भदौ ९, काठमाडौँ। नेपाल बार काउन्सिलले अधिवक्ता तहको ३५औँ परीक्षाका लागि आवेदन खुला गरेको छ। उक्त परीक्षामा सामेल हुन योग्य उमेदवारले भदौ १७ गतेसम्म
अनलाइन आवेदन दिन सक्ने छन् भने दोब्बर दस्तुर तिरेर भदौ २४ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ।
परीक्षामा सामेल हुनका लागि कानून सङ्कायमा स्नातक तह उत्तीर्ण गरेको लब्धाङ्क-पत्र (मार्क्ससिट) र चारित्रिक प्रमाण-पत्रसहित आवेदन दिन सकिने छ। यस्तै, अभिकर्ता भई नियमित सात वर्ष काम गर्दै आएका व्यक्तिले समेत अधिवक्ता परीक्षामा सामेल हुन सक्ने उल्लेख छ।
परीक्षा दस्तुर चार हजार पाँच सय रुपैयाँ तोकिएको छ। काठमाडौँ उपत्यका बाहिरका परीक्षार्थीहरूको सङ्ख्या ५ सयभन्दा कम भएको खण्डमा उनीहरूको परीक्षा काठमाडौँमै हुने जनाइएको छ।
यस सम्बन्धि थप जानकारी यहा https://nepalbarcouncil.org.np/content/125/notice-regarding-filling-of-form-for-35th हेर्न सकिने छ ।














