१४ कात्तिक, काठमाडौं । प्रहरीविरुद्ध सामाजिक सञ्जाल र सञ्चारमाध्यममा गलत समाचार तथा सन्देश प्रवाह भएको विषयमा प्रधानमन्त्री कार्यालयले चासो देखाएपछि नेपाल प्रहरीले पत्रकारलाई साइबर ब्युरोमा बोलाएको स्पष्टीकरण दिएको छ।
नेपाल प्रहरीले हिजो नयाँ पत्रिका कार्यालयमा साढे २ घण्टा घेराउ गर्दै पत्रकार पक्राउ गर्न खोजेको थियो । केही पत्रकारलाई पक्राउ पछि छाडेको थियो ।
उक्त प्रकरणमा प्रधानमन्त्रीको सचिवालय र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनभिज्ञता प्रकट गरेको थियो । तर प्रहरीले राति वक्तव्य जारी गर्दै प्रधानमन्त्री कार्यालयकै चासो पछि खटिएको प्रस्ट्याएको हो ।
प्रहरीविरुद्ध पछिल्लो समय सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा गलत समाचार र सन्देशहरू निरन्तर प्रचार भइरहेको भन्दै त्यसले प्रहरीको व्यावसायिकता, सर्वसाधारणको विश्वास, सरकार र प्रहरी संगठनबीचको सम्बन्ध तथा अनुसन्धान प्रक्रियामा नकारात्मक असर पार्न सक्ने विषयमा प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेको प्रहरीको भनाइ छ।
पत्रकार पक्राउकाे चाैतर्फी विराेधपछि पक्राउ परेका सबै पत्रकार शुक्रबार तीनघण्टा नियन्त्रण पछि रिहान भएका थिए।












