Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, January 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

दुर्गा प्रसाईंको आन्दोलनविरुद्ध मुख्य दल एकै ठाउँमा

Sambridinews by Sambridinews
बिहिबार, मंसिर ७, २०८०
in FEATURED, TOP STORIES, TOP VIDEOS, राजनीति, समाचार
0
दुर्गा प्रसाईंको आन्दोलनविरुद्ध मुख्य दल एकै ठाउँमा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।मंसीर ७ , मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बिहीबार काठमाडौंमा प्रदर्शन गर्दै छन् । प्रसाईंको प्रदर्शनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकटको राष्ट्रिय युवासंघ नेपालले समेत प्रदर्शन गर्दै छ । प्रसाईंले अहिलेको व्यवस्था असफल भइसकेकाले राजतन्त्रको स्थापनाका लागि भन्दै प्रदर्शन गर्दै छन् । उता, युवासंघले गणतान्त्रिक व्यवस्थाको रक्षाका लागि भन्दै प्रदर्शन गर्दै छ ।

प्रसाईंको माग र आन्दोलनबाट तर्सिएका प्रमुख दलका शीर्ष नेता अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र नभएको निष्कर्षमा पुगेका छन् । उनीहरू जसरी पनि प्रसाईंको आन्दोलन नियन्त्रण गर्ने पक्षमा देखिएका छन् । तर, प्रसाईं भने आन्दोलनकै भरमा राजतन्त्र स्थापना गर्ने रणनीतिसहित सडक संघर्षमा उत्रेका छन् ।

You might also like

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हजारौंको बलिदानीबाट प्राप्त व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै भएको दाबी गरेका छन् । बुधबार शंखधर दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्डले अहिलेको परिवर्तन साना दुःखले नआएको भन्दै त्यसलाई उल्टाउन खोज्ने सपना नदेख्न चेतावनीसमेत दिए ।

‘आजको परिवर्तन साना दुःखले आएको होइन, यो व्यवस्थाका निम्ति हजारौंले रगत बगाएका छन्, हजारौंले जेलनेल भोगेका छन् । लाखौं जनताले संघर्ष गरेका छन्, यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने ।

पराजित भइरहेका ‘सामन्ती तत्वहरूले अन्तिमपटक टाउको उठाउन’ खोज्नु संसारकै नियम भएकाले सोहीनुसार अहिले पनि त्यही कोसिस भइरहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘यस्तो दुस्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्नेछ ।’

एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई प्रतिगमनतर्फ जानका लागि अनुकूल वातावरण सत्तारूढ दलले नै बनाएको दाबी गरेका छन् ।

ओलीले वर्तमान सरकारले मुलुकको अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउने सम्भावना नरहेको दाबीसमेत गरे । प्रसाईंविरुद्धको आन्दोलनमा होमिएका युवासंघका नेतालाई ओलीले व्यवस्थाविरोधी आन्दोलनको डटेर सामना गर्न यसअघि नै निर्देशन दिइसकेका छन् । प्रसाईंको आन्दोलनमा सहभागी हुन भन्दै विभिन्न ठाउँबाट काठमाडौं आएका सर्वसाधारणलाई होटल, गेस्टहाउसबाट लखेटिएको भिडियो सार्वजनिक भएपछि ओलीले त्यसमा आफ्ना नेता कार्यकर्ता कसैको सहभागिता नरहेको स्पष्टीकरण दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भएको भन्दै त्यसलाई प्रतिवाद गर्नका निम्ति मानसिक र भौतिक रूपमा तयार हुनुपर्ने बताएका छन् ।

प्रसाईंसहितका व्यक्तिहरूले काठमाडौंमा बृहत् जनप्रदर्शन गर्ने नाममा व्यवस्था र संविधानमाथि धावा बोल्ने प्रयत्न भएको बताउँदै अध्यक्ष नेपालले भने, ‘व्यवस्थामाथि नै चुनौती दिने कुरा स्वीकार्य छैन ।’

आफ्नो पार्टी संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान २०७२ तथा विभिन्न जनआन्दोलनबाट हासिल सम्पूर्ण उपलब्धिहरूको रक्षाका निम्ति जुनसुकै मूल्य चुकाउन तयार रहेको बताए ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पीडामा रहेका मानिसलाई संगठित गरेर दुरुपयोग गर्ने शक्ति देखापरेको टिप्पणी गरेका छन् । पछिल्ला दिनहरूको राजनीतिक गतिविधिलाई लक्षित गर्दै महामन्त्री थापाले सो टिप्पणी गरेका हुन् ।

‘मानिसहरूको पीडा जसका ’दयगतमा हामीले चिन्ता गर्नुपर्ने नै छ, त्यसको कति दोषी हामी पनि छौं, चर्चा गरौंला तर यसलाई संगठित गरेर यसलाई दुरुपयोग गर्ने शक्ति हामी देख्दै छौं,’ महामन्त्री थापाले भने । त्यसअघि थापाले जनता पीडामा रहेको सत्य रहे पनि व्यवस्था नै गलत भन्ने तर्क गर्नेहरूसँग सचेत हुन पनि अपिल गरेका छन् ।

महामन्त्री थापाले त्यस्तो समूहले आममानिसलाई प्रतिनिधित्व नगर्ने पनि उल्लेख गरेका छन् ।

