जंगबहादुरले जोडेको मुलुक
भोजराज घिमिरे जंगबहादुर कुवँरको उदय नेपालको इतिहासमा एउटा नाट्कीय र महत्वपूर्ण घटना थियो । उनी शाही खलक नभएपनि आफ्नो बुद्धिमता ...
भोजराज घिमिरे जंगबहादुर कुवँरको उदय नेपालको इतिहासमा एउटा नाट्कीय र महत्वपूर्ण घटना थियो । उनी शाही खलक नभएपनि आफ्नो बुद्धिमता ...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले स्थानिय सरकारहरुलाई विद्यालय कर्मचारी र बाल शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम तलव ...
९ मंसिर, काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०)मा ब्राजिलको बेलेममा सम्पन्न भएको छ ...
मंसिर ९, काठमाडाैं । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको ...
मंसिर ८, काठमाडाैं । भारतीय सिनेमाका दिग्गज अभिनेता, जो 'ही-म्यान'को नामले परिचित थिए, धर्मेन्द्रको आज (सोमबार) मुम्बईस्थित आफ्नै निवासमा निधन ...
काठमाडौँ / एनआईसी एशिया बैंकका ग्राहकहरूले Chiropractic and Manual Therapy Centre मा सेवा लिँदा विशेष छुट पाउने भएका छन् । बैंकले ...
काठमाडौं । अब कर्पोरेट ग्राहकले खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट लिन, फण्ड ट्रान्सफर गर्न, ईएमआई तिर्न वा तलब भुक्तानी गर्न फरक–फरक प्लेटफर्ममा जानुपर्ने झन्झट हट्दैछ । नेपाली प्रविधि कम्पनी गोक्यो ल्याब्सले यस्ता सबै सेवा एउटै स्थानबाट गर्न मिल्ने गरी ओपन बैंकिङ अवधारणामा आधारित ‘र्यापिड (RAPID)’ नामक एपीआई बैंकिङ प्लेटफर्म सार्वजनिक गरेको छ। यसअघि कर्पोरेट ग्राहकहरूले यी कार्यका लागि विभिन्न बैंक र सफ्टवेयर प्लेटफर्म प्रयोग गर्नुपर्थ्यो, जसले समय र स्रोत दुबै खर्चिलो थियो । तर अब बैंक तथा वित्तीय संस्थाले आफ्नो प्रणालीमा ‘र्यापिड’ एकीकृत गरेपछि प्रयोगकर्ताले आफ्नै सफ्टवेयर वा ईआरपी प्रणालीबाट एउटै प्लेटफर्म प्रयोग गरेर सबै बैंकिङ कार्य गर्न सक्नेछन् । सुरुआती चरणमा ग्लोबल आईएमई बैंकमा खाता रहेका टिग (Tigg) अकाउन्टिङ सफ्टवेयरका प्रयोगकर्ताले र्यापिडको सुविधा पाउनेछन् । प्रयोगकर्ताले ‘Connect with API Banking’ मा गएर आफ्नो बैंक खाता लिंक गर्न सक्नेछन् । र्यापिडले कर्पोरेट बैंकिङ सेवाको प्रवाहमा ठूलो रूपान्तरण ल्याउने गोक्यो ल्याब्सका बिजनेस प्रमुख अशितोष साहले बताए । नयाँ प्रणालीले वित्तीय कामकाजलाई डिजिटल रूपमा एकीकृत गर्दै व्यवसायहरूको समय, लागत र अपरेशनल झन्झट उल्लेखनीय रूपमा घटाउनेछ । ‘सुरूवातमा यो सुविधा ग्लोबल आईएमई बैंकमा लाइभ भएको छअब हामी छिट्टै अन्य प्रमुख बैंकहरू र विभिन्न सफ्टवेयर प्रदायकहरूसँग सहकार्य विस्तार गर्दैछौँ,’ साहले भने। अहिले ग्लाेबल आईएमई बैंकबाट बैंक ब्यालेन्स र बैंक स्टेटमेन्ट सुविधा लाइभ भएकाे छ । बाँकी सुविधाहरू पनि विस्तारै उपलब्ध हुनेछन् । र्यापिडको विस्तारसँगै नेपालको एपीआई बैंकिङ इकोसिस्टमले एकीकृत, सहज र सुरक्षित डिजिटल लेनदेनको नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको साहको भनाइ छ । ग्राहकले सेवा प्रयोग गर्नका लागि बैंकमा गएर एक पटक मात्र मोबाइल बैंकिङ जस्तै फाराम भर्नुपर्नेछ। त्यसपछि सबै कार्य अनलाइनबाटै गर्न सकिनेछ । र्यापिडले ग्राहकको अनुमति (consent) प्रक्रियालाई पनि डिजिटल बनाएको छ, जसले थप सहजता र पारदर्शिता थप्ने छ । सुरक्षाका दृष्टिले र्यापिडमा एण्ड–टु–एण्ड इन्क्रिप्सन, मल्टिलेयर भेरिफिकेशन र अत्याधुनिक सुरक्षा प्रोटोकल प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसले सबै प्रकारका ट्रान्जेक्सनलाई सुरक्षित बनाउनेछ । यस बाहेक ‘र्यापिड’ले एपीआई बैंकिङ अवधारणालाई सुलभ बनाउँदै साना, मझौला तथा ठूला व्यवसायका लागि समान पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ । र्यापिड प्लेटफर्मले बैंकिङ एज ए सर्भिस (BaaS) मोडललाई अघि बढाउने र बैंक, फिनटेक र डिजिटल सेवा प्रदायकबीच सहकार्यलाई नयाँ स्तरमा पुर्याउने अपेक्षा गरिएको छ ।
काठमाडौं । नेपाल सरकारले लागू गरेको नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ (युरो–६) कार्यान्वयनसँगै नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आफ्ना सदस्य ...
काठमाडौं । भारतसँगको सीमामा कडाइ बढेपछि अवैध रूपमा भित्रने अण्डा रोकिएको छ। जसको प्रत्यक्ष प्रभाव नेपालका किसानमाथि सकारात्मक रूपमा देखिएको ...
काठमाडाैं । “स्वस्थ जीवनशैलीका लागि खेलकुुद” भन्ने नारालाई आत्मसाथ गर्दै गरिमा विकास बैंक लिमिटेडद्वारा १९औं वार्षिकोत्सवको शुभ अवसरमा आज मिति ...
| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.