Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

हामी देशलाई प्रतिगमनतर्फ जान दिँदैनौँ : एमाले अध्यक्ष ओली

Sambridinews by Sambridinews
बिहिबार, मंसिर ७, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
हामी देशलाई प्रतिगमनतर्फ जान दिँदैनौँ : एमाले अध्यक्ष ओली
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको रक्षाका लागि जस्तोसुकै कदम चाल्न पार्टी तयार रहेको बताउनुभयो । अध्यक्ष ओलीले देशलाई सङ्कटको अवस्थाबाट बचाउन पार्टी शान्तिपूर्ण आन्दोलनमा जानुपर्ने आवश्यकता आफूले देखिरहेको बताउनुभयो । 
नेकपा (एमाले) केन्द्रीय कमिटीको छैटौं बैठकलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीले घोषणा गरेको मध्यपहाडि(पुष्पलाल) लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्रा सम्पन्न गरिसकेपछि शान्तिपूर्ण आन्दोलनको आवश्यकता महसुस भइरहेको बताउनुभयो ।
 वर्तमान गठबन्धन सरकारले प्रतिगमनको चाहना राख्नेहरूलाई हौसला प्रदान गरिरहेको वताउँदै उहाँले भन्नुभयो– हामी देशलाई पछाडि फर्कन दिँदैनौं, प्रतिगमनतर्फ जान दिँदैनौं, यो एमालेको उद्घोष हो ।

देशलाई निकास र राजनीतिलाई दिशा दिनु आवश्यक भएको बताउँदै अध्यक्ष ओलीले देशलाई अगाडि बढाउन जनपरिचालन, जनशक्तिको प्रयोग गर्नुपर्ने हुनसक्छ भन्नुभयो । 
यो देश हामीले बनाएनौं भने अरू कसैले बनाउँदैन भन्दै अध्यक्ष ओलीले केन्द्रीय कमिटीका सदस्यहरूलाई एकताबद्ध, अनुशासित र सक्रियताका साथ पार्टीले तय गरेको मिसन–२०८४ सफल पार्ने  दिशामा अगाडि बढ्न आग्रह गर्नुभयो ।  
उहाँले देशको सार्वभौम सत्ता, स्वाधीनतामाथि प्रहार हुँदा गठबन्धन मौन रहेको बताउनुभयो । अध्यक्ष ओलीले गठबन्धनको नालायकीका कारण देशको सार्वभौम सत्ता, स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानमाथि प्रहार भएको छ, यो देशका लागि खतरनाक कुरा हो भन्नुभयो । 
वर्तमान सरकारले मुलुकको अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउने सम्भावना नरहेको भनाइ राख्दै अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको सत्ता स्वार्थका कारण मुलुकको स्वाधीनता सबैभन्दा अपहेलित, अपमानित र तिरस्कृत हुन पुगेको बताउनुभयो । 
पछिल्लो अढाई वर्षको बीचमा मुलुकको राष्ट्रिय हित, गौरव र सम्मान धेरै कमजोर हुन पुगेको उहाँको भनाइ छ । वर्तमान सरकारले मुलुकको असंलग्नता र तटस्थतासम्बन्धी परराष्ट्र नीति पनि धरापमा पारेको अध्यक्ष ओलीले बताउनुभयो । 
छिमेकसँगको सम्बन्धका बारेमा अध्यक्ष ओलीले आत्मसमर्पण गरेर, राष्ट्रिय हितलाई तिलाञ्जली दिएर, सार्वभौम सत्तामा ठेस लागेको हेरेर सम्बन्ध सुमधुर हुँदैन भन्नुभयो । उहाँले सत्ता गठबन्धन सरकार राष्ट्रिय हितको रक्षामा होइन, सत्ताको रक्षामा केन्द्रित रहेको बताउनुभयो । यही मङ्सिर १४ गतेदेखि पार्टीले तय गरेको मध्यपहाडि (पुष्पलाल) लोकमार्गको यात्राका सम्बन्धमा चर्चा गर्दै अध्यक्ष ओलीले जनतासँग भेटघाट र जनतालाई सचेत गराउन पार्टीले मध्यपहाडि (पुष्पलाल) लोकमार्ग सचेतना अभियान ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सञ्चालन गर्न लागेको स्पष्ट गर्नुभयो । 
यस यात्राका क्रममा मध्यपहाडमा भएको विकासको अवलोकन गरिने, पलायन भएको युवा शक्तिलाई गाउँमा नै बस्न उत्प्रेरित गर्न सो अभियानले सहयोग गर्ने विश्वास अध्यक्ष ओलीले व्यक्त गर्नुभयो । यसका साथै त्यहाँका स्रोत, साधनको अवस्था, पर्यटकीय सम्भावना लगायतको अवलोकन र छलफल गरिने उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले नेताहरूलाई वामपन्थी एकताको पपुुलिष्ट कुरा नगर्न आग्रह गर्नुभयो । वामपन्थी एकता गर्ने कुरा नयाँ फर्मुला नभएको उहाँको भनाइ छ । 
२०७५ सालमा एकता आवश्यक थियो, गरियो र सरकार गठन गरी हाम्रा नीतिहरू कार्यान्वयन गर्ने अवसर मिल्यो । कालापानी क्षेत्रको भूभाग समेटेर नेपालको नक्शा अद्यावधिक गरियो । सडक लगायत पूर्वाधार निर्माणका धेरै काम भए । तर, त्यसपछि दुईपटक पार्टी फुटेको स्मरण गर्दै अध्यक्ष ओलीले अब आफ्नो शक्ति निर्माण गर्ने हो, बैशाखी खोज्ने होइन भन्नुभयो । 
उहाँले एमालेको नीति र सुप्रिमेसीलाई स्वीकार्नेसँग मात्र एकता हुने बताउनुभयो । 

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

Related

Previous Post

मध्य रातमा भूकम्पको धक्का मकवानपुर केन्द्रविन्दु

Next Post

दुर्गा प्रसाईंको आन्दोलनविरुद्ध मुख्य दल एकै ठाउँमा

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
दुर्गा प्रसाईंको आन्दोलनविरुद्ध मुख्य दल एकै ठाउँमा

दुर्गा प्रसाईंको आन्दोलनविरुद्ध मुख्य दल एकै ठाउँमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल

नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल

बुधबार, साउन १५, २०८२
निजी विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन महानगरको आग्रह

आज र भोली ललितपुरका सबै शैक्षिक संस्था बन्द

मङ्लबार, भदौ २४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In