काठमाडाैं । मकवानपुरको हेटाैँडा उपमहानगरपालिकाबाट ५४ लाख रुपैयाँ मूल्य बराबरकाे अवैध सुनसहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी मकवानपुरका अनुसार हेटाैँडा-१५ राताेमाटेबाट ५६१ दशमलव ३० ग्राम सुनसहित वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साहलाई पक्राउ गरेको हो ।
सुनको मूल्य करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबर रहेकाे मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । बुधबार बिहान करिब ३ बजेको समयमा प्रहरीले विशेष सूचनाका आधारमा साहलाई पक्राउ गरेको थियो ।
साहले जुत्ताको नोकभित्र उक्त परिमाणमा सुन लुकाएर ल्याएकाे प्रहरीले जनाएकाे छ ।
खाडी मुलुक, चीन र तिब्बतबाट तस्करी हुने गरेको सुन मकवानपुरकाे बाटाे हुँदै भारतीय बजार पुग्ने गरेकाे प्रहरीकाे अनुसन्धानबाट खुलेकाे थियाे ।