Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, November 25, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

स्वर्णिम होटल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न,सबल व्यवस्थापन र खर्च नियन्त्रणसँगै २.४० करोड खुद नाफा आर्जन

Sambridinews by Sambridinews
बुधबार, मंसिर १०, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
स्वर्णिम होटल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न,सबल व्यवस्थापन र खर्च नियन्त्रणसँगै २.४० करोड खुद नाफा आर्जन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — स्वर्णिम होटल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा मंसिर ९ गते शेयरधनीहरु उल्लेख्य सहभागितामा काठमाडौंमा भब्यरुपमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८२/८३ मा देशभित्रको राजनीतिक अस्थिरता, भदौ महिनाको जेन–जी आन्दोलन र अन्तर्राष्ट्रिय भूराजनीतिक तनावका कारण पर्यटन तथा होटल क्षेत्र दबाबमा परेको देखिए पनि स्वर्णिम होटल लिमिटेडले वित्तीय अनुशासन र खर्च कटौतीको रणनीतिमार्फत उल्लेखनीय वित्तीय पुनरागमन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा खुद घाटामा रहेको कम्पनीले समीक्षा अवधिमा २ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको कम्पनीको तेस्रो वार्षिक प्रतिवेदनमा उल्लेख छ।

सञ्चालन आम्दानीमा सामान्य संकुचन आए पनि कर्जाको भार ५० प्रतिशतभन्दा बढीले घटाउनु, वित्तीय लागत नियन्त्रण गर्नु तथा सञ्चालन दक्षता अभिवृद्धि गर्नु नै नाफामा फर्कनुको मुख्य आधार बनेको प्रतिवेदनमा जनाइएको छ।

You might also like

विशिष्टीकृत जलन उपचारमा नयाँ आयाम: नबिल बैंक र धुलिखेल अस्पतालको सहकार्यमा ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा

पोखरामा शाओमीले ल्यायो स्मार्ट होम अप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर

पुर्वी नेपालकाे सिमा क्षेत्रमा भूकम्पकाे धक्का

मुख्य वित्तीय तथा व्यावसायिक झलक

  • नाफामा पुनरागमन: सञ्चालन आम्दानी अघिल्लो वर्षको २३.१८ करोड रुपैयाँबाट घटेर २०.९५ करोड रुपैयाँमा सीमित भए तापनि कम्पनीले खुद घाटाबाट उक्लिँदै २.४० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
  • सञ्चालन नाफामा सुधार: सञ्चालन खर्च १७.४४ करोड रुपैयाँबाट घटेर १४.२७ करोड रुपैयाँ कायम हुँदा सञ्चालन मुनाफा ५.७६ करोड रुपैयाँबाट बढेर ६.६८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९२ लाख रुपैयाँले बढी हो।
  • कर्जा र वित्तीय खर्चमा तीव्र कटौती: बैंक तथा वित्तीय संस्थाको कर्जा आकार ५० प्रतिशतभन्दा बढीले घटाइएको छ। ब्याजदर परिवर्तन र वित्तीय लागत व्यवस्थापनका कारण वित्त खर्च ९.२९ करोड रुपैयाँबाट घटेर २.११ करोड रुपैयाँमा झरेको छ।
  • अन्तर्राष्ट्रिय सम्मान: होलिडे इन एक्सप्रेस काठमाडौँले ‘ग्लोबल टुरिजम एक्सिलेन्स अवार्ड्स २०२६’ अन्तर्गत ‘बेस्ट ग्रुप लेजर होटल इन नेपाल’ (Best Group Leisure Hotel in Nepal) को प्रतिष्ठित सम्मान प्राप्त गरेको छ।

विस्तार, पूँजी र आगामी योजना

कम्पनीले ‘फेज–२’ अन्तर्गत निर्माण भइरहेको सहायक भवन (Ancillary Building) को सिभिल कार्य करिब ९५ प्रतिशत सम्पन्न गरिसकेको छ। उक्त भवनमा ३००–३०० जना क्षमताका दुई आधुनिक ब्याङ्क्वेट हल, जिम, स्पा तथा स्विमिङ पुलसहितका सुविधा सञ्चालनमा ल्याइनेछ, जसले कम्पनीको व्यावसायिक क्षमता र आम्दानीमा विविधीकरण ल्याउने अपेक्षा गरिएको छ। साथै, निर्माणाधीन नयाँ भवन र सञ्चालन कार्य सम्पन्न भएपछि होटललाई ‘होलिडे इन एक्सप्रेस’ बाट ‘होलिडे इन एक्सप्रेस एण्ड सुइट्स’ मा स्तरोन्नति गर्ने योजनासमेत लिइएको छ।

प्रतिवेदनअनुसार हाल कम्पनीको चुक्ता पूँजी १५ करोड २० लाख रुपैयाँ कायम रहेको छ, जुन जारी पूँजी १९ करोड रुपैयाँको ८० प्रतिशत हो। बाँकी २० प्रतिशत अर्थात् ३ करोड ८० लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा निष्कासन गर्ने प्रक्रियासँगै चुक्ता पूँजी जारी पूँजी बराबर पुग्ने जनाइएको छ।

