Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, October 9, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

Sambridinews by Sambridinews
आइतवार, भदौ ७, २०८३
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर — ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडिको सडकखण्ड सधैंजसो सवारीसाधन र पैदलयात्रीको चापले व्यस्त रहन्छ। तर, पछिल्लो करिब एक महिनादेखि (२७–२८ दिन) यो व्यस्त सडकको किनार मिटरब्याज, लघुवित्त, बैंक तथा सहकारीबाट ठगिएका र भूमिहीन पीडित नागरिकहरूको मुख्य आन्दोलन स्थल बनेको छ।

लामो समयसम्म काठमाडौंको माइतीघरमा धर्ना दिएर सिंहदरबारसँग न्यायको याचना गर्दा पनि माग सम्बोधन नभएपछि पीडितहरूले आफ्नो पीडा पोख्ने नयाँ थलोका रूपमा आयोग अगाडिको सडक पेटी छानेका हुन्। न्यायको खोजीमा देशका विभिन्न जिल्लाबाट राजधानी आएका उनीहरू अहिले पाल टाँगेर अहोरात्र धर्नामा बसिरहेका छन्। घाम, पानी, र न्यूनतम आधारभूत सुविधाको अभावका बाबजुद पीडितहरू माग पूरा नभएसम्म घर नफर्कने अडानमा छन्।

You might also like

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो

दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला

धर्नास्थलमा भेटिएकी पीडित सीता यादवका अनुसार वित्तीय शोषण र भूमिसम्बन्धी समस्याका कारण धेरै नागरिक घरबारविहीन हुने अवस्थामा पुगेका छन्। बालबालिकाको शिक्षा, दैनिक जीवनयापन र स्वास्थ्य सेवा समेत प्रभावित भएको बताउँदै उनले आक्रोश व्यक्त गरिन्— “हामी यहाँ भात खान वा मनोरञ्जनका लागि आएका होइनौँ, सरकारलाई आफ्नो पीडा बुझाउन र अधिकार खोस्न आएका हौँ।”

यादवले सरकार र राजनीतिक नेतृत्वले पटक-पटक वार्तामा बोलाएर अल्झाउने तर समस्याको ठोस समाधान नगरेको आरोप लगाइन्। उनले प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, गृहमन्त्री सुधन गुरुङ र नागरिक अभियन्ता आशिका तामाङ जस्ता सार्वजनिक व्यक्तित्वहरूलाई धर्नास्थलमै आएर पीडितहरूको वास्तविक अवस्था बुझ्न आग्रह गरिन्।

ऋण र आर्थिक संकटको चक्रब्युहमा परेर धेरै पीडितहरूले आत्महत्याको बाटो रोजिसकेको र हाल सडकमा रहेकाहरू पनि उस्तै मानसिक दबाबमा रहेको उनले बताइन्। आफू भूमिहीन भएको बताउँदै यादवले माग पूरा गराउन खाना-पानी त्यागेर कडा अनशन बस्न र आवश्यक परे ज्यानको बाजी लगाउन समेत तयार रहेको चेतावनी दिएकी छन्।

यता, जिल्ला प्रशासन कार्यालय ललितपुर र सरकारका प्रतिनिधिहरूले पीडितहरूसँग पटक-पटक वार्ताको प्रयास गरे पनि अहिलेसम्म कुनै सहमति जुट्न सकेको छैन। सडक किनारमै अस्थायी बसोबास बनाएका पीडितहरूले भने सरकारले गम्भीर भएर निर्णय नगरे आन्दोलनलाई थप सशक्त र निर्णायक बनाउने चेतावनी दिएका छन्।

Related

Previous Post

बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

Next Post

बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण

Sambridinews

Sambridinews

Related Posts

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा
FEATURED

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो
FEATURED

भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला
FEATURED

दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
सांग्रिला डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न: १०.५२६३% लाभांश पारित, उज्ज्वल सत्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
FEATURED

सांग्रिला डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न: १०.५२६३% लाभांश पारित, उज्ज्वल सत्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

by Sambridinews
बिहिबार, अशोज २२, २०८३
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
FEATURED

नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

by Sambridinews
बिहिबार, अशोज २२, २०८३
Next Post
बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण

बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बाघको आक्रमणबाट हेटौँडामा दुईजना घाइते

बाघको आक्रमणबाट हेटौँडामा दुईजना घाइते

बिहिबार, बैशाख ७, २०८०
टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

बुधबार, जेष्ठ ७, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा
FEATURED

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

शुक्रबार, अशोज २३, २०८३
भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो
FEATURED

भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो

शुक्रबार, अशोज २३, २०८३
दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला
FEATURED

दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला

शुक्रबार, अशोज २३, २०८३
सांग्रिला डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न: १०.५२६३% लाभांश पारित, उज्ज्वल सत्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
FEATURED

सांग्रिला डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न: १०.५२६३% लाभांश पारित, उज्ज्वल सत्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

बिहिबार, अशोज २२, २०८३
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
FEATURED

नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

बिहिबार, अशोज २२, २०८३
SKECHERS ल्यायो ‘Shop More, Get More’ योजना
FEATURED

SKECHERS ल्यायो ‘Shop More, Get More’ योजना

बिहिबार, अशोज २२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In