Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

साइबर अपराध र चेक बाउन्सका मुद्दा अब सबै जिल्ला अदालतले हेर्न मिल्ने

Sambridinews by Sambridinews
बिहिबार, असार ७, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
साइबर अपराध र चेक बाउन्सका मुद्दा अब सबै जिल्ला अदालतले हेर्न मिल्ने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

असार ७ , साइबर अपराध र चेक बाउन्ससम्बन्धी मुद्दामा काठमाडौं आउनैपर्ने बाध्यता हट्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले साइबर अपराध र चेक बाउन्स कसुरको सुनुवाइ तथा फैसला देशभरका जिल्ला अदालतले गर्न पाउने निर्णय लिएको छ ।

राजपत्रमा प्रकाशित भएपछि निर्णय कार्यान्वयनमा जानेछ । निर्णय कार्यान्वयनसँगै धेरै जाहेरी आउने पीडितले आफ्नै जिल्लाबाट न्याय पाउने सरकारको अपेक्षा छ । महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन ०७८/७९ का अनुसार साइबर अपराधका झन्डै चार सय र बैंकिङ कसुरका एक हजार दुई सय मुद्दा छन् ।

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

मन्त्रिपरिषद्को निर्णयमा विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद ९ मा उल्लेखित कसुरको सुरु कारबाही र किनारा गर्ने अधिकार सबै जिल्ला अदालतलाई तोक्ने उल्लेख छ । उक्त परिच्छेदमा कम्प्युटरसम्बन्धी कसुर तथा सजाय उल्लेख छन् ।

यसमा कम्प्युटर स्रोत संकेतको चोरी, नष्ट वा परिवर्तन गर्न नहुने, कम्प्युटरमा रहने सामग्रीमा अनधिकृत पहुँच बनाउन नहुने, सूचना प्रणालीमा क्षति पु¥याउन नहुनेजस्ता व्यवस्था छन् । ऐनको दफा ४४ देखि ५९ सम्म कसुर र सजायबारे व्यवस्था छ । अब यी सबै जिल्ला अदालतको क्षेत्राधिकारमा परेका छन् ।

विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्ने, गोपनीयता भंग गर्ने, झुटा व्यहोराको सूचना दिने, झुटा प्रमाणपत्र पेस गर्ने, कम्प्युटर जालसाजी गर्ने, कम्प्युटरसम्बन्धी कसुर गर्न दुरुत्साहन गर्नेजस्ता अपराधमा संलग्नलाई गरिने कारबाहीका विषय यस परिच्छेदमा छन् ।

उक्त ऐनको दफा ६०९५० मा भनिएको छ, ‘यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा ९१० बमोजिम न्यायाधिकरण गठन नभएसम्मका लागि परिच्छेद ९ मा उल्लेख भएबमोजिमका कसुरहरूको सुरु कारबाही र किनारा गर्ने क्षेत्राधिकार नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको जिल्ला अदालतलाई हुनेछ ।’ यसअनुसार क्षेत्राधिकार बढाइएको सूचना राजपत्रमा प्रकाशित भएपछि यो व्यवस्था लागू हुनेछ ।

महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन ०७८/७९ अनुसार जिल्ला अदालतहरूमा तीन सय ७० वटा साइबर अपराधका मुद्दा थिए । पछिल्लोपटक महान्यायाधिवक्ताको कार्यालयले यस्ता मुद्दाको क्षेत्राधिकार बढाउन सरकारसँग माग गरेको थियो ।

गत माघको मध्यमा उक्त कार्यालयको समन्वय समितिको बैठकले विद्युतीय अपराधसम्बन्धी मुद्दा हेर्ने क्षेत्राधिकारमा सुधारका लागि कानुन मन्त्रालयलाई औपचारिक रूपमा सुझाव दिँदै पत्राचार गरेको थियो । यसको क्षेत्राधिकार सबै जिल्ला अदालतमा हुने गरी आवश्यक व्यवस्था मिलाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई सुझाव दिएको थियो ।

