काठमाडौं । विद्युतीय सवारी (ईभी) ब्रान्ड प्रोटोनको ‘ई.मास ५’ मोडेलले मलेसियामा आयोजित ‘कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस अवार्ड्स २०२६’ मा दुई प्रतिष्ठित उपाधि हात पारेको छ ।
यस सवारीले उपभोक्ताको मतका आधारमा ‘उत्कृष्ट सब-कम्प्याक्ट ह्याचब्याक – पिपुल्स च्वाइस’ र अटोमोबाइल विज्ञहरूको मूल्याङ्कनका आधारमा ‘उत्कृष्ट अफोर्डेबल कार – एडिटर्स च्वाइस’ विधाको अवार्ड जितेको हो । मलेसियाको प्रतिस्पर्धात्मक ईभी बजारमा प्राप्त यो सफलताले सवारीको समग्र गुणस्तर, उपयोगिता, उचित मूल्य र उपभोक्ताको विश्वासलाई प्रमाणित गरेको कम्पनीले जनाएको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र स्मार्ट कनेक्टिभिटीयुक्त ई.मास ५ ले विद्युतीय सवारीलाई आम उपभोक्ताको पहुँचमा पुर्याउने प्रोटोनको लक्ष्यलाई थप बलियो बनाएको छ ।
नेपालमा पनि प्रविधिमैत्री र किफायती विद्युतीय सवारीको माग बढ्दो क्रममा रहेकाले यो अन्तर्राष्ट्रिय उपलब्धिले नेपाली बजारमा प्रवेश गरिरहेको ई.मास ५ को विश्वसनीयता र आकर्षण थप बढाउने अपेक्षा गरिएको छ ।
नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले ‘प्रोटोन ई.मास ७’ को सफल सुरुवातपछि ई.मास ५ भित्र्याएर विद्युतीय मोबिलिटी विस्तारमा अर्को महत्वपूर्ण कदम चालेको जनाएको छ । प्रोटोन मलेसियासँगको सहकार्यमा देशभर बिक्री तथा सेवा सञ्जाल विस्तार गर्दै विश्वस्तरीय प्रविधिलाई नेपाली ग्राहकको पहुँचमा पुर्याउन प्रतिबद्ध रहेको कम्पनीले उल्लेख गरेको छ ।