संस्थापक शेयरधनीतर्फ नरेश लाल श्रेष्ठको स्वामित्व ३.०१ प्रतिशत, सगुना श्रेष्ठको १९.९५ प्रतिशत, महेश्वर श्रेष्ठ (सिन्या) को १३.८९ प्रतिशत, निलिमा श्रेष्ठको ५.३१ प्रतिशत, सन्देश श्रेष्ठको ७.७८ प्रतिशत, संगम श्रेष्ठको ४.८५ प्रतिशत, संगीता अमात्यको २.६७ प्रतिशत, राजु श्रेष्ठको १.०५ प्रतिशत, सपना सापकोटाको १.३२ प्रतिशत, नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको २०.५२ प्रतिशत र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ५.०६ प्रतिशत शेयर हिस्सा रहेको प्रतिवेदनमा उल्लेख छ।

सञ्चालक समितिले आगामी दिनमा कर्जाको भार अझै घटाउने, वित्तीय तथा सञ्चालन खर्च नियन्त्रण गर्ने, सेवाको गुणस्तर बढाउने र दीर्घकालीन व्यावसायिक स्थायित्व कायम राख्ने रणनीति अघि सारेको छ।

Related

Previous Post

विशिष्टीकृत जलन उपचारमा नयाँ आयाम: नबिल बैंक र धुलिखेल अस्पतालको सहकार्यमा ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा

Sambridinews

Sambridinews

Related Posts

विशिष्टीकृत जलन उपचारमा नयाँ आयाम: नबिल बैंक र धुलिखेल अस्पतालको सहकार्यमा ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा
FEATURED

विशिष्टीकृत जलन उपचारमा नयाँ आयाम: नबिल बैंक र धुलिखेल अस्पतालको सहकार्यमा ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा

by Sambridinews
बुधबार, मंसिर १०, २०८३
पोखरामा शाओमीले ल्यायो स्मार्ट होम अप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर
FEATURED

पोखरामा शाओमीले ल्यायो स्मार्ट होम अप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर

by Sambridinews
मङ्लबार, मंसिर ९, २०८३
सिन्धुपाल्चोक र चीन सीमाना नजिकै ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प
TOP STORIES

पुर्वी नेपालकाे सिमा क्षेत्रमा भूकम्पकाे धक्का

by Sambridinews
मङ्लबार, मंसिर ९, २०८३
मुख्यमन्त्री कोहलपुर गोल्डकप
FEATURED

आजदेखि १०औं राष्ट्रिय खेलकुदका खेल सुरुहुदै

by Sambridinews
मङ्लबार, मंसिर ९, २०८३
प्रधानमन्त्रीले बालेन भारतको दुई दिने भ्रमण सकेर स्वदेश फिर्ता : ६ परियोजना तीन शिलान्यास
FEATURED

प्रधानमन्त्रीले बालेन भारतको दुई दिने भ्रमण सकेर स्वदेश फिर्ता : ६ परियोजना तीन शिलान्यास

by Sambridinews
सोमवार, मंसिर ८, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

थापाले विश्व आईटीएफमा खेल खेलाए

थापाले विश्व आईटीएफमा खेल खेलाए

आइतवार, अशोज २६, २०८२
फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

मङ्लबार, कार्तिक १८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

स्वर्णिम होटल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न,सबल व्यवस्थापन र खर्च नियन्त्रणसँगै २.४० करोड खुद नाफा आर्जन
FEATURED

स्वर्णिम होटल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न,सबल व्यवस्थापन र खर्च नियन्त्रणसँगै २.४० करोड खुद नाफा आर्जन

बुधबार, मंसिर १०, २०८३
विशिष्टीकृत जलन उपचारमा नयाँ आयाम: नबिल बैंक र धुलिखेल अस्पतालको सहकार्यमा ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा
FEATURED

विशिष्टीकृत जलन उपचारमा नयाँ आयाम: नबिल बैंक र धुलिखेल अस्पतालको सहकार्यमा ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा

बुधबार, मंसिर १०, २०८३
पोखरामा शाओमीले ल्यायो स्मार्ट होम अप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर
FEATURED

पोखरामा शाओमीले ल्यायो स्मार्ट होम अप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर

मङ्लबार, मंसिर ९, २०८३
सिन्धुपाल्चोक र चीन सीमाना नजिकै ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प
TOP STORIES

पुर्वी नेपालकाे सिमा क्षेत्रमा भूकम्पकाे धक्का

मङ्लबार, मंसिर ९, २०८३
मुख्यमन्त्री कोहलपुर गोल्डकप
FEATURED

आजदेखि १०औं राष्ट्रिय खेलकुदका खेल सुरुहुदै

मङ्लबार, मंसिर ९, २०८३
प्रधानमन्त्रीले बालेन भारतको दुई दिने भ्रमण सकेर स्वदेश फिर्ता : ६ परियोजना तीन शिलान्यास
FEATURED

प्रधानमन्त्रीले बालेन भारतको दुई दिने भ्रमण सकेर स्वदेश फिर्ता : ६ परियोजना तीन शिलान्यास

सोमवार, मंसिर ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In