Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, November 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मोल्निया पावर लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न: आर्थिक वर्ष २०८३/८४ देखि लाभांश वितरण गर्ने योजना सार्वजनिक

Sambridinews by Sambridinews
बुधबार, मंसिर ३, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
मोल्निया पावर लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न: आर्थिक वर्ष २०८३/८४ देखि लाभांश वितरण गर्ने योजना सार्वजनिक
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । मंसिर २,मोल्निया पावर लिमिटेडको २७औँ वार्षिक साधारणसभा सिद्धार्थ कटेज रेस्टुरेन्ट, तिनकुने काठमाडौंमा शेयरधनीहरुको उपस्थितिमा सञ्चालक समितिका अध्यक्ष श्री अशोक कुमार खड्काज्यूको अध्यक्षतामा भब्यरुपमा सम्पन्न भएको छ। साधारणसभामा कम्पनीको हालसम्मको प्रगति विवरण, आर्थिक वर्ष २०८२/०८३ को कार्यसम्पादन, आगामी रणनीति तथा वित्तीय विवरण प्रस्तुत गरिएको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष खड्काले कम्पनी प्रति निरन्तर विश्वास, साथ र सहयोग पुर्‍याउनुहुने सम्पूर्ण शेयरधनी महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्नु भएको छ ।

You might also like

नेपालमा कफी उत्पादन ऐतिहासिक उचाइमा: आर्थिक वर्ष २०८२/८३ मा ७९० मेट्रिक टन उत्पादन

मंसिर ५ र ६ गते ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ हुँदै, नेपाली प्रविधि र स्टार्टअपलाई विश्व बजारसँग जोडिने

रेडियन्ट कप बास्केटबल भोलिदेखि

कम्पनीका हालसम्मका मुख्य प्रगतिहरू:

१. माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना (१४.३ मे.वा.):

  • कम्पनीको स्वामित्वमा रहेको यस आयोजनाको निर्माण कार्य सम्पन्न भई मिति २०८० माघ २८ गतेदेखि व्यावसायिक उत्पादन सुरु भइसकेको छ।
  • यस आयोजनाले Initial Public Offering (IPO) निष्कासन गरी नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई दोस्रो बजारमा समेत कारोबार भइरहेको छ।
  • यसका साथै, कम्पनीले मध्य मैलुङ खोला जलविद्युत आयोजना (१३ मे.वा.) र माथिल्लो मैलुङ-बि जलविद्युत आयोजना (१७ मे.वा.) को विकास निर्माण समेत अगाडि बढाउनेछ जसको विस्तृत अध्ययन भई PPA (विद्युत खरिद सम्झौता) गर्ने अन्तिम चरणमा रहेको छ। रु. १ अर्ब अधिकृत पुँजी रहेको माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडमा यस कम्पनीबाट शेयर बापत रु. ७ करोड ४० लाख २५ हजार लगानी भइसकेको छ।

२. घाटगंगा अर्धलाशययुक्त जलविद्युत आयोजना (५१.५ मेगावाट):

  • सुदूरपश्चिम प्रदेश बझाङ जुम्ला जिल्ला, सैपाल गाउँपालिकामा अवस्थित यस आयोजनामा ५१ प्रतिशतसम्मको परिधिभित्र रही कम्पनीको लगानी रहनेछ।
  • विभिन्न चरणमा किस्ताबन्दीको रूपमा हालसम्म करिब रु. १८ करोड ५० लाख लगानी गरिइसकेको छ।
  • आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भई नेपाल विद्युत प्राधिकरणसँग इनर्जी लिङ्किङ र ग्रिड कनेक्सन सम्झौता भइसकेको छ भने वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) अन्तिम चरणमा छ। प्रारम्भिक अध्ययन अनुसार क्षमता ६२ मेगावाटसम्म वृद्धि गर्न सकिने देखिएकोले विस्तृत आयोजना प्रतिवेदन (Detail Design Report) को कार्य अगाडि बढाइएको छ।

३. मुगु जलविद्युत आयोजना (२२० मेगावाट क्षमताको जलाशययुक्त):

  • कर्णाली प्रदेश, मुगु जिल्लामा अवस्थित यस आयोजनाको लाइसेन्स प्राप्त गर्ने प्रक्रिया अगाडि बढाइएको छ।
  • यस आयोजनाको लाइसेन्ससम्बन्धी प्रक्रिया अगाडि बढाउने क्रममा कम्पनीले हालसम्म रु. १ करोड ५० लाख लगानी गरिसकेको छ।
  • आयोजना शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पर्ने भएकाले केही जटिलता रहे पनि सरकारबाट वातावरणीय प्रतिकूल असर नपर्ने आयोजनाहरूलाई प्राथमिकता दिने नीतिअनुसार यसलाई सफलतापूर्वक अगाडि बढाइने लक्ष्य लिइएको छ।

भविष्यको रणनीति तथा वित्तीय योजना:

  • लाभांश वितरण: कम्पनीले आर्थिक वर्ष २०८३/८४ देखि नै लाभांश वितरण गर्न सक्षम हुने र शेयरधनीहरूलाई तत्पश्चात् निरन्तर लाभांश दिन सक्ने अवस्थामा पुर्‍याउने योजना बनाएको छ।
  • साधारण जनताका लागि शेयर निष्कासन: आर्थिक वर्ष २०८४/८५ मा सर्वसाधारणलाई समेत कम्पनीमा समाहित गर्न प्राथमिक पुँजी निष्कासन (IPO) का लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति लिन पहल गरिनेछ।
  • सञ्चालक समिति पुनर्गठन: सोपान ग्रुपको ऊर्जासँग सम्बन्धित कम्पनीहरूको प्रतिबिम्बको रूपमा प्रस्तुत गर्ने मनसायले सञ्चालक निर्माणमा सहयोग गर्न ७ जनाको नयाँ सञ्चालक समिति गठन गरिएको छ:
    1. श्री अशोक कुमार खड्का (सञ्चालक अध्यक्ष)
    2. डा. श्री वीरेन्द्र प्रसाद महतो (सञ्चालक)
    3. डा. ई. श्री तारा प्रसाद पोख्रेल (सञ्चालक)
    4. डा. ई. श्री बसन्त चन्द्र मरहट्टा (सञ्चालक)
    5. ई. श्री बदनलाल न्याछ्यों (सञ्चालक)
    6. श्रीमती लक्ष्मी गुरूङ (सञ्चालक)
    7. श्री अधिवक्ता सिताराम अधिकारी (सञ्चालक)

सभाले लेखापरीक्षण प्रतिवेदन सहितका प्रस्तावहरूलाई पारित गर्दै आगामी दिनमा ऊर्जा क्षेत्रमा लगानी थप विस्तार गर्ने अङ्गीकारका साथ साधारणसभा सम्पन्न भएको थियो ।

Related

Previous Post

नेपालमा कफी उत्पादन ऐतिहासिक उचाइमा: आर्थिक वर्ष २०८२/८३ मा ७९० मेट्रिक टन उत्पादन

Sambridinews

Sambridinews

Related Posts

नेपालमा कफी उत्पादन ऐतिहासिक उचाइमा: आर्थिक वर्ष २०८२/८३ मा ७९० मेट्रिक टन उत्पादन
FEATURED

नेपालमा कफी उत्पादन ऐतिहासिक उचाइमा: आर्थिक वर्ष २०८२/८३ मा ७९० मेट्रिक टन उत्पादन

by Sambridinews
मङ्लबार, मंसिर २, २०८३
मंसिर ५ र ६ गते ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ हुँदै, नेपाली प्रविधि र स्टार्टअपलाई विश्व बजारसँग जोडिने
FEATURED

मंसिर ५ र ६ गते ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ हुँदै, नेपाली प्रविधि र स्टार्टअपलाई विश्व बजारसँग जोडिने

by Sambridinews
मङ्लबार, मंसिर २, २०८३
रेडियन्ट कप बास्केटबल भोलिदेखि
TOP STORIES

रेडियन्ट कप बास्केटबल भोलिदेखि

by Sambridinews
मङ्लबार, मंसिर २, २०८३
नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित
FEATURED

नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित

by Sambridinews
मङ्लबार, मंसिर २, २०८३
आइओएफटिसीमा सहभागी हुने अफिसियलको विदाइ
TOP STORIES

आइओएफटिसीमा सहभागी हुने अफिसियलको विदाइ

by Sambridinews
सोमवार, मंसिर १, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सूर्यविनायक नगरपालिकाले टोल विकासका लागि निवेदन माग

भक्तपुरको बालकोटमा निःशुल्क आँखा शिविर बस्दै

सोमवार, साउन १२, २०८२
कोहलपुर माइलमा समिर र चेतना बने विजेता

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

शनिबार, असार २७, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मोल्निया पावर लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न: आर्थिक वर्ष २०८३/८४ देखि लाभांश वितरण गर्ने योजना सार्वजनिक
FEATURED

मोल्निया पावर लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न: आर्थिक वर्ष २०८३/८४ देखि लाभांश वितरण गर्ने योजना सार्वजनिक

बुधबार, मंसिर ३, २०८३
नेपालमा कफी उत्पादन ऐतिहासिक उचाइमा: आर्थिक वर्ष २०८२/८३ मा ७९० मेट्रिक टन उत्पादन
FEATURED

नेपालमा कफी उत्पादन ऐतिहासिक उचाइमा: आर्थिक वर्ष २०८२/८३ मा ७९० मेट्रिक टन उत्पादन

मङ्लबार, मंसिर २, २०८३
मंसिर ५ र ६ गते ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ हुँदै, नेपाली प्रविधि र स्टार्टअपलाई विश्व बजारसँग जोडिने
FEATURED

मंसिर ५ र ६ गते ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ हुँदै, नेपाली प्रविधि र स्टार्टअपलाई विश्व बजारसँग जोडिने

मङ्लबार, मंसिर २, २०८३
रेडियन्ट कप बास्केटबल भोलिदेखि
TOP STORIES

रेडियन्ट कप बास्केटबल भोलिदेखि

मङ्लबार, मंसिर २, २०८३
नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित
FEATURED

नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित

मङ्लबार, मंसिर २, २०८३
आइओएफटिसीमा सहभागी हुने अफिसियलको विदाइ
TOP STORIES

आइओएफटिसीमा सहभागी हुने अफिसियलको विदाइ

सोमवार, मंसिर १, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In