प्रसाईंको आन्दोलन असफल बनाउने
संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई नै चुनौती दिँदै आन्दोलनकै भरमा राजतन्त्र फर्काउने भन्दै आन्दोलनमा उत्रिएका दुर्गा प्रसाईंको आन्दोलन जसरी पनि असफल बनाउनुपर्ने निष्कर्षमा प्रमुख दलका शीर्ष नेताहरू पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीले यस ’दयगतमा गोप्य छलफल गरेका छन् । प्रसाईंको आन्दोलनविरुद्ध एकैठाउँमा उभिएका यी नेताहरू उनको आन्दोलन जसरी पनि असफल बनाउनेगरी सरकार अगाडि बढ्नुपर्ने सुझावसमेत दिएका छन् ।

प्रसाईंले आन्दोलन घोषणा गरेपछि निरन्तर संवाद र भेटघाटमा जुटेका शीर्ष नेताहरू प्रसाईंको आन्दोलनलाई असफल बनाउनुपर्नेमा सहमत छन् । शीर्ष तीन नेताका बीचमा प्रसाईंको आन्दोलनलाई कसरी नियन्त्रण गर्ने ’दयगतमा दिनहुँ घण्टौं छलफल भइरहेको स्रोतको दाबी छ ।

गणतन्त्र नै फाल्ने र राजतन्त्र स्थापना गर्ने उद्घोषसहित प्रसाईंले ‘४० करोड खर्चेर’ काठमाडौंमा ‘लाखौं मान्छे उतार्ने’ दाबी गरेका छन् । आज ७ मंसिरमा हुने भनिएको कार्यक्रमका लागि काठमाडौंका सुन्धारा, बागबजार, धुम्बाराहीलगायत क्षेत्रका अधिकांश होटल उनले बुक गरिसकेका छन् ।

‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाऊ महाअभियान’ नाम दिइएको कार्यक्रमका लागि प्रसाईंले मुलुकभरबाट काठमाडौंमा लाखौं मान्छे जम्मा पार्ने दाबी गरेका छन् ।

सोही दिन एमालेनिकटको राष्ट्रिय युवासंघले समेत शक्ति प्रदर्शन गर्न लागेको छ । दुवै पक्षको प्रदर्शनलाई ध्यान दिँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यक्रमका लागि दुवै पक्षलाई ठाउँ तोकिदिएको छ । दुवैले रोजेको माइतीघर ‘कुरुक्षेत्र’ हुनसक्ने भएकाले प्रशासनले सो क्षेत्रमा ३० मंसिरसम्म ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । साथै प्रसाईं पक्षलाई बल्खु र युवासंघ पक्षलाई तीनकुनेमा आन्दोलनका लागि ठाउँ तोकिएको छ ।

एमालेका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका प्रसाईंको सम्बन्ध प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग बिग्रिएपछि राजतन्त्रको पक्षमा उभिएका छन् । प्रचण्ड र ओलीसँग विगतमा राम्रो सम्बन्ध भएका प्रसाईंले पछिल्लो समय दुवै नेतालाई सार्वजनिक रूपमै आलोचना गर्दै पूर्वराजाको वकालत गर्दै आएका छन् ।

१ फागुन २०७९ देखि प्रसाईंले ‘नागरिक बचाऊ अभियान’ थालेका थिए । प्रसाईं र युवासंघका इन्चार्ज महेश बस्नेतले एकअर्काको विरोध गर्दै प्रदर्शन गर्ने दिन र ठाउँ जुधाएर राख्न थालेपछि सरकार, प्रशासनका साथै धेरैको ध्यान तानेको छ ।

झापासहित कतिपय जिल्लामा जनस्तरमा पनि प्रसाईंले राम्रो समर्थन बटुलेको देखिन्छ । जम्माजम्मी आठ महिनामा प्रसाईंले यत्रो शक्ति कसरी आर्जन, सञ्चय गरे रु उनको पछाडि को छ रु धेरैमा यस्तो जिज्ञासा छ । ओलीनिकट मानिने बस्नेतसँगसमेत प्रसाईंको विगतमा राम्रो दोस्ती थियो । ओली, बस्नेत दुवैसँग प्रसाईंको सम्बन्ध पछिल्लो समय बिग्रिएको उनीहरूको गतिविधिबाटै पुष्टि हुन्छ । विगतमा गणतन्त्रवादी रहेका प्रसाईं उनीहरूसँगको सम्बन्ध बिग्रिएकै कारण राजावादी बनेको कतिपयको बुझाइ छ । – राजधानी दैनिकबाट

Related

Previous Post

हामी देशलाई प्रतिगमनतर्फ जान दिँदैनौँ : एमाले अध्यक्ष ओली

Next Post

मध्यरातमा मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प

Sambridinews

Sambridinews

Related Posts

कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल
FEATURED

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा
TOP STORIES

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो
FEATURED

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य घट्याे

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
Next Post
मध्य रातमा भूकम्पको धक्का मकवानपुर केन्द्रविन्दु

मध्यरातमा मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

बुधबार, जेष्ठ २, २०८१
पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित

पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित

बुधबार, पुस ९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

शुक्रबार, माघ ३, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

शुक्रबार, माघ ३, २०८२
एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल
FEATURED

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

शुक्रबार, माघ ३, २०८२
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा
TOP STORIES

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा

शुक्रबार, माघ ३, २०८२
आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो
FEATURED

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य घट्याे

शुक्रबार, माघ ३, २०८२
नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभा सम्पन्न

शुक्रबार, माघ ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In