काठमाडौँ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हालै गएको भीषण बाढीबाट प्रभावित नागरिकहरूका लागि राहत सामग्री तथा नगद आर्थिक सहयोग प्रदान गरेको छ।
मिति २०८३ भाद्र १० गते नुवाकोट, टिमुरे र रसुवामा गएको भीषण बाढीबाट पीडित नागरिकहरूका लागि नाडाले विभिन्न किसिमका राहत सामग्रीहरू उपलब्ध गराएको हो। उक्त राहत सामग्रीहरू मिति २०८३ असोज ३ गते नाडाका कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष नीलमणि पाठकज्यूको नेतृत्वमा गएको नाडा प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय, नुवाकोटसँगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय, नुवाकोटलाई औपचारिक रूपमा हस्तान्तरण गरेका छन्।
यसै सन्दर्भमा, मिति २०८३ भाद्र १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको नाडा प्रतिनिधिमण्डलले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी रू. १० लाख (दस लाख) नगद सहयोग समेत उपलब्ध गराइसकेको छ।
नाडाले विगतका समयदेखि नै आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत यस्ता किसिमका विपत्तिहरूमा सक्दो आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।















