Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

Sambridinews by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — काठमाडौंको भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु भएको छ। उक्त अटो शोको उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गर्नुभएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानीसँग जोडिएको महत्त्वपूर्ण क्षेत्रका रूपमा व्याख्या गर्नुभयो। उहाँले उद्योगको विकास, लगानीको सुरक्षा, रोजगारी सिर्जना र उपभोक्ताको हितबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिँदै सरकार र निजी क्षेत्रबीच निरन्तर संवादमार्फत स्थिर, पारदर्शी र लगानीमैत्री नीति निर्माण गर्न आग्रह गर्नुभयो।

You might also like

पियोर इनर्जी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न, ३५.१ मिलियन युनिट स्वच्छ ऊर्जा उत्पादन

LG को Water Purifier नेपाली बजारमा 

नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

उपराष्ट्रपति यादवले नाडाको ५० वर्षको यात्रालाई नेपालको अटोमोबाइल क्षेत्रको विकाससँग जोडिएको ऐतिहासिक यात्राका रूपमा उल्लेख गर्नुभयो। विश्व अटोमोबाइल उद्योग विद्युतीय सवारी, स्वचालित सवारी, स्मार्ट मोबिलिटी र डिजिटल प्रविधितर्फ अघि बढिरहेकाले नेपाललाई प्रविधि, सेवा, सीप र उत्पादनको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न व्यवसायीहरूले यो परिवर्तनलाई अवसरका रूपमा लिनुपर्ने उहाँको भनाइ थियो।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन कुमार श्रेष्ठले वर्तमान चुनौतीपूर्ण आर्थिक अवस्थाका कारण उद्योग व्यवसाय र व्यवसायीको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको बताउनुभयो। उहाँले भन्नुभयो, “मेरो ३६ वर्षको व्यावसायिक यात्रामा उद्योगी व्यवसायीहरूको यस्तो कमजोर मनस्थिति कहिल्यै देखेको थिइनँ।”

श्रेष्ठले आगामी १० वर्षपछि देशले जनसांख्यिक लाभ गुमाउने भएकाले अहिले नै स्वदेशमै उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। साथै, उहाँले नेपालमै अटोमोबाइलका स्पेयर पार्ट्स उत्पादनको सम्भावना रहेको औंल्याउँदै निजी क्षेत्र सरकारको लक्ष्यमा साथ दिन तयार रहेको र यसका लागि नीतिगत स्थिरता चाहिने उल्लेख गर्नुभयो।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल क्षेत्र केवल सवारीसाधनको व्यापार मात्र नभई उद्योग, बैंकिङ, बीमा, रोजगारी र राजस्वसँग प्रत्यक्ष जोडिएको बताउनुभयो। नाडाका अनुसार यस क्षेत्रले १० लाखभन्दा बढी रोजगारी सिर्जना गरेको छ भने वार्षिक ९० अर्ब रुपैयाँभन्दा बढी राजस्वमा योगदान पुर्‍याउँदै आएको छ।

उप्रेतीले सवारीसाधनलाई अझै पनि विलासी वस्तुका रूपमा हेर्ने दृष्टिकोणमा पुनर्विचार गरी कर नीति उपभोक्तामैत्री र व्यावहारिक बनाउन आग्रह गर्नुभयो। साथै, भृकुटीमण्डपको विद्यमान संरचना पर्याप्त नभएकाले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले स्वच्छ ऊर्जा, विद्युतीय सवारी, चार्जिङ पूर्वाधार र नेपालमै एसेम्बली तथा कम्पोनेन्ट उत्पादनमा भविष्य खोज्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

Related

Previous Post

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

Next Post

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

Sambridinews

Sambridinews

Related Posts

पियोर इनर्जी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न, ३५.१ मिलियन युनिट स्वच्छ ऊर्जा उत्पादन
FEATURED

पियोर इनर्जी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न, ३५.१ मिलियन युनिट स्वच्छ ऊर्जा उत्पादन

by Sambridinews
शनिबार, अशोज २४, २०८३
LG को Water Purifier नेपाली बजारमा 
TOP STORIES

LG को Water Purifier नेपाली बजारमा 

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा
TOP STORIES

नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

२१ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा
FEATURED

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
Next Post
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अविवाहित जोडिबाट जन्मिएको शिशु खरिद बिर्की गर्ने पक्राउ

अविवाहित जोडिबाट जन्मिएको शिशु खरिद बिर्की गर्ने पक्राउ

बुधबार, भदौ ६, २०८०
एनपीएलका इमर्जिङ प्लेयर तिलकलाई प्रेसिडेन्सियल कलेजद्वारा १५ लाख रुपैयाँको स्कलरसिप

एनपीएलका इमर्जिङ प्लेयर तिलकलाई प्रेसिडेन्सियल कलेजद्वारा १५ लाख रुपैयाँको स्कलरसिप

आइतवार, मंसिर २८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पियोर इनर्जी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न, ३५.१ मिलियन युनिट स्वच्छ ऊर्जा उत्पादन
FEATURED

पियोर इनर्जी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न, ३५.१ मिलियन युनिट स्वच्छ ऊर्जा उत्पादन

शनिबार, अशोज २४, २०८३
LG को Water Purifier नेपाली बजारमा 
TOP STORIES

LG को Water Purifier नेपाली बजारमा 

शुक्रबार, अशोज २३, २०८३
नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा
TOP STORIES

नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

शुक्रबार, अशोज २३, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

२१ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ

शुक्रबार, अशोज २३, २०८३
रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा
FEATURED

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

शुक्रबार, अशोज २३, २०८३
भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो
FEATURED

भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो

शुक्रबार, अशोज २३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In