काठमाडौँ । नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज तथा एनटी फाइबरमा प्रयोग हुने मेस एपी (Mesh AP) अफरको समयावधि थप गरेको छ । ग्राहकहरूको उच्च मागलाई मध्यनजर गर्दै कम्पनीले दुवै अफरको अवधि आगामी २०८३ पुस ३० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
कम्पनीले गत असोज ८ गतेदेखि मेस एपी र असोज ३० गतेदेखि ३० एमबीपीएसको एनटी फाइबर प्याकेजको वितरण सुरु गरेको थियो । हाल निकै लोकप्रिय बनिरहेको ३० एमबीपीएस गतिको एनटी फाइबर प्याकेज ग्राहकहरूले वार्षिक ४ हजार ९९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, घरको सबै कुनामा सहज रूपमा वाइफाई सिग्नल पुर्याउन प्रयोग हुने मेस एपी ४० प्रतिशत छुटसहित २ हजार ९९९ रुपैयाँमा उपलब्ध गराइएको छ ।
यसैगरी, दसैँ–तिहार अफरका रूपमा ल्याइएको ‘वाईफाई सिक्स इन्डिभिजुअल प्याकेज’ (WiFi 6 Individual Package) अन्तर्गत नयाँ ग्राहकलाई प्रदान गरिएको ३ हजार रुपैयाँ छुटको सुविधा भने आगामी कात्तिक ३० गतेसम्म कायम रहने टेलिकमले जनाएको छ । सो मितिसम्म डिमान्ड पोर्टलमार्फत नयाँ जडानका लागि आवेदन दर्ता गराउने ग्राहकले मात्र यो छुट पाउनेछन् ।
नयाँ जडानको आवेदन दर्ता गर्नका लागि १९८ मा फोन गर्न, नेपाल टेलिकमको मोबाइल एप प्रयोग गर्न वा कम्पनीको पोर्टल (complain.ntc.net.np) मा जान सकिने व्यवस्था गरिएको छ । अफरसम्बन्धी थप विस्तृत जानकारी नेपाल टेलिकमको आधिकारिक वेबसाइट (ntc.net.np) बाट लिन सकिनेछ ।















