काठमाडौँ। अशोज २, रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा नेपाली चुलो रेष्टुरेन्ट लाजिम्पाटमा शेयरधनीहरुको बाक्लो उपस्थितिमा भब्यरुपमा सम्पन्न भएको छ । रिलायन्स नेपाल भेन्चर क्यापिटल लिमिटेडले कम्पनी ऐन २०६३ को दफा १०९ अनुसार प्रथम वार्षिक साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा रु. २१ लाख ६५ हजार १३० (रु. २१,६५,१३०) आर्जन गरेको छ, जबकी अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनी रु. ४०४,४६५ नोक्सानमा रहेको थियो।
मुख्य वित्तीय सूचकहरू:
- कुल आम्दानी: रु. ४,५४३,९५२ (अघिल्लो आ.व.: रु. २४,५८२)
- कुल संचालन खर्च: रु. २,३७,८२२ (अघिल्लो आ.व.: रु. ४२९,०४७)
- खुद नाफा (नोक्सान): रु. २,१६५,१३० (अघिल्लो आ.व.: रु. -४०४,४६५)
- चुक्ता पुँजी: रु. १४ करोड ५० लाख (रु. १४५,०००,०००)
- प्रति शेयर आम्दानी (EPS): रु. १.१९
- जगेडा तथा कोष: रु. १,३२०,४९९
कारोबार र कोष व्यवस्थापनको अवस्था:
प्रतिवेदन अनुसार कम्पनीको मुख्य उद्देश्य कोष खडा गरी बृहत् रूपमा लगानी गर्नु रहे पनि नेपाल धितोपत्र बोर्ड (SEBON) बाट कोष व्यवस्थापकको अनुमति प्राप्त गर्ने निवेदन अझै प्रक्रियामै रहेको जनाइएको छ। धितोपत्र बोर्डमा नयाँ नेतृत्व आइसकेकाले अध्ययन अन्तिम चरणमा पुगेको र चाँडै स्वीकृति पाउनेमा कम्पनी विश्वस्त देखिन्छ।
मुख्य कारोबार पूर्ण रूपमा सुरु भइनसकेकाले यस वर्ष शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरिएको छ।
यसैबीच, संस्थापक सञ्चालक समितिका अध्यक्ष सुर कृष्ण वैद्य र सञ्चालक कवीन्द्र प्रसाद श्रेष्ठले व्यक्तिगत कारणले राजीनामा दिएपछि नयाँ सञ्चालक समिति गठन गरिएको छ:
- अध्यक्ष: कुशल मल्ली
- सञ्चालकहरू: रामहरि आचार्य, सुवास वैद्य, रोशन कोइराला
- स्वतन्त्र सञ्चालक: ईश्वर मान श्रेष्ठ

















