Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

Sambridinews by Sambridinews
बुधबार, भदौ ३१, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौं समूह र नबिल एसएसई सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन हुँदै आएका   दुवै कार्यक्रमका लागि भदौ ३० गते मंगलबार आवेदन आह्वान गरिएको हो । इच्छुक आवेदकहरूले आगामी असोज २६ गतेसम्म (१२ अक्टोबर २०२६) आवेदन दिन सक्नेछन् ।

You might also like

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

अठार वर्ष उमेर पुगेका र नवीन उद्यमशील सोच भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदनपछि छनोट हुनेले कार्यक्रममा कम्तीमा ९० प्रतिशत उपस्थिति कायम राख्नुपर्ने प्रावधान छ ।

समावेशी तथा दिगो आर्थिक विकासमा योगदान पुर्‍याउने माध्यमका रूपमा उद्यमशीलता प्रवर्द्धन गर्ने प्रतिबद्धतालाई निरन्तरता दिँदै बैंकले यी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बैंकले दिगो उद्यम र रोजगारी सिर्जना गर्नुका साथै बृहत्तर सामुदायिक विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेका महिला, युवा, गरिब, वञ्चित व्यक्ति र सीमान्तकृत समुदायका प्रतिबद्ध तथा सक्षम उद्यमीहरूलाई आवेदन दिन प्रोत्साहन गरिने जनाएको छ ।

नबिल एसएसईमार्फत केवल उद्यममा मात्र नभई, आफ्नो समुदायभित्र दिगो आर्थिक अवसर सिर्जना गर्न सक्ने व्यक्तिहरूको क्षमता विकासमा पनि लगानी गरिरहेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले बताए ।

“सातौं फेलोसिप समूह र सर्टिफिकेट कोर्सका नयाँ समूहका लागि आवेदन खुला गर्दै गर्दा हाम्रो उद्देश्य प्रतिबद्ध उद्यमीहरूको पहिचान गर्ने, उनीहरूको क्षमता अभिवृद्धि गर्ने तथा दिगो उद्यम निर्माण र नेपालको समावेशी आर्थिक विकासमा योगदान पुर्‍याउन आवश्यक ज्ञान, सञ्जाल र उद्यमशीलता इकोसिस्टमसँग उनीहरुलाई जोड्नु हो,” सिइओ ज्ञवालीले भने ।

बैंकका अनुसार फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्समार्फत हालसम्म एक हजार ५८० जना सहभागीलाई तालिम प्रदान गरिसकिएको छ । तालिम लिएकाहरुले ३१८ वटा उद्यम स्थापना गरी १९ हजार ३०३ जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना भइसकेका छन् ।

फेलोसिप कार्यक्रममार्फत हालसम्म सम्पन्न ६ वटा समूहबाट ११३ जना प्रशिक्षित भइसकेका छन् । जसबाट ९३ वटा फेलो-नेतृत्वका उद्यम सञ्चालनमा रहेको बैंकले जनाएको छ । त्यस्तै, सर्टिफिकेट कोर्समार्फत एक हजार ४६७ जना सहभागी लाभान्वित भएका छन् । यसका साथै २२५ वटा उद्यम स्थापना भएको बैंकले जनाएको छ ।

सन् २०२१ मा नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको पहलका रूपमा स्थापित नबिल एसएसई फेलोसिपले आकांक्षी तथा विद्यमान उद्यमीहरूलाई आफ्नो व्यवसाय विकास गर्न आवश्यक ज्ञान, सीप, स्रोत, सञ्जाल तथा वित्तीय पहुँचका अवसरहरू उपलब्ध गराउँदै आएको छ । बैंकका अनुसार, फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई परिपूरक कार्यक्रमहरूमार्फत नबिल एसएसईले व्यावहारिक उद्यमशीलतालाई मार्गदर्शन, अनुभव आदान-प्रदानको अवसर, सहकर्मीहरूसँगको सिकाइ, शैक्षिक साझेदारी र बृहत् उद्यमशील इकोसिस्टमसँगको आबद्धतासँग जोड्ने काम गर्दछ ।

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुने नबिल एसएसई फेलोसिप कार्यक्रम ६ महिनाको उद्यम विकास कार्यक्रम हो । यसले सहभागीहरूलाई आफ्ना उद्यमको विकास, सुदृढीकरण तथा विस्तारका लागि आवश्यक क्षमता अभिवृद्धि गर्न सहयोग पुर्‍याउने बैंकले जनाएको छ ।

त्यसैगरी, नबिल एसएसई सर्टिफिकेट कोर्स करिब तीन महिनाको व्यवहारिक उद्यमशीलता विकास कार्यक्रम हो । जसले विद्यार्थी, आकांक्षी उद्यमी, प्रारम्भिक चरणका संस्थापक तथा सञ्चालनमा रहेका सूक्ष्म तथा साना उद्यमीहरूलाई लक्षित गर्दछ । कार्यक्रमले अवसरको पहिचान, व्यावसायिक अवधारणाको परीक्षण, व्यवहारिक व्यावसायिक मोडल निर्माण गर्न तथा उद्यम सुदृढीकरणका लागि आवश्यक ज्ञान प्रदान गर्दछ।

यस वर्ष सर्टिफिकेट कोर्सका लागि देशभरका १० शैक्षिक कार्यान्वयन साझेदार संस्थामार्फत आवेदन खुला गरिएको छ। कोशी प्रदेशमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, मधेश प्रदेशमा वीरगञ्ज पब्लिक कलेज र मोनास्टिक सेकेन्डरी इंग्लिश बोर्डिङ स्कुल, बागमती प्रदेशमा क्याम्पियन कलेज र बुढानीलकण्ठ स्कुल, लुम्बिनी प्रदेशमा दिव्यज्योति बहुमुखी क्याम्पस, क्षितिज इन्टरनेशनल कलेज र कोहलपुर मोडल कलेज, कर्णाली प्रदेशमा सुर्खेत मोडल कलेज तथा सुदूरपश्चिम प्रदेशमा सुदूरपश्चिमाञ्चल एकेडेमीमार्फत कार्यक्रम सञ्चालन हुनेछ ।

कार्यक्रमसम्बन्धी थप जानकारी तथा आवेदन प्रक्रियासम्बन्धी विवरण नबिल बैंकको वेबसाइट, नबिल बैंक तथा नबिल एसएसईका आधिकारिक सञ्चारमाध्यम तथा सम्बन्धित शैक्षिक साझेदार संस्थामार्फत प्राप्त गर्न सकिने बैंकले जनाएको

छ।

आवेदन दिनका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला: https://www.nabilbank.com/content/nabil-school-of-social-entrepreneurship

नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंक हो ।  बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक काम गर्दै आएको छ। नबिल एसएसईमार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजनामार्फत दिगो विकासमा योगदान पुर्याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ ।

Related

Previous Post

केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने

Next Post

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

Sambridinews

Sambridinews

Related Posts

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण
TOP STORIES

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने
FEATURED

केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

सोमवार, मंसिर ३, २०८१
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार

जलेश्वर मालपोत कार्यालयका नायव सुब्बा ९ हजार रुपैयाँ घुससहित पक्राउ

बिहिबार, फाल्गुन १८, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण
TOP STORIES

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

बुधबार, भदौ ३१, २०८३
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
FEATURED

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

बुधबार, भदौ ३१, २०८३
केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने
FEATURED

केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने

बुधबार, भदौ ३१, २०८३
नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

मङ्लबार, भदौ ३०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In