काठमाडौँ। आधुनिक जीवनशैलीमा सुरक्षित, सहज र भरपर्दो तातोपानीको बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै KENT ले आफ्ना विभिन्न मोडेलका इलेक्ट्रिक वाटर हिटरहरू नेपाली बजारमा प्रस्तुत गरेको छ। नवीन प्रविधि, उच्च कार्यक्षमता र बहुस्तरीय सुरक्षा प्रणालीसहितका KENT का Polar, ThermoQ र Heatwave सिरिजका वाटर हिटरहरू घरपरिवारको दैनिक आवश्यकताअनुरूप डिजाइन गरिएका हुन्।
विशेष गरी जाडो मौसममा नुहाउन, भान्सामा प्रयोग गर्न तथा दैनिक घरायसी कामका लागि तातोपानीको सहज उपलब्धता महत्त्वपूर्ण मानिन्छ। यसै आवश्यकतालाई सम्बोधन गर्न KENT का वाटर हिटरहरूमा आधुनिक तताउने प्रविधि, विशेष सुरक्षा प्रणाली र टिकाउपनलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।
१. Polar सिरिजः आकर्षक डिजाइन र भरपर्दो सुरक्षा KENT Polar इलेक्ट्रिक वाटर हिटर १० लिटर, १५ लिटर र ३० लिटर क्षमतामा उपलब्ध छन्। आकर्षक डिजाइन तथा प्रयोगमैत्री तापक्रम नियन्त्रण सुविधासहित तयार गरिएका यी मोडेलहरूले घरको आवश्यकता र उपलब्ध स्थानअनुसार उपयुक्त विकल्प छनोट गर्न सहज बनाउँछन्।
यस सिरिजमा मुख्य रूपमा:
- सुरक्षा प्रविधि: एन्टी–हाई प्रेसर प्रोटेक्सन, ओभरहिट प्रोटेक्सन, एन्टी–कोरोजन तथा स्केल सुरक्षा।
- स्वास्थ्य र टिकाउपन: एन्टी–ब्याक्टेरियल प्रविधि र उत्कृष्ट ग्लासलाइन कोटिङ।
- विद्युतीय सुरक्षा: विद्युतीय झट्काको जोखिम कम गर्न ELCB (Earth Leakage Circuit Breaker) सुरक्षा प्रणाली।
२. ThermoQ सिरिजः छिटो तताउने र बढी तातोपानीको अनुभव ThermoQ सिरिज पनि १० लिटर, १५ लिटर र ३० लिटर क्षमतामा उपलब्ध छ। यसमा समावेश Heat+ Technology ले सामान्य तताउने प्रक्रियाको तुलनामा २० प्रतिशतसम्म बढी तातोपानी उपलब्ध गराउँछ।
यसमा रहेका प्रविधिहरू:
- Whirlflow Technology: पानीलाई तीव्र गतिमा तताउन मद्दत गर्छ।
- Anti-Bacterial Sterilization: पानीको स्वच्छता र शुद्धता कायम राख्छ।
- Superior Glassline Coating: भित्री ट्याङ्कीको टिकाउपन बढाउनुका साथै क्षरण (रस्ट) रोक्न सहयोग गर्छ।
- ELCB प्रणाली: विद्युतीय झट्काबाट पूर्ण सुरक्षा प्रदान गर्छ।
३. Heatwave सिरिजः दैनिक प्रयोगका लागि व्यावहारिक विकल्प KENT Heatwave सिरिजमा १० लिटर र १५ लिटर क्षमताका वाटर हिटर समावेश छन्। दैनिक घरायसी तातोपानी आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको यस सिरिजमा पनि Heat+ Technology, Whirlflow Technology, Anti-Bacterial Sterilization Technology, Superior Glassline Coating तथा ELCB सुरक्षा प्रणाली जस्ता आधुनिक सुविधाहरू उपलब्ध छन्।
KENT का वाटर हिटर सिरिजहरूमा तताउने कार्यक्षमताका साथै सुरक्षा र टिकाउपनलाई उच्च महत्त्व दिइएको छ। अत्यधिक तापक्रम, उच्च पानीको चाप, क्षरण तथा विद्युतीय जोखिमजस्ता सम्भावित समस्याहरूलाई सम्बोधन गर्न यी उत्पादनहरू सक्षम छन्।
उत्पादनसँग सम्बन्धित वारेन्टीका विवरणहरू सम्बन्धित मोडेल तथा कम्पनीका आधिकारिक वारेन्टी सर्तअनुसार लागू हुनेछन्। KENT का Polar, ThermoQ र Heatwave सिरिजका इलेक्ट्रिक वाटर हिटरहरू आधुनिक नेपाली घरपरिवारका लागि सहजता, प्रभावकारी कार्यक्षमता र सुरक्षाको उत्कृष्ट संयोजन साबित हुने अपेक्षा गरिएको छ।