नेपालमा इन्टरनेटको प्रयोग हालजस्तो व्यापक नभइसकेको अवस्थामा अध्यादेशबाट कानुनको रूप पाएको विद्युतीय कारोबार ऐन, २०६३ अनुसार साइबर अपराध र अनुसन्धान तथा अभियोजनको जनशक्तिसमेत न्यून रहेको हुँदा यसको क्षेत्राधिकार काठमाडौं जिल्ला अदालतसम्म मात्र सीमित थियो । हालको अवस्थामा यसको क्षेत्राधिकारमा विस्तार हुनुपर्ने माग उठिरहेका थिए ।

‘यो निर्णय धेरै राम्रो हो । थुप्रै पीडितले यसबाट सहज न्याय पाउनेछन् । पहिले काठमाडौंमै मुद्दा चल्ने भएपछि सरकारी वकिललाई चाप पनि बढेको थियो,’ सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले भने, ‘नेपालभरि जहाँको भए पनि पीडितले बकपत्रसहितका सबै अदालती कामकारबाहीका लागि काठमाडौं नै आउनुपथ्र्यो । यो निर्णय कार्यान्वयनमा गइसकेपछि जाहेरीमा पनि वृद्धि हुनेछ र पीडितले पनि आफ्नै ठाउँमा बसेर न्याय पाउनेछन् ।’ अनुसन्धान गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले दक्ष जनशक्ति र प्राविधिक क्षमता विस्तार गर्नुपर्ने चुनौती रहेको उनको भनाइ छ ।

त्यसैगरी मन्त्रिपरिषद्को निर्णयअनुसार बैंकिङ कसुरका मुद्दा पनि अब जिल्लाकै क्षेत्राधिकारभित्र आउनेछन् । निर्णयअनुसार बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ को खण्ड ९ग० बमोजिमका कसुरको सुरु कारबाही र किनारा गर्ने अधिकार सबै जिल्ला अदालतलाई दिइएको उल्लेख छ ।

ऐनको उक्त दफामा ‘आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटी दिन’ नहुने व्यवस्था छ । उक्त ऐनको दफा १७ ९१० मा यस्तो कसुर गरेको थाहा पाएको मितिले एक वर्षभित्र जाहेरी दिन सकिने र जाहेरी परेको मितिले ६ महिनाभित्र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अदालतसमक्ष मुद्दा दायर गर्नुपर्ने उल्लेख छ । यस व्यवस्थाअनुसार राजपत्रमा सूचना प्रकाशित भएपछि देशभरका जिल्ला अदालतहरूले चेक बाउन्सका मुद्दामा फैसला गर्न पाउनेछन् ।

ठूलो आर्थिक कारोबार हुने भएकाले धेरैजसो बैंकिङ कसुरका मुद्दा उच्च अदालत पाटनको वाणिज्य इजलासमा दर्ता हुने गरेका थिए । उच्च अदालत पाटनकी उपरजिस्ट्रार मन्दिरा शाहीका अनुसार दैनिक आवश्यकताअनुसार एकदेखि तीनवटासम्म वाणिज्य इजलास बस्ने गरेको थियो । ‘हाम्रो अदालतको वाणिज्य इजलासमा अधिकांश मुद्दा चेक बाउन्सकै आउँथे । झन्डै ८५ प्रतिशत मुद्दा खातामा पर्याप्त रकम नहुँदा चेक काटेको भनी आउँथे,’ उनले भनिन् ।

महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष ०७८/७९ को प्रतिवेदनअनुसार उक्त अवधिमा देशभरका उच्च अदालतहरूमा बैंकिङ कसुरसम्बन्धी एक हजार दुई सय सातवटा मुद्दा थिए ।

Related

Previous Post

राष्ट्रिय स्केटबोर्ड शनिबार

Next Post

अब विदेशबाट आएको रकम एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुविधा

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
अब विदेशबाट आएको रकम एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुविधा

अब विदेशबाट आएको रकम एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुविधा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मन्त्री किरातीले गरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

मैले घुस नखाँदा र नखुवाउँदा पापीहरु बौलाउन थाले : मन्त्री किराँती

आइतवार, जेष्ठ १४, २०८०

सन्दीपलाइ सात दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतकाे अनुमति

सोमवार, अशोज २४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In