणा

Sambridinews

Sambridinews

Related Posts

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा  सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न
FEATURED

मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने
TOP STORIES

भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान
TOP STORIES

मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
Next Post
हक्की संघको वार्षिक कार्यक्रम घोषणा

हक्की संघको वार्षिक कार्यक्रम घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पर्यटन बोर्ड र युएनडीपीको साझेदारीमा ५० लाखको ’दिगो पर्यटन परियोजना’ सम्झौता

पर्यटन बोर्ड र युएनडीपीको साझेदारीमा ५० लाखको ’दिगो पर्यटन परियोजना’ सम्झौता

आइतवार, चैत्र ९, २०८१
Unveiling the Blind Spot: Why Nepali Media Lags in Globalization and Global Content 

Unveiling the Blind Spot: Why Nepali Media Lags in Globalization and Global Content 

सोमवार, बैशाख १०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

शनिबार, कार्तिक २, २०८२
स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

शनिबार, कार्तिक २, २०८२
मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा  सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न
FEATURED

मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न

शनिबार, कार्तिक २, २०८२
भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने
TOP STORIES

भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने

शनिबार, कार्तिक २, २०८२
मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान
TOP STORIES

मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान

शनिबार, कार्तिक २, २०८२
मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन
FEATURED

मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन

शुक्रबार, कार्तिक १, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In