Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बेलायती प्रधानमन्त्री ऋषि सुनकले प्यालेस्टाइनीहरू समेत हमासको शिकार भइरहेको बताए

Sambridinews by Sambridinews
शुक्रबार, कार्तिक ३, २०८०
in TOP STORIES
0
भारतीय मुलका ४२ बर्षे ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्दै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 काठमाडाैं । हमास समूहसँग जारी युद्धमा इजरायललाई ऐक्यबद्धता जनाउन तेलअबिब पुगेका बेलायती प्रधानमन्त्री ऋषि सुनकले प्यालेस्टाइनीहरू समेत हमासको शिकार भइरहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल पुगेर प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुसँग भेट गरेको दोस्रो दिन बेलातयी प्रधानमन्त्री सुनक पनि तेलअबिब पुगेका हुन् ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

संवृद्ध मुलुकपछि दुईदिन बिदा

भेटवार्तापछि प्रधानमन्त्री नेतान्याहुसँगको संयुक्त पत्रकार सम्मेलनमा सुनकले ७ अक्टोबरमा हमासले गरेको आक्रमण ‘वर्णन गर्नै नसकिने, डरलाग्दो आतंकवादी गतिविधि’ भएको र बेलायत सधैं इजरायलको साथमा रहेको बताए ।

सुनकले गाजापट्टीको एउटा अस्पतालमा मंगलबार भएको आक्रमणबाट आफू स्तब्ध भएको भन्दै निर्दोष नागरिकले ज्यान गुमाएकोमा शोक व्यक्त गरे । सुनकले नेतान्याहुसँग प्यालेस्टाइनी नागरिक पनि हमासको शिकार भएको भन्दै गाजापट्टीमा सहायता दिने इजरायलको निर्णयको स्वागत गरे ।

‘बेलायतले गाजा क्षेत्रमा सहायता बढाउने छ र त्यहाँका मानिसहरूबाट सकेसम्म छिटो थप समर्थन प्राप्त गर्ने प्रयास गर्नेछ’, उनले भने ।

उनले यस्तो कहालीलाग्दो घडीमा आफू इजरायलको साथीको रूपमा उभिन पाउँदा गर्व महसुस गरिरहेको बताए । ‘हामी तपाईं र तपाईंका जनताको साथमा उभिनेछौं । हामी तपाईंको जित हेर्न चाहन्छौं’, सुनकले पत्रकार सम्मेलनमा भनेका छन्, ‘हामी हमासविरुद्ध लड्ने तपाईंको अधिकारको रक्षा गर्न चाहन्छौं ।’

उनले हिंसा र आतंकवादको चपेटामा बाँचेको इजरायललाई आफ्नो अस्तित्वको रक्षाका हरेक पल लड्नुपर्ने अवस्था रहेको बताए ।

‘बेलायतले अन्तर्राष्ट्रिय कानून अनुसार आफ्नो रक्षा गर्ने इजरायलको अधिकारका साथै हमास विरुद्ध लड्ने अधिकारलाई पूर्ण रूपमा समर्थन गर्दछ’, बेलायती प्रधानमन्त्री सुनकले भने ।इजरायली प्रधानमन्त्री नेतान्याहुले समर्थनका लागि सुनकलाई धन्यवाद व्यक्त गर्दै दोस्रो विश्वयुद्धमा नाजीहरू विरुद्धको लडाइलाई स्मरण गरेका छन् ।

‘आजभन्दा ८० वर्षअघि बेलायतको दुःखको घडीमा सारा संसार तपाईंको साथमा थियो । यो समय हाम्रा लागि सबैभन्दा दुःखको समय हो । संसारको सबैभन्दा कहालीलाग्दो समय हो’, नेतान्याहुले सुनकलाई भने, ‘त्यसैले म तपाईंको समर्थनको सम्मान गर्दछु । हामीले सँगसँगै जित्नुपर्छ ।’

इजरायली प्रधानमन्त्री नेतान्याहुले यो लामो युद्ध भएकाले आफूलाई बेलायतको निरन्तर समर्थन चाहिने बताए । ‘अबका दिनमा यहाँ विभिन्न उतार–चढाव र कठिनाइहरू हुनेछन् । यहाँका मानिसहरू एकजुट छन्’, उनले भने, ‘हामीलाई निरन्तर समर्थन चाहिनेछ ।’

नेतान्याहुले यो इजरायलको मात्र नभई सभ्य र स्वतन्त्र विश्व र आधुनिक अरब राष्ट्रहरूको समेत लडाइ भएको बताए ।

उनले हिजबुल्लाह र इरानले हमासलाई सहयोग गरेको भन्दै विरोध समेत जनाए । बेलायती प्रधानमन्त्री सुनकले इजरायलका राष्ट्रपति आइज्याक हर्जोगसँग पनि भेटवार्ता गरेका छन् ।

Related

Previous Post

गैर आवासीय नेपाली संघको निर्वाचन परिणाम अध्यक्षका मुख्य दुई प्रतिस्पर्धीले निर्वाचन अस्वीकार

Next Post

गणेशमान सिंह राष्ट्रिय टेनिस अर्को महिना

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
गणेशमान सिंह राष्ट्रिय टेनिस अर्को महिना

गणेशमान सिंह राष्ट्रिय टेनिस अर्को महिना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सुनको भाउमा फेरि नयाँ रेकर्ड, मूल्य कती ?

सुनको भाउमा फेरि नयाँ रेकर्ड, मूल्य कती ?

मङ्लबार, चैत्र २७, २०८०
गण्डकी प्रदेशकाे स्थापना दिवसका अवसरमा शुक्रबार प्रदेशभरी सार्वजनिक बिदा

बकर इदको अवसरमा बिहीबार सार्वजनिक बिदा

शुक्रबार, जेष्ठ ८, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In