१७ कात्तिक, काठमाडौं । सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एकजनाकाे मृत्यु भएकाे छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार मृत्यु हुनेमा भारतको तमिलनाडु राज्यको चेन्नाईका ४७ वर्षीय वसन्तकुमार बालारामाडु रहेका छन् ।
दुर्घटनामा परी घाइते हुनेमा भारतीय मूलका न्युजिल्याण्ड नागरिक ४९ वर्षीय सेलियसकुमार पटेल रहेको उनले बताए ।
मंगलबार बिहान फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा ल्याण्डिङको क्रममा ठोक्किएर दुर्घटनामा परेको थियो ।














