Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

न्यूरो साइन्समा नेपाल मेडिसिटीको उपलब्धी

Sambridinews by Sambridinews
आइतवार, चैत्र २५, २०८०
in FEATURED, TOP STORIES, समाचार, स्वास्थ्य
0
न्यूरो साइन्समा नेपाल मेडिसिटीको उपलब्धी
595
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

काठमाडौं ।नेपाल मेडिसिटी अस्पतालले विगत ७ वर्षदेखि अत्याधुनिक प्रविधिबाट सबै किसिमको न्यूरो सर्जरी सम्बन्धित रोगको उपचार गर्दै आएको छ जसमा ब्रेन स्ट्रोक, ट्युमर देखि मेरुदण्डको सर्जरी ​पर्दछन् ।हालसम्म अस्पतालले २००० भन्दा बढि ब्रेन सर्जरी गरिसकेको छ जसमध्ये ब्रेन ट्युमर, आकस्मिक ब्रेन सर्जरी, कुनै पनि किसिमको स्ट्रोक, मेरुदण्डको ट्युमर, मेरुदण्डको नसा च्यापेको तथा मेरुदण्ड मिलाउनुपर्ने शल्यक्रिया रहेको छ ।अस्पतालले सबै किसिमका न्यूरो सम्बन्धित समस्याहरुको उपचार उपलब्ध गराउँदै आएको छ ।
उपचारका लागि न्यूरो सर्जन, न्यूरो इन्टर्रभेन्सनिस्ट, न्यूरोलोजिस्ट, इर्मजेन्सी, न्यूरो रेडियोलोजिस्ट, न्यूरो क्रिटिकल केयर, न्यूरो एनेस्थेटिस्ट तथा न्यूरो रिहाबिलिटेसनको समूह २४ सै घण्टा तैनाथ रहन्छ । अस्पतालको न्यूरोसर्जरीको विशेषता भनेको बिरामीले कुन विधिबाट शल्यक्रिया गर्ने भनेर आफैले छान्न पाउँछन् । यहाँ ओपन सर्जरी (चिरफार गरेर गरिने शल्यक्रिया) र नन् इन्भेसिभ सर्जरी (सानो प्वाल बनाई गरिने शल्यक्रिया) को सुविधा रहेको छ ।नन् इन्भेसिभ सर्जरी गर्न नेपालकै पहिलो महिला न्यूरो इन्र्टभेन्सनल न्यूरोसर्जन डा. प्रसन्ना कार्की यस अस्पतालमा कार्यरत छिन् ।
पछिल्लो विकासक्रम अनुसार अस्पतालले शल्यक्रिया गर्दा धेरै नचिरी वा ब्रेन नखोली दुरबिनको सहायताबाट गरिने शल्यक्रिया, नन् इन्भेसिभ सर्जरीको सुविधा पनि प्रदान गर्दै आएको छ । यसरी सर्जरी गर्दा बिरामीलाई छिटो निको हुने र अस्पतालको बसाई पनि कम हुने गर्दछ । गत वर्षबाट शुरु गरिएको नन् इन्भेसिभ सर्जरीबाट न्यूरो भास्कुलर समस्या भएका १५० भन्दा बढि बिरामीहरुको शल्यक्रिया गरिएको छ । यस विधि वा न्यूरो इन्र्टभेन्सन प्रोसिड्युरमा थ्रोमबेक्टोमी, एन्यूरिजम कोइलिङ, ट्युमर इम्बोलाइजेसन, फ्लो डाइभरटर र स्टेन्टिङ पर्दछन् । इन्र्टभेन्सनप्रोसिड्युरबाट गरेको शल्यक्रिया सफल हुनु आफैमा सन्तोषजनक नतिजा रहेको न्यरोसर्जरी विभाग प्रमुख प्रा.डा. गोपाल रमण शर्माले बताए ।
२८ वर्ष भन्दा बढि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय न्यूरो सर्जरीको अनुभव भएका प्रा.डा. शर्माले हालसम्म २० हजार भन्दा बढि शल्यक्रिया गरिसकेका छन् । “नेपाल मडिसिटी अस्पतालमा जटिल खालका न्यूरो सर्जरीहरु सम्भव छ । प्रायजसो देशभरबाट सम्भव नभएका तथा अन्य अस्पतालबाट रिफर भएर बिरामीहरु यहाँ आउने गरेका छन् ।”
उनका अनुसार अस्पतालमा उपलब्ध अत्याधुनिक प्रविधि, शल्यक्रिया कक्ष तथा विशेषज्ञ चिकित्सकहरुका कारण जटिल केसहरुको पनि सफल शल्यक्रिया यहाँ सम्भव भएको हो । न्यूरो साइन्स विभागभित्र सबै किसिमका सेवा उपलब्ध छ जसमा न्यूरोलोजी, न्यूरोसर्जरी, न्यूरो रेडियोलोजी, इएनटी, न्यूरो ओप्थाल्मोलोजी, न्यूरो अंकोलोजी, न्यूरो ट्रमा, न्यूरो प्याथोलोजी, न्यूरो क्रटिकल आइसियु, न्यूरो एनेस्थेसिया र न्यूरो रिहाबिलिटेसनको सेवा रहेकै कारण सफल शल्यक्रिया सम्भव भएको हो ।
