ललितपुर । रिज लाइन इनर्जी लिमिटेडको ५औं वार्षिक साधारण सभा कार्तिक १७ गते ललितपुर स्थित कुपण्डोल व्याङक्वेटमा शेयरधनीहरुको वाक्लो उपस्थितिमा भब्यरुपमा सम्पन्न भएको छ । यस साधारण सभामा प्रस्तुत गरिएको सञ्चालक समितिको प्रतिवेदन अनुसार कम्पनीको आर्थिक वर्ष २०८२/०८३ सम्मको समग्र प्रगति विवरण सार्वजनिक गरिएको छ।
मिति २०७४/०९/१३ मा स्थापित यस कम्पनीले गोरखा जिल्लाको अजिरकोट गाउँपालिका वडा नं. २, चेपेखोलामा अवस्थित ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजना निर्माण सम्पन्न गरी मिति २०८०/१०/०८ देखि व्यावसायिक रूपमा सफल उत्पादन गर्दै आएको जानकारी गराईएको छ।
आर्थिक वर्ष २०८२/०८३ को मुख्य वित्तीय तथा व्यापारिक विवरण
- चुक्ता पुँजी: आर्थिक वर्ष २०८१/०८२ मा ९२ करोड ४३ लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८२/०८३ मा वृद्धि भई १ अर्ब १८ करोड ५० लाख रुपैयाँ कायम भएको छ।
- विद्युत उत्पादन: समीक्षा वर्षमा ५,४७,५६,१८५ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएकोमा कम्पनीले ५,५६,५१,२४० युनिट विद्युत उत्पादन गर्न सफल भएको छ। लक्ष्यभन्दा ८,९५,०५५ (१.६३ प्रतिशत) युनिट बढी विद्युत उत्पादन भएको विवरण प्रस्तुत गरिएको छ।
- खुद मुनाफा तथा लाभांश प्रस्ताव: आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट १०.५३ प्रतिशतले हुने रकम रु. १२,४७,३६,८४२.११/- (कर सहित) नगद लाभांश साधारण सभाबाट वितरणका लागि सिफारिस गरिएको छ। त्यस्तै कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत रु. ७,७९,१६,४८५/- छुट्याइएको छ।
लगानी तथा अन्य मुख्य गतिविधिहरू
- अन्य जलविद्युत आयोजनामा लगानी: कम्पनीले काड. हाइड्रोपावर कम्पनी लिमिटेडमा रु. १५ करोड, दुधपोखरी चेपे हाइड्रोपावरमा रु. ५ करोड, एस.एन. इनर्जी लिमिटेडमा रु. २ करोड ५० लाख र क्यापिटल सर्ज लिमिटेडमा रु. २ करोड लगानी गरेको छ।
- भविष्यका योजनाहरू: सुक्खायाममा हुने इनर्जी उत्पादनमा वृद्धि गर्न रु. ४०,१९,२१९ युनिट बढी विद्युत बिक्री गर्ने लक्ष्य राखिएको छ। साथै, मैवा खोला जलविद्युत आयोजना (१२.५०४ मे.वा., ताप्लेजुङ) को सर्वेक्षण अनुमतिपत्र प्राप्त भई अन्य प्रक्रियाहरू अगाडि बढाइएको छ।
- लेखापरीक्षकको नियुक्ति: आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण कार्य सम्पन्न गर्ने टी. कार्की एण्ड एसोसिएट्सलाई धन्यवाद ज्ञापन गर्दै, आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि S. Chapain and Associates लाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव साधारण सभाबाट पास गरिएको छ।














