काठमाडाैं । गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो ।
प्रहरीले पाँच जनाको मृत्यु भएको भनेर पुष्टि गरेको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।
बेहुला पक्षका तीनवटा गाडी चढेर टीकाटालो गर्न गएका थिए । तीनवटा गाडीहरुमध्ये एउटा गाडी गएराति १ बजेतिर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार उक्त जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।