अस्पतालको मृत्युदर हेर्ने हो भने ब्रेन ट्युमर सर्जरीमा एक प्रतिशत भन्दा कम, एन्युरिजम न्यूरोभास्कुलर सर्जरीमा १० प्रतिशत र गम्भीर हेड इन्ज्युरीमा २० प्रतिशत भन्दा कम मृत्युदर रहेको छ । यो तथ्याङ अन्र्तराष्ट्रिय स्तरबाट हेर्दा निकै राम्रो रहेको प्रा.डा. शर्मा बताउँछन् ।
त्यस्तै, अस्पतालको न्यूरो सर्जरी अपरेशन थिएटरमा न्यूरो मोनिटर, मोडुलर शल्यक्रिया कक्ष, न्यूरो नेभिगेसन, न्यूरो फिजियोलोजिकल मोनिटरिङ र ट्रान्सक्रानिकल डोपलर जस्ता अत्याधुनिक मेसिनहरु जडान गरिएको छ । न्यूरो आइसियुमा १२ वटा बेड छ जहाँ हरेक बेडमा भेन्टिलेटरको सुविधा छ भने एक बेडमा एक नर्स र २४ सै घण्टा न्यूरो एनेस्थेटिस रहन्छन् ।
न्यूरोलोजी विभागका प्रमुख डा. बाबुराम पोखरेलका अनुसार विश्वभर ब्रेन स्ट्रोकको संख्या बढ्दै जान थालेको छ । विभिन्न अध्ययनका अनुसार एक करोड पचास लाख मानिसहरुलाई स्ट्रोक हुन्छ भने ५० लाख मानिसहरु स्ट्रोकको उपचार गर्दागर्दै मृत्यु बेहोरिरहेका छन् । त्यस्तै, स्ट्रोककै कारण ५० लाखमा अपाङगता हुन्छ भने ५० लाख मानिसले मात्रै उपचारपछि गुणस्तरीय जीवन बाँच्न पाउँछन् ।
हृदयघात पछि रोगका कारण मृत्यु हुनेमा दोस्रो स्थानमा स्ट्रोक रहेको छ । यसै कारणलाई मध्यनजर गर्दै नेपाल मेडिसिटीले ‘कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर’ सञ्चालनमा ल्याउन लागेको हो । यस सेन्टर मार्फत बिरामीलाई बे्रन स्ट्रोक भएको ४ देखि ५ घण्टामै अस्पताल आइपुगे तत्काल सेवा प्रदान गरिन्छ ।
डा. प्रसन्ना कार्कीका अनुसार ब्रेन स्ट्रोक हुने बित्तिकै अस्पतालमा आइपुगे उपचार सम्भव छ । “बिरामी ४ देखि ५ घण्टामा अस्पताल आइपुगे रगत पातलो बनाउने औषधी राख्न मिल्छ भने, १८ घण्टा सम्ममा शल्यक्रिया गर्न सकिन्छ । तर १८ घण्टा भन्दा ढिला भए शल्यक्रिया सम्भव हुँदैन भने बिरामीहरुमा प्यारालाईसिस हुन्छ,” उनले भनिन् । स्ट्रोक हुँदा हरेक एक मिनेटमा १९ लाख नसाहरु मर्दै जान्छन् । उपचारमा जति ढिला हुन्छ, त्यति नै छिटो नसाहरु मरेर प्यारालाइसिस भई अपाङगता हुने सम्भावना रहन्छ । “ब्रेन स्ट्रोक समय अनुरुप संवेदनशील छ र समयमै अस्पताल आईपुगे आजीवन प्यारालाइसिस हुनबाट बचिन्छ,” उनले भनिन् ।
त्यस्तै अस्पतालमा न्यूरो सर्जरी वा स्ट्रोक पश्चात बिरामीलाई फिजिकल रिहाबिलिटेसन पनि गरिन्छ । फिजिकल रिहाविलिटेशन विभागका प्रमुख डा. मञ्जु ज्ञवालीका अनुसार एक वर्षमा ८ देखि ९ हजार न्यूरोका बिरामीलाई थेरापी सेवा पु¥याउँदै आएको छ ।
“जसरी एक्युट उपचारको लागि समयमै अस्पताल पुग्न जरुरी छ, त्यसरी नै स्ट्रोक पुर्नस्थापनाको लागि फिजिकल रिहाबिलिटेसनको जरुरत छ ।”

Related

Previous Post

नयाँ वर्षमा, सि.जी.को नयाँ सोचौं, नयाँ रोजौं उपहार योजना

Next Post

सिएचटिसी मोटर्सका उत्कृष्ट चिनियाँ भ्यानहरु अब मेगा बिजनेस ग्रुपलेनेपालमा भित्र्याँउदै

Sambridinews

Sambridinews

Related Posts

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
Next Post
सिएचटिसी मोटर्सका उत्कृष्ट चिनियाँ भ्यानहरु अब मेगा बिजनेस ग्रुपलेनेपालमा भित्र्याँउदै

सिएचटिसी मोटर्सका उत्कृष्ट चिनियाँ भ्यानहरु अब मेगा बिजनेस ग्रुपलेनेपालमा भित्र्याँउदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ललितपुर १६ लाई भेट्रान टिम उपाधि

ललितपुर १६ लाई भेट्रान टिम उपाधि

शुक्रबार, पुस ४, २०८२
‘नाडा अटो शो’को संयोजकमा अनुप बराल चयन

‘नाडा अटो शो’को संयोजकमा अनुप बराल चयन

बुधबार, माघ १०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In